इटहरी — रोयल नेपाल इभेन्ट्स द्वारा आयोजना गरिएको मिस्टर एण्ड मिस रोयल नेपाल २०८२ को भव्य ग्राण्ड फाइनल इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।प्रतियोगितामा देशभरका प्रतिस्पर्धीबीच भएको कडा प्रतिस्पर्धा, प्रतिभा, आत्मविश्वास र व्यक्तित्व मूल्यांकनपछि मिस्टर रोयल नेपाल 2082 का रूपमा परिवेश खड्का र मिस रोयल नेपाल 2082 का रूपमा अञ्जिला खड्का विजेता घोषित भएका छन्।विजेताहरूलाई कार्यक्रमका मुख्य निर्णायक रूपमा मिस प्रेमा लामगादे, भने जुरी सदस्यहरूमा मिस आयुष्मा बराल, मिस सोनिया चाम्लिङ, अर्शु महर्जन र रोनक अग्रवाल रहेका थिए ।यस वर्षका लागि देशभरिबाट छनोट गरिएका १६ जना उत्
इटहरी । गत असोज १८ गतेको बाढी पहिरोबाट भएको विपद्पछि इलाममा पुनर्निर्माण र पुुनःस्थापनाका लागि कुनै काम सुुरु हुन नसकेको भन्दै नेकपा एमाले इलामले सरकारको ध्यानाकर्षण गराएको छ । एमाले इलामका अध्यक्ष गणेशप्रसाद बराल नेतृत्वमा गएको टोलीले इलामका प्रमुख जिल्ला अधिकारी सुनीता नेपालमार्फत सरकारलाई ज्ञापनपत्र बुुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । इलामलाई विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरे पनि अहिलेसम्म कुनै कामको थालनी नभएको भन्दै तत्काल पुनर्निर्माण र पुनःस्थापनाको काम थाल्न ज्ञापनपत्रमार्फत आग्रह गरिएको छ । असोज १८ को बाढी पहिरोपछि अहिले पनि मेची राजमार्गको राजदुवाली माइखोला सडक अवरुद्ध भइरहेको
इटहरी । सङ्खुवासभाको मकालु गाउँपालिका–२स्थित मकालु आधार शिविर आरोहणका लागि पुगेका विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । प्रतिकूल मौसमका र हिमपातका कारण मकालु–२ शेर्पेनोकोलमा फसेका स्पेनिस नागरिक जेसस मार्टिनेज नोभासको छ दिनपछि आइतबार बिहान पाँच हजार ७०० मिटर उचाइबाट हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । उद्धार गरिएका नोभासलाई सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ दिङ्बोचेतर्फ लगिएको प्रहरी नायब उपरीक्षक मैनालीले बताए । मकालु आधार शिविर क्षेत्रमा करिब ७० जना विदेशी पर्यटक र करिब ६० जना नेपाली प
इटहरी । स्थानीय तह र मातहतका स्वास्थ्य संस्थाहरूबाट सम्पादित स्वास्थ्यका कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षामा प्रगति मूल्याङ्कन गर्दा जिल्लाका नौ वटा स्थानीय तहमध्ये भोजपुर नगरपालिका जिल्लाकै पहिलो भएको छ । नगरपालिकाले ७७ दशमलव २२ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ । भोजपुर नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गर्भवती तथा सुत्केरी स्याहार एवं पोषण कार्यक्रम, बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग, किशोर किशोरी लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाको सबै वडामा स्वास्थ्य उपचार केन्द्र, आवश्यक उपकरण, औषधि, स्वास्थ्यकर्मी, स्वास्थ्य शिविर, लक्षित समुदाय तथा व्यक्तिहरूला
इटहरी । कात्तिक १३ गतेदेखि अवरुद्ध तमोर करिडोर सञ्चालनमा आएको छ । यो सडक खण्ड अन्तर्गत पाँचथर र धनकुटाको सीमावर्ती नावा खोलामा आएको बाढीले सडक बिगारेपछि यो सडक कात्तिक १३ गतेदेखि अवरुद्ध थियो । निरन्तरको प्रयासपछि तमोर करिडोर आयोजनाले यो सडक दिउँसो १२ बजे खुलाएको जिल्ला प्रहरी कार्यलय पाँचथरका प्रमुख अनिष कर्णले जानकारी दिनुभयो । आइतबार बिहानैदेखि यस सडक खण्डमा पर्ने धनकुटा र पाँचथरको सीमावर्ती नावा खोलामा स्कावेटर परिचालन गरिएको थियो । तमोर करिडोरको अवरोध हटाइएसँगै ताप्लेजुङ र पाँचथरतर्फ रोकिएका सवारी र इन्धनवाहक गाडी गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
इटहरी । कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण आएको बाढीपहिरोले पाँचथरका मुख्य तीनवटा सडक अवरोध भएको छ । निरन्तर पानी परिरहेकाले सडक अवरोध हटाउन कठिनाइ भइरहेको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ । जिल्लाका तमोर करिडोरसँगै फिदिम फालौट र राँके –रवि –भेडेटार खण्ड तीन दिनदेखि बन्द छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डिएसपी० अनिषकुमार कर्णका अनुसार फिदिम फालौट खण्डको फिदिम ११ र १ को मध्यभागमा रहेको फेमेखोला, तमोर करिडोरको धनकुटा पाँचथरलाई जोड्ने नावा खोलासँगै र राके रवि भेडेटार खण्ड मिक्लाजुङ क्षेत्रमा अवरोध कायम छ । मिक्लाजुङमा गएको पहिरोले राँके रवि भेडेटार खण्ड शुक्रबार साँझदेख
इटहरी । देउरालीमा निर्माण गरिएको उद्यान ९पार्क० अहिले जिल्लामा आउने आगन्तुकका लागि मन रमाउने सुन्दर स्थल बनेको छ । स्थानीय युवाको सक्रियता र सामूहिक प्रयासका कारण यो स्थान अहिले जिल्लाको नयाँ पहिचान बन्दै गएको छ । यस उद्यानको संरक्षण र सरसफाइमा बिहानी फुटबल क्लबका युवाहरूको निरन्तर योगदान रहेको सचिव रिपेश भुजेलले जानकारी दिनुभयो । युवाहरूले राष्ट्रिय झण्डा, फूलका गमला र बस्नका लागि फलैँचा निर्माण गरेर उद्यानलाई आकर्षक र व्यवस्थित बनाएका छन् । उद्यानको प्रवेश भागमा खुकुरीको प्रतिमा स्थापनाले यहाँ आउने आगन्तुकको ध्यान झन् बढी तान्ने गरेको छ । यहाँ भोजपुर नगरपालिकाले खुकुरीको प्रतिमा निर्माण गरेक
इटहरी। धनकुटा नगरपालिका क्षेत्रमा मुख्य बसोबास रहेको सिमान्तकृत आठपहरिया जातिको मुख्य चाड वडाङ्मी ९मङ्सिरे० सुरु भएको छ । आठपहरिया जातिको मुख्य चाडको रूपमा रहेको वडाङ्मेट बिहीबार आठपहरियाको ठुलो घर अर्थात ५२ चुले घरमा माङ्लाङ् उठाएपछि चाड सुरु भएको आठपहरीयाका पुजारी उमेश राइले जानकारी दिनुभयो । जसअन्तर्गत उनीहरु आइतबार धनकुटाबाट बराह क्षेत्रतर्फ प्रस्थान गरेका छन् । पैदल यात्रामार्फत उनिहरु दुइ दिन लगाएर बराहक्षेत्र पुग्ने गरेका छन् । आज सिमालीवासमा बास बसी सोमबार बराहक्षेत्र पुगेर कोकाहा खोलामा कपाल दाह्री खौरिएर स्नान गरेर बराह भगवानको दर्शन गरेर सोही ठाउँमा बास बस्रे र मङ्गलबार देउता लिएर फ
इटहरी । कोशी प्रदेशमा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नवीकरण हुन नसकेका सवारी र चालक अनुमतिपत्र ९लाइसेन्स० सम्बन्धी जरिवाना मिनाहा गरिने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयका बारेमा जानकारी दिँदै सेवा पुनः सुचारु नहुनेसम्मको अवधिलाई ‘शून्य समय’ मानेर जरिवाना नलाग्ने व्यवस्था गरिएको बताउनुभएको हो । उहाँका अनुसार इटहरी सवारी तथा यातायात कार्यालय र बिर्तामोड कार्यालय बाहेकका प्रदेशका सबै यातायात कार्यालयहरूले सोमबार कात्तिक १७ गते देखि सवारीसाधनसम्बन्धी सेवा सञ्चालन गर्ने भएका छन् । इटहरी र बिर्तामोडमा भने आन्दोलनका क्
इटहरी । चार दिनदेखि लगातार परिरहेको अविरल वर्षाले तेह्रथुम जिल्लाका किसानहरूलाई ठुलो मार परेको छ । निरन्तरको वर्षातका कारण खेतमा लगाइएका धान, कोदो, मकै, तरकारीदेखि फलफूलसम्मका अधिकांश बालीहरू ढलेर नष्ट भएका छन् । खेतबारी जलमग्न बनेका छन् र केही स्थानमा पहिरो र बाढीले समेत खेतीयोग्य जमिन बगाएको स्थानीयहरूले बताएका छन् । तेह्रथुमका किसानहरूले वर्षभरिको परिश्रम र आशामा लगाएको बाली अहिले वर्षाको कारण तहसनहस भएको छ । जिल्लाका अधिकांश गाउँहरू—म्याङलुङ, फेदाप, लालीगुराँस, छथर, मेन्छ्यायेम, आठराईलगायतका क्षेत्रमा निरन्तरको वर्षाका कारण किसानहरूको अनुहारमा निराशा र चिन्ता झल्किएको छ । गत असारमा रोपाइँक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.