समाज

    Showing ४,४११-४,४२० of ११,१३१ items.
  • जेनजी आन्दोलनमा प्रहरीबाट लुटिएको इन्सास हतियार झापाको झाडीमा भेटियो

    इटहरी । झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट फालिएको अवस्थामा इन्सास हतियार फेला परेको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको इन्सास थान १९ क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन थान–१, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए । उनका अनुसार बिर्तामोड–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीमा इन्सास हतियार फेला हो । इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनिबाट लुटिएको २२ थान हतियार अझै बेपत्ता रहेको प्रवक्ता खड्काल

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४६३ पटक पढिएको
  • तरहरामा मंसिर ५ गतेदेखि ‘दिगो कृषि प्रणालीका लागि युवा’ विषयक सम्मेलन हुने

    इटहरी । आइएएएस नेपालको आयोजना तथा तरहरा जेसीजको सहकार्यमा आयोजना हुने “राष्ट्रिय युवा सम्मेलन २०२५ दिगो कृषि प्रणालीका लागि” आगामी मंसिर ५ देखि ७ गतेसम्म कृषि अनुसन्धान निर्देशनालय, तरहरामा सम्पन्न हुने भएको छ। “जलवायु सहनशील र दिगो कृषि–खाद्य प्रणालीका लागि युवाः वकालत, नीति र नवप्रवर्तन” भन्ने मूल विषयवस्तुसहितको सम्मेलनले कृषि तथा वातावरण क्षेत्रका युवा नेतृत्वकर्ता, नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्य लिएको जनाइएको छ । कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको यस राष्ट्रिय सम्मेलनलाई आइएएएस नेपाल स्थानीय समिति ईआरसी, स्थानीय समिति गौरादह र स्थानीय स

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४८० पटक पढिएको
  • मोरङको सुन्दरहरैंचामा डुबेको अवस्थामा एक पुरुषको शव फेला

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–१ र ग्रामथान गाउँपालिका–७ जोड्ने साधु टोल नजिकको खोलामा एक पुरुषको शव फेला परेको छ । मोरङको धनपालथान गाउँपालिका–५ बबियाका ५७ वर्षीय दुर्गा प्रसाद खवासको डुबेको अवस्थामा शव फेला परेको हो । शव पोस्टमार्टमका लागि कोशी प्रदेशिक अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ४०८ पटक पढिएको
  • मोरङमा एम्बुलेन्सको प्रयोग गरी गाँजा ओसारपोसार

    इटहरी । मोरङको जहदा गाउँपालिका ३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न एम्बुलेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका ३ स्थितमा स १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्सभित्र कालो रंगको झोलामा लुकाईछिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसारपोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर ५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्स सँगै रहेका को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका ३ का ३२ वर्षीय दिलिप कुमार रा

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ३०२ पटक पढिएको
  • सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा पर्यटकको चापले उडान वृद्धि

    इटहरी । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल यतिबेला निकै व्यस्त बनेको छ । यस विमानस्थलमा अहिले हवाईजहाज र हेलिकोप्टर गरी दैनिक १६० भन्दा बढी उडान हुन थालेको छ । सगरमाथालगायत विभिन्न हिमशृङ्खला अवलोकन गर्न आउने पर्यटकको चाप बढेसँगै विमानस्थलको व्यस्तता बढेको हो । हिमाल आरोहणको मुख्य सिजनमा केही दिन मौसम प्रतिकूल भएर विभिन्न स्थानमा रोकिएका पर्यटक अहिले धमाधम आउने जाने गर्न थालेका छन् । यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रको मौसममा पनि सुधार आउन थालेकाले पर्यटकको चहलपहल बाक्लिन थालेको छ । पर्यटक बढेपछि लुक्ला विमानस्थलमा विभिन्न कम्पनीलाई उडान भर्न भ्यानभ्याइ छ । मङ्गलबार तारा एयर

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • २१० पटक पढिएको
  • कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने

    इटहरी । कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए । कतिपय मन्त्रालय र कार्यालयमा आवश्यकताभन्दा बढी नै सवारीसाधन रहेकाले त्यसैलाई सही तरिकाले व्यवस्थापन गर्दै काम चलाउने नीति रहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना बताउनुहुन्छ । उहाँका अनुसार अहिले मन्त्रालय र विभिन्न कार्यालयमा गरेर २८ वटा सवारीसाधन आवश्यकताभन्दा बढी भएको जानकारी प्रदेश सरकारलाई प्राप्त भएको छ । प्रदेश सरकारको अहिलेको प्राथमिकता पुनर्निर्माणमा केन्द्रित भएकाल

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • २०६ पटक पढिएको
  • फिदिम नगरपालिकाको संयोजनमा SEE तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु

    फिदिम / फिदिम नगरपालिकाको संयोजन र घुन्सा फाउन्डेसनको सहयोगमा एसईई (SEE) तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु गरिएको छ।यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी स्तरको शिक्षा अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क अनलाइन कक्षा, इन्टरनेटमा आधारित अध्ययन सामग्री र प्रत्यक्ष सिकाइका माध्यमबाट एसईई परीक्षाको तयारी गर्न सक्ने व्यवस्था गरिएको छ।कार्यक्रमको शुभारम्भ गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले भन्नुभयो “शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। प्राविधिक युगमा पछाडि परेका विद्यार्थ

    • प्रकाशित मितिः कार्तिक २०, २०८२
    • ५६४ पटक पढिएको
  • ‘राष्ट्रिय मावि आइडल’ मा सेमिफाइनलका लागि २७ जना विद्यार्थी छनोट

    इटहरी । शिक्षाको काम सिकारु वा बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनु हो । प्रतिभाको पहिचान गरि प्रस्फुटन गराउने काम शिक्षकको हो । यसै क्रममा इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता चलिरहेको छ ।  गायन, नृत्य, साहित्य लगायतका विधामा उत्कृष्ट विद्यार्थी उत्पादन गर्ने दृढताका साथ चलिरहेको आइडल प्रतिस्पर्धाको मंगलबार भएको क्वाटरफाइनलको सेलेक्सन चरणमा २७ जना विद्यार्थी छनोट भएका छन् । गायनमा १७ जना मध्ये ११ जना छानिएका छन् । यस्तै, नृ

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ५४५ पटक पढिएको
  • धरानमा लागूऔषध र नगदसहित तीन जना पक्राउ

    इटहरी । धरानमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा लागूऔषध कारोबार भइरहेको भन्दै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१५, निराजन बस्ती, झण्डा पार्कस्थित लक्ष्मण परियारको घरमा छापा मारेको थियो । प्रहरीले घरमा खानतलासी गर्दा ट्रमाडोल २१० क्याप्सुल र नगद एक लाख तीन हजार बरामद पारेको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले धरान १५ निवासी २२ वर्षीय लक्ष्मण परियार, २६ वर्षीय सन्दीप राई र १९ वर्षीय सन्देश गुरुङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३९३ पटक पढिएको
  • बीपी प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसमा पनि प्रयोगशाला तथा रेडियोलोजिकल सेवा उपलब्ध गराउने

    इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाह्य चिकित्सकको सिफारिसका आधारमासमेत आफ्नो प्रयोगशाला तथा रेडियोलोजिकल जाँच सेवा प्रयोग गर्न सकिने व्यवस्था लागू गरेको छ। प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार, बिरामीले सामान्य बाह्य बिरामी विभागमा उपस्थित भई आवश्यक कागजात र निर्देशन प्राप्त गरेपछि सम्बन्धित काउण्टरमा बिलिङ प्रक्रिया पूरा गरी केन्द्रीय प्रयोगशाला र रेडियोलोजी विभागमा जाँच गराउन सक्ने छन्। प्रतिष्ठानका अस्पताल निर्देशक डा। जगत नारायण प्रसादका अनुसार यो सुविधा स्वास्थ्य बीमा, विपन्न नागरिक कार्यक्रम तथा अन्य नेपाल सरकारका सहयोगमा सञ्चालित कार्यक्रमहरूका बिरामीका लागि

    • प्रकाशित मितिः कार्तिक १९, २०८२
    • ३९३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]