इटहरी । सडक दुर्घटनामा परी मृत्यु भएका पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित मृतकको सम्झनामा धनकुटाको सिधुवामा स्मृति पार्क बन्ने भएको छ । २०७३ मा छथरजोपाटी गाउँपालिका–६, सिधुवामा भएको दुर्घटनामा मृत्यु भएका व्यक्तिको सम्झनामा दुर्घटनास्थलमै हरिराज खेवा स्मृति पार्क बन्न लागेको हो । गत आर्थिक वर्षमा प्रदेश सरकार छथर जोरपाटी गाउँपालिका तथा स्थानीयको लागत साझेदारीमा करिब १२ लाख ३५ हजार रुपियाँको लागतमा दुई तले भ्यू पोइन्ट, रेलिङ, विश्रमालय निर्माण गरिएको हरिराज खेवा स्मृति पार्क निर्माण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दुर्घटनामा परी मृत्यु भएका १३ व्यक
इटहरी । सुनसरीको झुम्का कारागारबाट फरार रहेका दुई कैदीबन्दी झापामा पक्राउ परेका छन्। मेचीनगर–६ स्थित इलाका प्रहरी कार्यालय काँकडभिट्टा र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। राजस्व छलि मुद्दामा कैद भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र ५८ वर्षीय उत्तम ठकुरी जेनेजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए । विशेष सूचनाको आधारमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ को चावाचा क्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणविहीन बनेको छ । वराहक्षेत्र–१ को जलकन्या सामुदायिक वन क्षेत्रमा रहेको दरबारको भग्नावशेषको संरक्षणमा चासो नपुग्दा ऐतिहासिक, पुरातात्विक भगवानवशेष संरक्षणविहीन बनेको हो । चतराधाम क्षेत्रबाट एक किलोमिटर उत्तर उकालो हिँडेपछि पुगिने हिन्दुपति दरबारको भग्नावशेष क्षेत्रबाट पुरातात्विक वस्तु हराउँदै गएको बताइन्छ । स्थानीयले देख्दै आएका हात्ती बाँध्ने फलामको साङ्लो, पत्थरको ओख्ली, फलामका हातहतियार बनाउन प्रयोग गरिने सामान, पुराना तामाको पैसा, तोपका गोला र साना तोप, रातो र कलेजी रङको प्वाँलोको माला, शिवको मूर्ति
इटहरी । ताप्लेजुङमा भालुको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्लाको पाथीभरा याङवरक गाउँपालिका २ थेचम्बुकी ३५ वर्षीया उर्मिला खरेल जङ्गली भालुको आक्रमणबाट घाइते हुनुभएको हो । सामुदायिक वन उपभोक्ता महासङ्घका पालिका अध्यक्ष शिव अधिकारीका अनुसार मङ्गलबार दिउँसो करिब १ बजे खरेललाई भालुले घरमै आक्रमण गरेको हो । आक्रमणबाट घाइते हुनु भएका खरेलको दाहिने खुट्टा, दाहिने हात र अनुहारमा चोट लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । घर नजिकै जङ्गल रहेको र सोही जङ्गलबाट घरमा आएर आक्रमण गरेको स्थानीयको भनाइ छ । भालुलाई नियन्त्रणमा लिनका लागि डिभिजन वन कार्यालय ताप्लेजुङको टीम सम
इटहरी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती नयाँ नयाँ प्रविधिका कारण सेवाग्राहीले बिर्सदै गएको समयमा धनकुटामा भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरु विस्तार गरी नयाँ नयाँ आयुर्वेदसम्बन्धी उपचार विधि अपनाउन थालेपछि जिल्लाका सेवाग्राहीहरुमा आयुर्वेद उपचार पद्धती झनै लोकप्रिय र प्रभावकारी बन्दै गएको हो । दिनप्रतिदिन आयुुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरु विस्तार गरेपछि उपचार गर्न आउनेहरुको
इटहरी । पाँचथर प्रहरीले प्रतिबन्धित लागुऔषधसहित पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम २ का २७ वर्षीय धनराज तुम्बापोलगायत रहेको प्रहरी नायब उपरीक्षक अनिष कुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार तुम्बापोले लागुऔषध कारोबार गर्ने गरेको गोप्य सूचनाका आधारमा खटेको प्रहरी टोलीले उनीसहित खरिद गर्न आएका चार जनालाई एकैसाथ पक्राउ गरेको हो । तुम्बापोका साथबाट १० ग्राम ५२ मिलिग्राम लागुऔषध (खैरो हेरोइन) समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पाँचै जनालाई पाँचथर जिल्ला अदालतमा बुझाएर १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ । पछिल्लो समय पाँचथर प्र
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ। प्रतियोगिता मंसिर १८ देखि २० गतेसम्म चल्ने भएको आयोजकले जनाएको छ। प्रतियोगिता शारदा माध्यमिक विद्यालय, प्याउलीको खेलमैदानमा हुनेछ।आयोजकका अनुसार प्रतियोगिताको टिम दर्ता निःशुल्क राखिएको छ। खेललाई ‘मञ्जुश्री अनलाइन’ मार्फत प्रत्यक्ष प्रसारण (Live On) गरिएको छ।पुरस्कार राशी प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रथम पुरस्कार रु. २ लाख ६६ हजार ६ सय ६६ द्वितीय पुरस्कार र २ लाख ,तृतीय पुरस्कार रु. १ लाख र सान्त्वना पुरस्कार रु. ३३ हजार ३ सय ३१ साथै व्यक्
सुनसरी | शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित सामाजिक रुपान्तरणका कार्यक्रममार्फत २५ वर्षदेखि सक्रिय ग्रामिण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) ले निर्माण गरेको १०० वटा सुरक्षित आवास आज एक विशेष समारोहका बीच औपचारिक रूपमा हस्तान्तरण गरेको छ।अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउण्डेसन को आर्थिक सहयोगमा सुनसरीका दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रमा रहेका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहिन परिवारहरुको लागि यी घरहरू निर्माण गरिएको हो।१०० सुरक्षित आवास निर्माण सम्पन्न २०७८ कार्तिक १६ गते शिलान्यास गरिएको
भोजपुर | पर्याप्त जनशक्ति अभावका कारण भोजपुर अस्पतालमा रहेको विभिन्न अत्याधुनिक उपकरण प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाम स्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार पाँच वर्षअघि नै आइसियू कक्ष तयार भए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको हो। उहाँले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमै पनि कर्मचारी राख्न नसकिएको अवस्था छ।”नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्ग
सुनसरी । महिनौँसम्म मेहनत, पसिना र जोखिमपूर्ण वातावरणमा काम गर्दा पनि पारिश्रमिक नपाएपछि पशुपति आइरन एण्ड स्टिल कम्पनीका मजदुरहरू आक्रोशित बनेका छन्। कम्पनीले निरन्तर उत्पादन गरिरहँदा आफूहरूले पाउनुपर्ने ज्याला रोकेपछि करिब ९० जनाभन्दा बढी नेपाली तथा भारतीय मजदुरहरूले फ्याक्ट्री गेटअगाडि धर्ना तथा विरोध प्रदर्शन गरेका छन्।मजदुरहरूको भनाइअनुसार, तातो आगो र १७०० भन्दा माथि टेम्प्रेचरमा १८ घण्टासम्म खटेर काम गर्दा हात–खुट्टा डढ्ने, स्वास्थ्यमा समस्या पर्नेजस्ता जोखिम थेगिरहे पनि पाउने ज्याला महिनौँदेखि रोकिएको छ। “हामीले दिन रात केही नसोची काम गर्यौँ, तर महिनौँदेखि ज्याला नपाउँदा परिवार चलाउनै न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.