समाज

    Showing ४,१८१-४,१९० of ११,१३० items.
  • पौवादुङमा गाउँपालिकामा महिलाहरु प्रोत्साहनका कार्यक्रमले उद्यमशील बन्दै

    इटहरी ।  पौवादुङमा गाउँपालिकाले ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत महिलालाई उद्यमशीलता, स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा जोड दिँदै विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले महिलाको क्षमता, सीप र उपलब्ध स्रोतअनुसारका गतिविधिलाई प्राथमिकतामा राख्दै सम्पूर्ण वडामा महिलामैत्री नमूना कार्यक्रम विस्तार गरेको हो । गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राईका अनुसार यस कार्यक्रमअन्तर्गत महिलालाई उद्यमतर्फ उन्मुख गर्न सीपमूलक तालिम, गाईपालन, बङ्गुरपालन, बाख्रापालन, कुखुरापालन, सागसब्जी तथा फलफूलखेती, गड्यौँला मल उत्पादन, साना उद्योग सञ्चालनलगायत कार्यक्रमसञ्चालन भएका छन् । गाउँपालिकाले

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • २२० पटक पढिएको
  • रिटर्नी फेडरेसन नेपाल, कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक सम्पन्न

    दमक । रिटर्नी फेडरेसन नेपाल कोशी प्रदेश कमिटीको ११औँ पूर्ण बैठक आज नेकपा एमाले दमक नगर पार्टी कार्यालयमा अध्यक्ष एकराज सापकोटाको अध्यक्षतामा सम्पन्न भयो।बैठकको प्रारम्भमा इलाम जिल्ला कमिटीका अध्यक्ष संगम सुब्बा, झापा जिल्ला कमिटीका अध्यक्ष भानु चुडाल, उदयपुर जिल्ला कमिटीका सह–सचिव केशव मगर तथा मोरङ जिल्ला कमिटीका अध्यक्ष इन्द्र दाहालले आफ्ना–आफ्ना जिल्ला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।बैठकलाई संगठनका केन्द्रीय अध्यक्ष विनोद भट्टराईले सम्बोधन गर्नुभयो। कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नेताहरू— नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा संगठनका इन्चार्ज सुमन नेमाङ, रिटर्नी फेडरेसन नेपाल

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • ४०५ पटक पढिएको
  • जेनजी आन्दोलन : इटहरीमा तोडफोड गर्ने पाँच जना पक्राउ, २० जना शंकास्पद सूचीमा

    इटहरी | जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै क्षति व्यहोरेको इटहरीमा प्रहरीले प्रविधिमुखी मोडेलमार्फत अपराधमा संलग्न व्यक्तिहरूको पहिचानलाई तीव्र बनाएको छ।तोडफोड तथा आगजनीमा संलग्न समूह पहिचान गर्न प्रहरीले सीसीटीभी फुटेज विश्लेषण, डिजिटल लोकेशन ट्रेसिङ तथा सोसल–मिडिया एक्टिभिटी म्यापिङ जस्ता आधुनिक प्रविधि प्रयोग गर्न थालेको छ।इलाका प्रहरी कार्यालय इटहरीका अनुसार आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा ठूलो मात्रामा भएको क्षतिपछि ‘डाटा–ड्रिभन’ अनुसन्धानमा जोड दिइएको हो। बुधबार मात्र पाँच जनालाई पक्राउ गरी अदालतमा प्रस्तुत गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ३११ पटक पढिएको
  • नेसनल प्याब्सन मोरङको जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न

    सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो। जुनियर समूहमा १३, र

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ४२८ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित दुर्गम तथा विकट गाउँका लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६, लेलेपको दुर्गम तथा विकट गाउँ अम्जिलेसा, ग्याब्ला, फले र घुन्साका लाभग्राहीलाई घरैमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो। गाउँपालिकाका पदाधिकारीसहितका जनप्रतिनिधि र वडासचिवको टोलीले घरघरै पुगेर अशक्त ९अपाङ्ग०, एकल महिला र ज्येष्ठ नागरिक लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको हो। दुर्गम तथा  विकट गाउँका लाभग्राहीको सहजताका लागि घर टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राजन लिम्ब

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २४४ पटक पढिएको
  • महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन(जीहरू युवासंघबाट कुटिए

    काठमाडौं । सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे(नजी युवाहरूलाई कुटपिट गरेका छन्। धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन(जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् । बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन(जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्। कुटपिटबाट धनगढी उपमहानगरपालिका(४ की जेन(जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सा

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २७४ पटक पढिएको
  • लाप्चा समुदायको इतिहास–संस्कृतिसहितको पुस्तक ‘द लाप्चा’ सार्वजनिक

    इटहरी | नेपालमा बोलीचालीमा लेप्चा भनिए पनि सही उच्चारण लाप्चा हो। लोपोन्मुख जातिहरूको सूचीमा परेका लाप्चा समुदायका व्यक्तिहरूको संख्या २०७८ को जनगणनाअनुसार जम्मा ३ हजार ५७८ मात्र छ। यति थोरै जनसंख्या भए पनि समुदायभित्र ३७ वटा भिन्न जाति–उपसमुदाय रहेको तथ्य आफैँमा निकै रोचक छ।यस्तै दुर्लभ तथ्य र लाप्चा समुदायसम्बन्धी विस्तृत जानकारी समेटिएको पुस्तक ‘द लाप्चा (The Disappearing People of East Nepal)’ हालै सार्वजनिक भएको छ। पुस्तकका लेखक इटहरीका समाजशास्त्र तथा मानवशास्त्रका उपप्राध्यापक अर्जुन उप्रेती हुन्। उनले पुस्तक तयार पार्न चार वर्षभन्दा बढी समय खर्चेका हुन्। यसअघि उप्रेतीले जसकुमार राईसँग

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ३२९ पटक पढिएको
  • गजलकार रूपनारायण श्रेष्ठलाई नझरेका फूलहरूले प्रस्तुत गर्ने

    मोरङ | नझरेका फूलहरूको ५६औँ शृङ्खला यही मङ्सिर १३ गते शनिवार बिहान ७ बजे आयोजना गरिने प्रस्तोता केपी घिमिरेले जानकारी दिएका छन् ।  मोरङको सुन्दरहरैँचामा लामो समयदेखि गजल विधामा कलम चलाउने गजलकार रूपनारायण श्रेष्ठको मुख्य प्रस्तुति रहने गरि 'स्रष्टासँग शनिवार' कार्यक्रम आयोजना हुने बताइएको छ। उक्त कार्यक्रममा कवि सोम भट्टराईलाई सम्मान गरिनेसमेत घिमिरेले बताएका छन् । खोर्साने स्थित सृजना रेष्ट्रो एण्ड क्याफेमा बिहान ७ बजे आयोजना हुने उक्त कार्यक्रममा श्रेष्ठ र भट्टराईसहित अन्य स्रष्टाका रचना समेत प्रस्तुत गरिने तयारी गरिएको छ। इटहरी, बेलबारी, केराबारी,धरान, विराटनगर, पथरी, ग्रामथान, ले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ५१८ पटक पढिएको
  • विराटनगरमा ११औँ उद्योग दिवस भव्य रूपमा मनाइयो

    इटहरी । ११औँ उद्योग दिवसको अवसरमा विराटनगरका उद्यमीहरूले विशेष प्रभातफेरी कार्यक्रम सम्पन्न गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको तोदी भवन कार्यालयदेखि कञ्चनजङ्गा ब्याङ्क्वेटसम्म गरिएको पदयात्राले उद्योग दिवसको उत्साहलाई झनै जीवन्त बनाएको हो । कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका उत्कृष्ट उद्यमी सम्मानित हुनुभएको छ । महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई सम्मानित हुनुभएको छ भने पुरुषतर्फ ओजस्वी एग्रिकल्चर फार्म प्राइभेट लिमिटेडका सञ्चालक ओमकार थापा सम्मानित हुनुभएको हो । स्थानीय उत्पादनलाई बजारमा प्रभावकारी रूपमा स्थापित गर्न राईको निरन्तर योगदान छ । त्यस

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • २४३ पटक पढिएको
  • इटहरी लेडि जेसिसको २४ औँ वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम

    इटहरी | सामाजिक कार्यमा सक्रिय  रहेको इटहरी लेडि जेसिसको २४ औँ वार्षिकउत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ। नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा, लाइन्स क्लब अफ इटहरी एक्टिभ, इटहरी मेडिकल हल तथा विराट टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा इटहरी चोक नजिकै गरिएको रक्तदान कार्यक्रमबाट कुल ३८ पिन्ट रगत संकलन भएको छ ।इटहरी लेडी जेसिसकी अध्यक्ष लक्ष्मी बरालका अनुसार सामाजिक तथा पुन्यका कार्यमा योगदान पुर्‍याउने उद्देश्यले वार्षिकोत्सवकै अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका अध्यक्ष दिनेश भट्टराईले रगतदानले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]