समाज

    Showing ४,०९१-४,१०० of ११,१३० items.
  • एनि गछिया गोल्डकप–२०८२: आज झापा र इटहरी भिड्दै

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । खेल संयोजक प्

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३८७ पटक पढिएको
  • दमकमा ढल निर्माण ढिलो, भत्काइएका सडक पुनर्निर्माण भएको केही महिनामै फेरि बिग्रिँदै

    इटहरी  । झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पाइप बिछ्याउँदा भत्काइएका कतिपय सडक बनाइएको केही महिना बित्न नपाउँदै भत्कन थालेका हुन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार कालोपत्रे भत्काएर ढल बिछ्याएपछि भत्केका सडक लामो समय नबनाएपछि बनाउन धेरै दबाब सिर्जना गर्नु परेको थियो । दैनिक आवतजावत तथा हिँडडुलमा समस्या सिर्जना हुने अवस्था आएको उहाँको भनाइ छ । दमकमा घर घरबाट निस्कने पानीजन्य फोहोर प्रशोधन गरी मल तथा करिब २।५ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यो

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • ३५७ पटक पढिएको
  • स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

    इटहरी । प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो । साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २१९ पटक पढिएको
  • केरौन सबस्टेसन निर्माण अन्तिम चरणमा

    इटहरी ।  मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२र३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ । सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उहाँले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ । २०७८

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १८४ पटक पढिएको
  • ताप्लेजुङ वन पैदावर व्यवसायी संघको अध्यक्षमा ज्ञानबहादुर राई चयन

    इटहरी । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिंह विश्वकर्मा रहनु भएको छ । सङ्घको लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु, सदस्यमा गोपी भट्टराई र जयप्रकाश भट्टराई चयन हुनुभएको छ । व्यवसायीहरुले व्यावसायिक चुनौती, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरी सङ्घ क

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २०२ पटक पढिएको
  • ताप्लेजुङ वन पैदावर व्यवसायी संघको अध्यक्षमा ज्ञानबहादुर राई चयन

    इटहरी । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिंह विश्वकर्मा रहनु भएको छ । सङ्घको लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु, सदस्यमा गोपी भट्टराई र जयप्रकाश भट्टराई चयन हुनुभएको छ । व्यवसायीहरुले व्यावसायिक चुनौती, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरी सङ्घ क

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • १५७ पटक पढिएको
  • संखुवासभा अस्पताललाई नर्सिङ ट्रस्ट यूकेबाट दुई अत्याधुनिक इन्क्युबेटर प्रदान

    इटहरी । संखुवासभा जिल्ला अस्पताललाई नर्सिङ ट्रस्ट यूकेले दुईवटा अत्याधुनिक इन्क्युबेटर उपलब्ध गराएको छ । समयअवधि पूरा नहुँदै जन्मिने नवजात शिशुको उपचारमा अत्यावश्यक मानिने इन्क्युबेटर प्राप्त भएपछि अस्पतालको नवजात सेवा क्षमता अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ । बुधबार आयोजित औपचारिक समारोहमा ट्रस्टकी अध्यक्ष सुसन हामब्लिनले जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्य र अस्पताल प्रमुख डा। सन्तोष देवलाई इन्क्युबेटर हस्तान्तरण गर्नुभएको हो । ट्रस्टले संखुवासभालाई दुई थान र मुगु जिल्लालाई एक थान इन्क्युबेटर उपलब्ध गराएको हो । जिल्ला अस्पतालमा वर्षेनी करिब दुई हजार म

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २०३ पटक पढिएको
  • कोशीटप्पुमा सोलार फेन्सिङ बिग्रिएपछि जङ्गली जनावरको बस्तीप्रवेश बढ्यो

    इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा निस्कने जङ्गली जनावरलाई रोक्ने उद्देश्यले लगाइएको सोलार फेन्सिङले काम गर्न छोडेको छ । आरक्ष क्षेत्रबाट बस्तीमा निस्कने जङ्गली जनावरलाई रोक्न लगाइएको घेराबार (सोलार फेन्सिङ) तार चुडिएर र पोल लडेर काम गर्न छोडेको हो । आरक्षको दक्षिणी क्षेत्र भान्टाबारी, हरिपुरीदेखि उत्तरी सीमा प्रकाशपुर धरहरा टपनसम्म लगाइएको पोल ढलेर र तार चुडिएर सोलार फिनिसिङले काम गर्न छाडेको आरक्ष कार्यालयले जनाएको छ । आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार आरक्षका जनावरबाट मानव बस्तीमा भौतिक र मानवीय क्षति रोक्न लगाइएका विद्युतीय बार चट्याङ, वन्यजन्तु र

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • २३४ पटक पढिएको
  • अरुणको प्याउलिमा भोलिदेखि ‘प्रथम अरुण अध्यक्ष कप’ भलिबल प्रतियोगिता हुँदै

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाद्वारा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८२ मंसिर १८ गते भोलि देखि हुने भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।समूह ‘क’ र समूह ‘ख’ गरी दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा अरुण गाउँपालिका, भोजपुर नगरपालिका, महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।मंसिर १८ गते पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रति

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ५३३ पटक पढिएको
  • एनि प्रथम गछिया गोल्डकप–२०८२: गाईघाट युनाइटेड उदयपुर सेमिफाइनल प्रवेश

    सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ  ।आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए  ।निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदय

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]