सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ । आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे । निर्धारित समय सम्म पनि दमक फु
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाको आयोजनामा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता सुरू भएको हो उद्घाटन खेलमा पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रतिस्पर्धामा २-० को १६ सेटमा अरूण गाँउपालिकाले जितेको छ ।।भोलि महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका बिच प्रतिस्पर्धा हुने भएको छ ।खेलमा षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।त्यसपछि मंसिर १९ र
इटहरी। झापाको दमकमा एक वृद्धको हिँड्दै गर्दा बाटोमा लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मङ्गलबार साँझ दमक(५, क्याम्पस मोडमा हिडिरहेका वृद्ध लडेर घाइते हुनुभएको थियो । तत्काल स्थानीयले उद्धार गरेर उपचारका लागि नजिकैको निम्स अस्पताल लगेको भए पनि उहाँको उपचारकै क्रममा निधन भएको प्रहरीको भनाइ छ । अस्पतालले मृत घोषणा गरेको वृद्ध अर्जुनधारा–४ का ६२ वर्षीय युवराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
इटहरी । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रूपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । पहिलो चरणमा यस वर्ष एक बिघा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उहाँले बताउनुभयो । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्ने छ । जङ्गली हात्तीको उपद्रो बढेसँगै वैकल्पिक खेतीको रूपमा धान खेत मासेर चिया, तेजपत्ता, मरिच, सुपारी लगायतका विभिन्न खेती गर्दै आउनुभएका उहाँले पहिलो पटक नरिवलको व्यावसायिक खेती गर्नु भएको हो । समुन्द्र सतहदेखि एक हजार मिटरसम्मको जमिनमा नरिवल खेती फस्टाउने कृषि विज्ञहरू
इटहरी । चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकडभिट्टाबाट ६ अर्ब २ करोड रुपैयाँ भन्दा धेरैको पेट्रोलियम पदार्थ आयात भएको छ । ६ अर्ब दुई करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आर्थिक वर्ष २०८१र८२ को यही अवधिको तुलनामा ११ करोड ९२ लाख ५४ हजार रुपैयाँ अर्थात् दुई दशमलव १ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व दुई दशमलव ९० प्रतिशत अर्थात् ८ करोड ४१ लाख २२ हजार रुपैयाँल
इटहरी। झापामा प्रहरीले ठुलो परिमाणमा राजस्व छलीका सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार तीनवटा सवारी साधनसहित ठुलो परिमाणमा राजस्व छलीको सामग्री बरामद गरिएको हो । बुधबार अपरान्ह चेकजाँचको क्रममा मे १ च ६८९२, प्र १–०१–००१ च ७५२४ र मे १ च ४०४५ नम्बरका तीन वटा गाडी रोक्दा अवैध सामान फेला परेको खड्काले जानकारी दिनुभयो । सवारीसाधन र चालकसहित ठुलो परिमाणमा रक्सि लगायतका सामग्री बरामद गरिएको प्रहरीको भनाइ छ । बच्चाको डाइपर ४१ काटुन, इन्चान्टर लेखिएको कस्मेटिक सामान १९ काटुन, चुलबुल लेखिएको रक्सी २०० काटुन, गोर्खा बियर १५० काटुन, ओरियो बिस्कु
इटहरी । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देख
इटहरी। बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ ह
इटहरी। पाँचथरको फिदिम ४ का प्रकाश तामाङ मृत अवस्थामा भेटिनुभएको छ । ५५ वर्षीय प्रकाशलाई फिदिम नगरपालिका ४ सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका प्रवक्ता रामचन्द्र साहका अनुसार बुधबार साँझ ५ बजे स्थानीयले तामाङलाई मृत अवस्थामा भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गर्ना साथ खटेको टोलीले घटनाको स्थलगत मुचुल्का तयार पारेर पोष्ट मार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ । मृत्युका कारण भने खुल्न सकेको छैन ।
इटहरी | नेपाल युवा उद्यम मञ्च सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको ‘लर्निङ सेसन’ कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले श्रमिक तथा रोजगारदातालाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७६ सालदेखि श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य भइसकेको भन्दै अझै पनि विभिन्न बहानामा कोषमा सूचीकृत हुन नचाहने प्रवृत्ति देखिनु चिंता जनक रहेको बताए।उनले भने, “कानुनले भनेको मान्नैपर्छ। सामाजिक सुरक्षाबाट जोगिन खोज्दा झन्झट आफैँले थेग्नुपर्ने अवस्था आउँछ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.