इटहरी। विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ । यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै सामुदायिक विद्यालयको घेराबारा गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक सुधारसँगै भौतिक संरचनाको सुरक्षाको लागि गाउँपालिकाले योजनाबद्ध रुपमा कार्यक्रम सञ्चालन गरेर विद्यालयहरुको घेराबारा गरेको उहाँको भनाइ छ । धेरै विद्यालय
इटहरी । इटहरी उप–महानगरपालिका–१२ स्थित पूर्वाञ्चल मिल्क एण्ड फुड प्रोडक्ट उद्योग (पूर्वाञ्चल क्याफे) मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुनसरीले छापा मारेको छ । विभिन्न केक, पाउरोटी, बिस्कुटलगायतका खाद्य पदार्थ उत्पादन गर्दै आएको उद्योगले म्याद गुज्रिएका कच्चा पदार्थ र केमिकल प्रयोग गरी उत्पादन गरिरहेको सूचनाका आधारमा छापा गरिएको कार्यालयले जनाएको छ। छापा मार्ने क्रममा ६ महिना भन्दा बढी म्याद गुज्रिएको पाउडर, फ्लेभरिङ केमिकल, बेकर आइटममा प्रयोग हुने प्रिजर्भेटिभ पदार्थ तथा अन्य कच्चा सामग्री ठूलो परिमाणमा फेला परेको खाद्य निरीक्षक उज्वल कोइरालाले जानकारी दिनुभएको छ । उक्त पदार्थले उपभ
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई आगामी निर्वाचनमा श्रम संस्कृति पार्टीले बहुमतको सरकार बनाउने बताउनु भएको छ । धनकुटामा बिहीबार आयोजित पार्टीको बृहत भेलालाई सम्बोधन गर्दै राईले पार्टीलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनु भएको हो । राईले देश जोगाउन आफूले पार्टी दर्ता गर्नुपरेको बताउँदै देशमा आफूभन्दा देशभक्त कोही नभएको दाबी गर्नुभयो । उहाँले पार्टी, जाति, धर्म, वर्ग र स्वार्थले छियाछिया पारेको देशलाई एउटै मालामा उन्नको लागि आफू लागिपरेको बताउनुभयो । उहाँले एक्लैले केही गर्न नसकिने भएकोले पार्टी दर्ता गरेर आफू सियोको रुपमा अघिअघि जाने र सबैले धागो बनेर सहयोग गर्ने अपेक्षा र
इटहरी। धनकुटाको पाख्रीबासमा पाख्रिवासको पहिचान झल्काउने उद्येश्यले ‘पाख्री पार्क’ निर्माण गरिएको छ । पाख्रीबास युथ युनाइटेडको अगुवाइमा पाख्रिवास चोकमा करिब १५ लाख रुपियाँको लागतमा पाक्रिपार्क निर्माण गरिएको हो । पहिलेका समयमा धरानबाट ढाकर बोकेर आउने ढाक्रे र भरीयाहरू हालको पाख्रिवासमा रहेको पाख्रीको रुखको फेदमा बास बस्ने गर्दथे । यही इतिहास र प्रचलनकै आधारमा ‘पाख्रीबास’ नाम रहेको मान्यता रहँदै आएको छ । पछि बजार विस्तारसँगै सो पाख्रीको रुख काटिएको थियो अहिले सोहि स्थानमा स्मरणरूपमा पाख्री पार्क निर्माण गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले जानकारी दिनुभयो । पार्कमा पाख्रीको बिरुवा, ढाकर, ढ
इटहरी । कलाकार होम पी. भट्टराईले पहिलोपटक मैथिली भाषाको म्युजिक भिडियो मार्फत आफ्नो डेब्यु गर्नुभएको छ । सप्तकोशीको चिसो पानीमा गरिएको आकर्षक छायांकनका कारण भिडियोले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ । भट्टराईले यसअघि नेपाली चलचित्र ड्रिम गर्ल, विमान, गोल, बनरक्षक लगायतका फिल्महरूमा अभिनय गरिसक्नुभएको छ । त्यस्तै, लोकप्रिय टेलिसिरियल ‘मेरी बास्सै’ तथा हालै छायांकन सम्पन्न भएर तयारी अवस्थामै रहेको मैथिली संस्कृतिमा बनेको नेपाली चलचित्र ‘बहौरिया’ मा पनि उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको छ । उक्त म्युजिक भिडियोको छायांकन चन्दन शर्माले गर्नुभएको हो भने भिडियोका निर्माता तथा गायक–गीतका
इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिप प्रतियोगिता इटहरी उपमहानगरपालिका–२ मा सुरु गरिएको छ। क्लबका अध्यक्ष राजन राईको अध्यक्षता तथा वडा नम्बर २ का वडाध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो।क्लबका अनुसार प्रतियोगितामा ३२ जना खेलाडी सहभागी छन्। विजेताले २० हजार रुपैयाँ तथा दोस्रो हुने खेलाडीले १२ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। स्नुकर खेलप्रति युवाहरूको आकर्षण बढ्दै गएपछि खेलाडीसँगै प्रतिभालाई अघि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबका उपाध्यक्ष राजेश राईले बताए।उद्घाटन कार्यक्रममा तालतलैया व्यवस्थापन समितिकी उप
इटहरी । दुर्लभ वन्य जन्तुु रेडपाण्डा संरक्षणमा जनचेतना जगाउने उद्देश्यले र संरक्षणलाई सहयोग गर्ने उद्देश्यले इलाममा रेडपाण्डा म्याराथन आयोजना हुने भएको छ । आगामी पुस १ गते प्रतियोगिता आयोजना गरिने आयोजक दीप ज्योति युवा क्लवले जनाएको छ । म्याराथन प्रतियोगिता इलाम सदरमुकामबाट सुुरु भएर तीन हजार छ सय ३६ मिटरको उचाइमा रहेको पर्यटकीय स्थल सन्दकपुर सम्म ४४।२ किलोमिटरको दुुरीसम्म आयोजना गरिने आयोजकले जनाएको छ । पुरुष खुल्ला, महिला खुल्ला र स्थानीय तर्फ तीन वर्गमा विभाजन गरिएको जनाइएको छ । प्रतियोगितामा रेडपाण्डा संरक्षणको काम भइरहेको इलाम, पाँचथर ताप्लेजुुङका प्रतियोगि सहभागी हुने छन् । प्रतियोगिताम
इटहरी । पशु क्वारेन्टाइन कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको लक्ष्य राखिएको ८३।३७ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । चालु आर्थिक वर्ष २०८२–८३ को यो अवधिमा सो प्रगति हासिल गरेको कार्यालय प्रमुख डा। विदुरप्रसाद गौतमले जानकारी दिनुभयो । कार्यालयले ४७।५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । गौतमका अनुसार सीमा क्षेत्रमा अवैध पशुजन्य सामग्री नियन्त्रणमा केन्द्रित गतिविधि प्रभावकारी रुपमा कार्यान्ययन गरिएको छ । कार्यालयले विराटनगरको रानी, भान्टाबारी (सुनसरी) र माडर (सिराहा) नाकाबाट हुने आयात–निर्यातलाई नियमित निगरानी र कडाइका साथ जाँच गरिएको कार्यालयले प्रतिवेदनमार्फत जा
इटहरी । इलाममा दुई सय वर्ष लामो इतिहास बोकेको निशान पदमार्गमा यस वर्ष पनि पदयात्रा गरिने भएको छ । नेपाल–भारत सीमाना जोडिएको मेची नदिको मुहानदेखि इलामको निशान स्थापना गरिएको माईस्थान मन्दिर सम्मको ४१ किलोमिटर पदमार्गमा आगामी पुस २३ गतेदेखि २६ गतेसम्म पदयात्रा गर्ने गरी तयारी सुरु भएको हो । नेपाली सेनाको रणसार्दुल गणको पहल तथा सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको समन्वयमा पदमार्ग पहिचान गरी गत वर्ष पुस २४ गते देखि तीन दिने पदयात्रा गरिएको थियो । तीन दिनमा पदयात्रा गर्न कठिनाइ भएपछि यस वर्ष चार दिनको पदयात्राको कार्यक्रम तय गर्ने गरी कार्यक्रम बनाइएको रणसार्दुल गण इला
इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१२ दुःखी डाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । झ्याउपोखरीबाट तुर्केतर्फ आउदै गरेको मे १ ज २०६६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीचौकी देउरालीबाट प्रसनि पदमबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो । जिपमा चालकसहित ११ जना सवार थिए । चालक मोहन तामाङलाई टाउकोमा सामान्य चोट लागेको र उहाँ बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चालकले मापसे गरेको नभएको र उहाँको सवारी चालक अनुमति पत्र सक्कलसहित अवैध नभएको पुष्टि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.