इटहरी | योङ्ग ब्वाइज फुटबल क्लबको आयोजनामा तरहरा गोल्डकप फुटबल प्रतियोगिता यहीँ पुस ५ गतेदेखि पुस १२ गतेसम्म तरहरास्थित बहुभाषी खेलमैदानमा सञ्चालन हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन मंगलबार तरहरामा आयोजित पत्रकार सम्मेलनमा क्लबले तरहरा क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्ने र स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै तरहरालाई सक्रिय खेलकुद केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मोहन लिम्बुले बताउनु भयो । गोल्डकपमा आरआईसी काठमाडौं, पञ्चायत फुटबल क्लब, उदयपुर फुटबल क्लब, पानबारी फुटबल क्लब, केराबारी फुटबल क्लब, योङ ब्रदर्स फुटबल क्लब, योङ ब्वाइज फुट
सुनसरी | स्पिन्स डान्स स्कुलद्धारा आयोजित द इन्फेरर अफ डान्स नेपाल च्यामपेन्सिप–२०८२ को उपाधि वन क्रू ओडिशाले जितेको छ । सोमबार राती मोरङको बिराटचोक एक्स्पो ग्राउण्डमा सुन्दरहरैचा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न ग्रान्ड फिनालेमा उपाधि वन क्रू ओडिशाले जितेको हो। उपाधि जितेसंगै वन क्रू ओडिशाले ८० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ । यस्तै दोश्रो स्थान हासिल गर्दै बुटवलका साजन गुरुङले नगद ५० हजार र मुम्बईका किशन आउजीले तेश्रो स्थान हासिल गर्दै नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको स्पिन्स डान्स स्कुलका डाइरेक्टर विजय थलङ लिम्बुले जानकारी
इटहरी । झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फ०ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो । गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८
इटहरी । कोशी प्रदेश सरकारले निकै तामझामका साथ ‘कोशी पर्यटन वर्ष २०८२’ लाई लक्षित गर्दै सुरु गरेको भारतीय गाडीमा ‘सुरक्षा जाँच स्टिकर’ टाँस्ने अभियान रोकिएको छ । ठाउँ ठाउँमा हुने चेकजाँचको झन्झट हटाएर निर्बाध आवागमन गर्न सक्ने उद्देश्यले सुरु गरेको स्टिकर अभियान तीन महिना पूरा नहुँदै रोकिएको हो । यो अभियानले निरन्तरता नपाउँदा ६० लाख रुपियाँभन्दा बढी खर्च गरेर छापेका स्टिकर उपयोगविहीन छन् भने पर्यटकले पाउने सास्ती उस्तै छ । भारतीय पर्यटकको सहजताका लागि भन्दै गत वैशाख १ देखि सुरु गरिएको अभियान सुरुमा बजेट अभावको कारण स्टिकर छपाइ नहुँदा बन्द भएको भनिएको थियो तर गत वर्ष छापिएको स्टिकर थोरै मात्र खप
इटहरी। स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको पानीट्याङ्की क्षेत्रमा ‘पेमा छ्योलिङ बौद्ध गुम्बा’ निर्माण गरिएको छ । बौद्ध धर्म–संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु दुई करोड ३५ लाख लागतमा गुम्बा निर्माण गरिएको हो । देश तथा विदेशमा रहेका शेर्पा समुदायको उल्लेख्य योगदान र प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण गरिएको गुम्बा व्यवस्थापन समितिका कोषाध्यक्ष आङदावा शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार कूल लागतको करिब ७८ प्रतिशत रकम शेर्पा समुदायबाट चन्दा सङ्कलन गरी जुटाइएको हो । हालसम्म प्रदेश सरकारबाट रु ३१ लाख, भोजपुर न
इटहरी। नेपाल एकीकरणताका पूर्वी सीमा विजय गरेर गाँडिएका निसान फर्काइएको ‘निसान पदमार्ग’ प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा हुने भएको छ । सोमबार सूर्योदय नगरपालिकामा भएको सम्बन्धित तीन पालिका र इलामस्थित नेपाली सेनाको रणसार्दुल गणको संयुक्त बैठकले यही पुस २३ देखि २६ गतेसम्म पदयात्रा गर्ने निर्णय गरेको हो । सूर्योदय नगरपालिका, इलाम नगरपालिका, माईजोगमाई गाउँपालिका र रणशार्दुल गणले संयुक्त रूपमा पदयात्राको तयारी गरेका सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । गत वर्षदेखि सुरु गरिएको पदयात्रा यसपटक पनि निरन्तरता दिन लागिएको उहाँको भनाइ छ । इलाम नगरप्रमुख केदार
इटहरी। धनकुटा नगरपालिका–६, स्थित सल्लेरीमा रहेको नेपाल नेत्रज्याति सङ्घ धनकुटाद्वारा सञ्चालित डा। रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले वार्षिक १५ हजार आँखाका बिरामी परीक्षण गर्दै आएको छ । सोमबार सङ्घको १५ औँ वार्षिक साधारण सभा तथा अस्पतालको १२ औँ वार्षिकोत्सवका अवसरमा यस्तो जानकारी दिइएको हो । आँखा अस्पतालका सचिव देवबहादुर खड्काले अस्पतालमा दैनिक ५० देखि ७० जनासम्मलाई बहिरङ्ग सेवा दिने गरेको बताउनुभयो । त्यस्तै वार्षिक एक हजार जनाको शल्यव्रिmया गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका सात वटै पालिकासँग समन्वय गरी आँखा परीक्षण शिविर सञ्चालनसमेत गर्दै आएको जनाइएको छ । अस्पतालले
नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेकपा एमालेको काठमाडौँमा जारी ११औँ राष्ट्रिय महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ। आज ११औँ राष्ट्रिय महाधिवेशनको बन्द सत्र स्थल भृकुटी मण्डपमा बस्नेतले उम्मेदवारी दर्ता गराउनु भएको हो। कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा विराटनगर महानगरपालिका इञ्चार्ज समेत रहनु भएको बस्नेतले पार्टी र राजनीतिमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको महसुस गर्दै आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ। उहाँले पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउन आफ्नो उम्मेदारी रहेको प्रष्ट पार्नु भयो
इटहरी । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुमार राजवंशीका अनुसार शाखामा दैनिक करिब दुई सय मेट्रिक टन मल प्राप्त भइरहेको छ भने त्यति नै परिमाणमा बिक्रीवितरण भइरहेको छ । उहाँका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्म शाखाले १३ हजार ४०७ दशमलव २७५ मेट्रिक टन रासायनिक मल बिक्रीवितरण गरेको छ । शाखा कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पाँच महिनामा युरिया सात हजार ७५३ दशमलव २० मेट्रिक टन, डिएपी पाँच हजार ३४९ दशमलव ६५ मेट्रिक टन, पोटास २७३ दशमलव ३५ मेट्रिक टन र कृषि चुन ३१ दशमलव ०७५
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनको कार्यतालिका अनुसार दिउँसो २ बजेबाट मतदानको तयारीमा केन्द्रीय निर्वाचन आयोग जुटेको छ । ढिलोमा २ बजेबाट मतदान शुरु गराउनका लागि आयोगले काम गरिरहेको जनाएको छ ।विद्युतीय मतदानका लागि राति १२ बजे उम्मेदवारको अन्तिम नामावली हस्तान्तरण गरेको आयोगका सदस्य कुन्साङ लामाले बताए ।सबै नामावली सेट गर्न १२ घण्टाको समय माग गरेका कारण ढिलोमा २ बजेभित्र मतदान शुरू गर्ने लामा बताउँछन् । बुधबार भृकुटीमण्डपको परिसर अर्कै कार्यक्रमका लागि बुक भइसकेका कारण आज राति नै यो स्थल छोड्नुपर्ने बाध्यता छ । त्यसैले मतदान आरम्भ २ बजेभन्दा ढिलो नहुने लामाले बताए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.