इटहरी । धनकुटा नगरपालिका–९, मूलघाटस्थित तमोर नदीमा सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाले भारवहन सामान लैजान अन्डरपास निर्माणको काम गरिएको छ । आयोजनाको निर्माणका लागि भारी सामग्री पुलबाट पार गर्न जोखिम भएकाले अन्डरपास निर्माणको काम भइरहेको हो । आयोजनाले करिब ६० मिटर लामो अन्डरपास बनाउने काम धमाधम गरिरहेको छ । कोशी राजमार्गमा पर्ने धरान–धनकुटा सडकखण्ड अन्तर्गत मूलघाट दुई सय मिटर लामो पक्की पुल २०४० सालमा निर्माण गरिएको छ । तमोरमा भएको उक्त पुलको अधिकतम भारवहन क्षमता भने सत्तरी टन मात्रै रहेको छ । निर्माणाधीन आयोजनाका लागि ट्रान्सफर्मर, टर्बाइनलगायतका भारी उपकरणसहित ट्रकक
इटहरी। जिल्लामा लगाइएको हिउँदे आलुखेतीमा डढुवा रोगको सङ्क्रमण देखिएको छ । आलुको पात र डाँठ डढ्ने लक्षणसहित फैलिएको सङ्क्रमणका कारण उत्पादन घट्ने चिन्ता बढेको किसानहरूले बताएका छन् । किसान कमला थापाका अनुसार हिउँदे आलुमा देखिएको डढुवाको सङ्क्रमण पटकपटक औषधि प्रयोग गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । अघिल्लो यामको असोज र कात्तिकमा लगाइएको आलु डढुवाका कारण पूर्ण रूपमा नष्ट भएपछि किसानहरू आर्थिक क्षतिमा परेका छन् । त्यसपछि पुनः विस्तार गरिएको आलुखेतीमा पनि सङ्क्रमण देखिन थालेपछि किसानमा थप चिन्ता थपिएको भोजपुर९५ का नवराज फुयाँलले बताउनुभयो । कृषि ज्ञान केन्द्र भोजपुरका अनुसार जिल्लामा हिउँ
इटहरी। धनकुटामा राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कृषि ज्ञानकेन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रको आँपको ब्लक विकास कार्यक्रमका अन्यौलमा परेको छ । कृषिज्ञान केन्द्र र स्थानीय तहबिच प्रभावकारी समन्वय नहुँदा कार्यक्रम कार्यान्वयन अन्यौल परेको हो । गाउँपालिकाको करिब १४ सय रोपनी क्षेत्रफलमा आँपको ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने योजना छ । सिंभूवा, बन्चरे, पाथिभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा, ताम्लिङ तथा हाक्तिखर्कको तल्लो भ–भागमा आँप उत्पादनका लागि संभाव्य रहेको कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाले बताउनुभयो । केन्द्रले मङ्सिर १० गते&nbs
इटहरी। मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । गएराती भित्री सडक खण्डमा गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासको ज्यान गएको हो । मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख निरिक्षक सन्तोष न्यौपानेका अनुसार दुर्घटनामा गम्भीर घाइते हुनुभएको थियो । घाइते दासलाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको भएपनि चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ कै २७ वर्षीय अकलेशकुमार मण्डल पनि घाइते अवस्थामा रहेको बताइएको छ ।
इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीको जनता बहुमुखी क्याम्पसमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। शैक्षिक सम्मेलनमा चार देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञद्दारा ११२ वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन संयोजक तथा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो । सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच
इटहरी । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर पुरेको छ । सडक खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिरोले स्काभेटर पुरेको हो। विहीबार बिहान करिब ११ बजेको समयमा तेल्लोकदेखि फुन्द्रवासम्म जोड्ने सडक निर्माणका क्रममा फुन्द्रवा भीरमा माथिबाट पहिरो झरी स्काभेटर पुरेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा। चित्र माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्काभेटर चालक भने सकुशल रहनुभएको छ । सडक तीन दिन अघिदेखि निर्माण गर्न सुरु गरिएको उपाध्यक्ष माबोको भनाइ छ । करिब ढेड करोडको आयोजनामा बाटो निर्माण सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
इटहरी । सप्तकोशी नदीको धरहरा टपन क्षेत्रको पूर्वी तटबन्धन भएर बग्ने नदीको भङ्गालो पश्चिम दिशा लागेपछि वर्षौदेखि समसान घाटको रुपमा रहेको धरहरा टपनको घाट विस्थापित भएको छ । प्रकाशपुर क्षेत्रबाट वर्षौदेखि धरहरा टपनको घाटमै मृत्यु संस्कार गरिँदै आएको थियो । शव जलाएपछि चिता बगाउने र पखाल्ने पानी कम हुँदा घाट विस्थापित भएको स्थानीय वीरबहादुर कार्कीले बताउनुभयो । घाटमा पानी सुकेपछि शव जलाउन राजवास घाटमा लाने गरिएको छ । नदीको पूर्वी भङ्गालो राजावास क्षेत्रको स्पर नम्बर २७ दशमलव ४० बाट २५ दशमलव ५७ र २६ नम्बरको स्परलाई छोएर पूर्वी भङ्गालो पश्चिम दक्षिणबाट बग्न थालेको पूर्वी तटबन्धमै काम गर्दै आउनु
सुनसरी | नेपाली काङ्ग्रेस सुनसरी जिल्ला सभापतिको लागि आगामी १५औं महाधिवेशनको तयारी चल्दै गर्दा ऐयुव अन्सारीको नाम प्रमुख रूपमा चर्चित भएको छ। नेपाल बिद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका अन्सारीको दीर्घ राजनीतिक अनुभव र सफलताका कारण उनलाई जिल्ला सभापतिको लागि मजबूत उम्मेदवार मानिएको छ।ऐयुव अन्सारीको राजनीतिक यात्रा:· नेपाल बिद्यार्थी संघ (२०४६ साल) मार्फत राजनीतिक सक्रियता सुरु· २०५० सालमा सुनसरी क्षेत्र नं. ५ को नेपाल बिद्यार्थी संघ सभापति· १२औं महाधिवेशनमा सुनसरी क्षेत्र नं. ५ को सभापतिको लागि स्वर्गीय ताहीर अन्सारीसंग झिनो मतान्तरले पराजित· १३औं महाधिवेशनमा क्षेत्रीय सभापतिमा ठूलो मता
इटहरी । ऐतिहासिक एवं पुराताìिवक महìव बोकेको विराटनगर–१८ स्थित भेडियारीमा रहेको विराट् राजाको दरबार क्षेत्र मानिने स्थानमा भेटिएको दुई हजार वर्ष पुरानो संरचनाको संरक्षण सुरु गरिएको छ । पुरातìव विभागले ऐतिहासिक ‘भेडियारी ढिस्को’ को उत्खननबाट प्राप्त इसाको पहिलो र दोस्रो शताब्दीका संरचनालाई थप क्षति हुन नदिन संरक्षणको काम थालेको हो । विभागले २०२७ सालमा पहिलो पटक र २०७८ सालमा पुनः उत्खनन गर्दा यहाँ प्राचीन पर्खाल तथा कक्ष भेटिएका थिए । वर्षा, घाम र मानवीय गतिविधिका कारण जीर्ण बन्दै गएको उक्त संरचनालाई सुरक्षित राख्न अहिले संरक्षणको काम भइरहेको छ । संरक्षण कार्य अन्तर्गत पुराना संरचनामाथि ‘जियो टेक
सुन्दरहरैंचा । गछिया जेसीजको २०२६ को कार्यकालका लागि नयाँ नेतृत्वका लागी चौंथो साधारणसभाबाट सर्वसम्मत रूपमा कमल ढुंगाना (कुन्दन) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ । नयाँ नेतृत्व अन्तर्गत कार्यकारिणी उपाध्यक्षमा आयुषदीप रिजाल र लक्षमण दाहाल चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरूमा सुजन बाहकोटी, संजीव दाहाल, रिजन पोख्रेल र अनु दाहाल रहेका छन् । सचिवमा गंगा सिग्देल तथा जनसम्पर्क अधिकारीमा अनुप अधिकारी चयन भएका छन् ।हाल १२९ जना सदस्य आबद्ध रहेको गछिया जेसीजले नयाँ नेतृत्व सँगै युवाको नेतृत्व विकास, सामाजिक सेवा तथा समुदायमुखी कार्यक्रममार्फत संगठनलाई अझ सश
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.