समाज

    Showing ३,९०१-३,९१० of ११,१३० items.
  • छोरीको सिक्कल प्रहारबाट आमा घाइते

    इटहरी । झापाको अर्जुनधारा नगरपालिका–६ कप्तानवारीमा छोरीले सिक्कल प्रहार गर्दा आमा घाइते भएकी छन् । गएराति करिब ९ः३० बजे सामान्य घरायसी विवादका क्रममा शेरबहादुर लिम्बूकी २५ वर्षीया छोरी बन्दना लिम्बूले आफ्नै आमा ५१ वर्षीया बिनु लिम्बूलाई सिक्कल प्रहार गरेको प्रहरीले जनाएको छ । अविवाहित बन्दनाको मानसिक अवस्था ठिक नरहेको बताइएको छ । सिक्कल प्रहारबाट बिनु लिम्बूको छाती र दुवै हातको पाखुरामा चोट लागेको छ । उनलाई तत्काल स्थानीय शङ्कर अस्पताल शनिश्चरेमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल ल्याइएको छ ।घटनाको जानकारी पाएपछि प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले बन्द

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २१४ पटक पढिएको
  • उदयपुरमा दाजुले आफ्नै भाइको धारिलो हतियार प्रहार गरी हत्या

    इटहरी ।  उदयपुरमा आफ्नै दाजुले भाइलाई काटेर हत्या गरेका छन । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका १ का स्थानीय ४३ बर्षिया युवराज राईले धारिलो हतियार प्रयोग गरि गएराति आफ्नै भाई अन्दाजी ३० बर्षिया धर्मराज राईको हत्या गरेका हुन। जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक केदारमान दोङका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दाजु युवराजले आमालाई कुटपिट गरेको विषयमा विवाद हुँदा भाई धर्मराजलाई धारिलो हतियारले शरीरको बिभिन्न भागमा प्रहार गरि हत्या गरेको खुल्न आएको छ । भाइलाई धारिलो हतियारले प्रहार गरि युवराज फरार भएका थिए । स्थानीयको खबर संगै घटनास्थल पुगेर प्रहरीले धारिल

    • प्रकाशित मितिः पुस ५, २०८२
    • १९५ पटक पढिएको
  • स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने

    इटहरी ।  सरकारका कृषि तथा पशुपन्छीमन्त्री डाक्टर मदनप्रसाद परियारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन गर्न सरकारले सहयोग गर्ने बताउनुभएको छ । शुव्रmबार पाँचथरको सदरमुकाम फिदिम आइपुग्नुभएका मन्त्री परियारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका उत्पादनको निरीक्षण गर्दै यस्तो बताउनुभएको हो । मन्त्री परियारसहितको टोलीले फिदिम नगरपालिका–४ को आलुचिप्स उत्पादन उद्योगसँगै फिदिम–१२ को रस्टिक स्टोर, मौरीपालन परियोजना र तेह्रथुमको आठराई गाउँपालिकामा निर्मित सेवा केन्द्र भवनको अवलोकन र निरीक्षण गर्नुभएको थियो ।

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २३१ पटक पढिएको
  • मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ

    इटहरी । कोशी राजमार्गअन्तर्गत धनकुटाको भेडेटार–चित्रे खण्डमा मालबहाक ढुवानीका साधनको भारबहन मापदण्ड पालना अनुगमनमा कडाइ गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालय धनकुटाले संयुक्त रुपमा भारबहन मापदण्ड नगरेको बुन छड्के अनुगमन कडाइ गरेको हो । कोशी राजमार्गको भेडेटार–चित्रे खण्डमा मालबाहक ढुवानीका साधन सञ्चालन गर्दा भारबहन मापदण्ड पालना भए नभएको छड्के अनुगमन गरी चेकजाँचलाई तीव्रता दिएको छ । सडकमा चल्ने ट्रक, टिप्पर, मिनीटिपर, ट्रेलर, सेमीट्रेलर, ट्याकटरजस्ता मालवस्तु ढुवानी गर्ने साधनका मापदण्ड विपरित सञ्चालन भएको गुनासो बढ्न थालेपछि अनुगमन सुरु गरिएको

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २१६ पटक पढिएको
  • धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट

    इटहरी ।  धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा गिरावट आएको पाइएको छ । लामो समयदखि परेको अविरल वर्षासँगै आएको हावाहुरीले धान खेतीमा क्षति पुर्‍याउँदा धान उत्पादनमा गिरावत आएको हो । धनकुटामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन २३ प्रतिशतले घटेको पाइएको छ । जिल्लामा गत वर्ष चार हजार नौ सय ३८ दशमलव ८९ हेक्टर क्षेत्रफलमध्ये चार हजार आठ सय ३२ दशमलव ७ हेक्टर क्षेत्रफलमा धान खेती लागाइएको थियो । सो क्षेत्रफलमा लगाइएको २० हजार एक सय ५२ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष धनकुटामा चार हजार सात सय १९ हेक्टर उत्पादनसिल क्षेत्रबाट १५ हजार तीन सय ३९ दशमलव २ मेट्रिकटन धान उत्पादन भ

    • प्रकाशित मितिः पुस ५, २०८२
    • २५२ पटक पढिएको
  • सुनसरीकि एमाले नेतृ भगबती चौधरी सर्वाधिक मत सहित केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उद्यमशिता, आर्थिक सशक्तिकरण र युवा स्वरोजगारको पक्षमा सक्रिय नेतृ भगबती चौधरीले सर्वाधिक मत प्राप्त गर्नु भएको छ । पुष ३ गते सार्वजनिक मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहनु भएकी चौधरीले २०४४ मत सहित खुल्ला महिला सदस्यमा सर्वाधिक मत प्राप्त गर्नुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार चौधरीले कूल खसेको २२२७ मतको ९१.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ । महाधिवेशनमा प्रतिक्षा तिवारीले मधेशी महिलातर्फ २१२० र ज्वालाकुमारी साहले २०४४ मत प्राप्त गर्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की निवर्तमान प्रतिनिधि सभा सदस्य चौधरी खा

    • प्रकाशित मितिः पुस ५, २०८२
    • ७२५ पटक पढिएको
  • भोलि धरानमा गायक भीषण मुकारुङको एकल साँझ हुने

    धरान ।  सुनसरीको धरानमा शनिबार साँझमा गायक भीषण मुकारुङको एकल साँझ हुने भएको छ । धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा पुस ५ गते शनिबार साँझ मुकारुङको एकल सांगीतिक कार्यक्रम आयोजना गरिएको छ ।यो कार्यक्रम गत भदौ २८ गते गर्ने भनिएको उक्त कार्यक्रम  जेनजी आन्दोलनका कारण स्थगित गरिएको थियो । धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन गराई संकलन हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताइएको छ ।एकल साँझबाट उठ्ने रकम सुनसरी–भोजपुर सरोकार समाजले धरानमा निर्माण गर्न लागेको भवन निर्माण सहयोगमा प्रदान गरिने छ ।दुई दशकभन्दा लामो संगीत यात्रामा रहेका गायक मुकारुङका ‘विश्वासको बन्धन’, ‘सक्सेस’

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ४३३ पटक पढिएको
  • एल एण्ड सी मोडल एजेन्सीद्वारा ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ घोषणा ।

    इटहरी । फेसन, मोडलिङ तथा सौन्दर्य प्रतियोगिताको क्षेत्रमा कोशी प्रदेशमा लामो समयदेखि सक्रिय एल एण्ड सी मोडल एजेन्सी प्रा. लि. ले ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन’ आयोजना गर्ने घोषणा गरेको छ । एजेन्सीले ७ वर्ष देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै प्रतियोगिताको पहिलो सिजन सञ्चालन गर्न लागेको हो। विगतमा थुप्रै सफल कार्यक्रमहरू आयोजना गरी छुट्टै पहिचान बनाइसकेको एल एण्ड सी मोडल एजेन्सीले कोशी प्रदेशभरिका बाल प्रतिभालाई एउटै मञ्चमा ल्याई उनीहरूको आत्मविश्वास, नेतृत्व क्षमता र व्यक्तित्व विकासमा योगदान पु¥याउने उद्देश्य राखेको संस्थाका सिईओ दिपक गिरिले बताउनुभयो । यसअघि एजेन्सीले सुनस

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ६५३ पटक पढिएको
  • बेबी बम्प सार्वजनिक गर्दै जाङमुले दिइन् पति शेरधनलाई बधाई

    काठमाडौं । नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर छ । उनी चाँडै बाबु बन्दैछन् ।शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले आफू गर्भवती भएको घोषणा गरेकी हुन् ।उनले लेखेकी छन्, ‘आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्

    • प्रकाशित मितिः पुस ४, २०८२
    • ३२२ पटक पढिएको
  • जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर

    इटहरी। जेनजी आन्दोलनका क्रममा झुम्का कारागार तोडफोड र आगजनी गर्ने प्रयास भएपछि भागेका एक हजार ७९६ कैदीमध्ये ४९४ जना अझै सम्पर्क बाहिर रहेको छ । कारागारबाट भाग्न सफल भएका मध्ये एक हजार तीन सय फर्किएका छन् भने केही फरार रहेका छन् । फरार कैदीमध्ये केही आफैँ फर्किए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ४९४ कैदीबन्दीको खोजतलास भइरहेको झुम्का कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिनुभयो । अहिले फर्किएका र थपिएका गरी एक हजार ३७० कैदीबन्दी छन् । सुनसरीको झुम्का कारागारको बन्दी क्षमता १६०० जनाको छ । कारागामा १३७० जना रहेका छन् । यो पुरुष मात्रै राख्ने क्षेत्रीय कारागार हो । जे

    • प्रकाशित मितिः पुस ४, २०८२
    • २५५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]