इटहरी। यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्षति पुर्याउँदा उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालका अनुसार समयमै पानी नपर्दा रोपाइँ प्रभावित हुनुका साथै केही स्थानमा अत्यधिक वर्षाले धानबाली डुबानमा परेर नष्ट भएको हो । तथ्याङ्कअनुसार गत वर्ष ३७ हजार ७९० मेट्रिक टन धान उत्पादन भएको भोजपुरमा यस वर्ष ३६ हजार ९९८ मेट्रिक टनमात्र उत्पादन भएको छ । यस्तै, गत वर्ष १२ हजार १५४ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा यस वर्ष ११ हजार ५०० हेक्टरमा मात्र खेती व
इटहरी। नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले किसानले भोग्नु परेका समस्या समाधान गम्भीर रहेको बताउनुभएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकास्थित घुमाउनेमा रहेको प्रगतिशील कृषि तथा पशुपालन कृषक समूहको अनुगमन गर्दै धनकुटा आइपुग्नु भएका कृषिमन्त्री परियारले यस्तो बताउनु भएको हो । उहाँले किसानको समस्या समाधान नगरे देशको समृद्धि सम्भव नहुने बताउनुभयो । सरकार किसानमैत्री रहेको जानकारी दिनुभयो । वर्तमान सरकार जेनजी आन्दोलनबाट बनेको नागरिक सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नै गठन भएको मन्त्री परियारको भनाइ रहेको थियो । आर्थिक करिडोर कार्यालयले मध्यपहाडी राजमार्ग केन्द्रित
इटहरी । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक जना प्रशिक्षार्थी ९इन्टर्न० चिकित्सकको मृत्यु भएको छ । आइतबार बिहान अस्पतालको पाँचौँ तलाबाट खस्नुभएका ३४ वर्षीय डा। अमित यादवको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट यादव अचानक भुइँमा खस्नुभएको थियो । सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादव सोही मेडिकल कलेजमा एमबीबीएस अध्ययन पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत हुनुहुन्थ्यो । पाँचौँ तलाबाट खसेका कारण उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै चिकित्सक यादवलाई अस्पतालकै
धरान | सुनसरीको धरानमा शनिबार साँझ गायक भीषण मुकारुङको एकल सांगीतिक साँझ सम्पन्न भएको छ। भोजपुर–सुनसरी समाजको आयोजनामा धरान–१५ स्थित किराँत याक्थुम चुम्लुङको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रम गायक तथा संगीतकर्मी दीप श्रेष्ठको प्रमुख आतिथ्य तथा भोजपुर–सुनसरी समाज धरानका अध्यक्ष रेवती रमण राईको अध्यक्षतामा सम्पन्न भयो।धरानका दर्शकलाई एकल साँझमार्फत मनोरञ्जन प्रदान गर्दै कार्यक्रमबाट उठ्ने रकम भोजपुर–सुनसरी समाजले धरानमा निर्माण गर्न लागेको संस्थागत संरचनाका लागि उपयोग गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। उहाँले यस्तो कार्यक्रमले संगीत क्षेत्रको प्रवर्द्धनसँगै सामाजिक उद्देश्य
इटहरी । बराहक्षेत्र नगरपालिका –१० मा रहेको रामधुनी प्रकासपुर सामुदायिक वन को २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामा सभापतिको रूपमा रामधुनी प्रकासपुर समुदायिक वन उपभोक्ता समुहको अध्यक्ष संगीता किराँतीको अध्यक्षता तथा कोशी प्रदेशका वन तथा बाताबरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथि मन्त्री मण्डलले वनलाई सहयोग गर्ने र वन परिसरमा रहेको अन्तारिक पर्यटक आउने गन्तव्य माटो खाडीलाई अवलोकन गर्दै उक्त क्षेत्रलाई स्तरउन्नति गर्न सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्तै, वनका अध्यक्ष संगीता किरातीले वन विकास र संरक्षणलाई प्राथमिकतामा रा
इटहरी । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले आफु पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको छ । शनिबार श्रम संस्कृति पार्टी रुपन्देहीले बुटवलमा आयोजना गरेको सभामा साम्पाङले आफु कार्यकर्ता खोज्न र पार्टी बनाउन नभइ देश बनाउन हिडिरहेको बताउनुभएको हो । देशमा अन्याय, अत्याचार र भ्रष्टाचार हटाउनका लागि साथ दिन उहाले आह्वान गर्नुभयो । साम्पाङले देशका हरेक मान्छेले केहि न केहि काम गरे देशको समृद्धिको आधार आफै निर्माण हुने जिकिर गर्नुभयो । उहाले बाटो, पूल लगाएत सवै पूर्वाधार निर्माणका लागि विदेशीसंग सहयोग माग्ने प्रवृतिका कारण अन्य देशले नेपाललाई हेपेको बताउनुभयो । उहाले ढल्दै गरेको राष्ट्
इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा शनिबार देखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले उद्घाटन गर्नुभयो । सम्मेलनको पहिलो दिन चारवटा कि नोट प्रस्तुत गरिएको छ , जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइ एनए एसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल
इटहरी। ताप्लेजुङमा सम्पन्न ऐतिहासिक पुसे मेला अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरले जितेको छ। शनिबार भएको फाइनलमा सभापोखरी भलिबल क्लब सङ्खुवासभालाई ३–० को सोझो सेटमा पराजित गर्दै भोजपुरले उपाधि जितेको हो। भलिबल उपाधि जितसँगै भोजपुरले तीन लाख रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको सभापोखरीले एक लाख ७५ हजार रुपियाँमा चित्त बुझाउनु परेको छ। पुसे मेला सञ्चालन समिति र दोभान स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगितामा सात टोली सहभागी भएका थिए। जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठुलो बजार दो
इटहरी । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला केही दिनयता आफ्नो निर्वाचन क्षेत्रका गतिविधिमा सक्रिय रहनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ क्षेत्र नं। ६ का नेता तथा कार्यकर्तासँग गत बुधबारदेखिनै उहाँ भेटघाट गरिरहनु भएको छ । पार्टीको एकल सिफारिसमा पर्नु भएका उहाँले मुलुकमा गहिरिँदो सुरक्षा सङ्कटप्रति सरकारको उदासीनताले आगामी फागुन २१ गतेको निर्वाचन नै प्रश्नको घेरामा परेको टिप्पणी गर्नु भएको छ । विराटनगर–६, सरौचियामा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले निर्वाचनको वातावरण बनाउन सरकार असफल देखिएको समेत आरोप लगाउनुभयो । जेलबाट ५ हजारभन्दा बढी कैदी फरार हुनु, स
इटहरी । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ जारी गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रतिनिधि उत्साहित भएका छन् । बाँस तथा बाँसजन्य सामग्री उत्पादन र प्रवर्धनका लागि नीति निर्माणको माग गर्दै यहाँको नगरपालिकाका जनप्रतिनिधि चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकै क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन सार्वजनिक गरेपछि उत्साहित यहाँका जनप्रतिनिधिले त्यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी गर्नुभएको छ। सार्वजनिक मार्गदर्शनमा बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.