इटहरी। भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा उपचारका लागि आउने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको बताउनुभयो । केन्द्रका अनुसार हाल दैनिक रूपमा १०० जनासम्म बिरामी सेवा लिन आउने गरेका छन् । केन्द्रमा पेट, अल्सर, नसा च्यापिएको, पायल्स, ढाड दुख्ने समस्या, जन्डिस, ग्यास्ट्रिक, दम–खोकी, हाडजोर्नी तथा महिनावारी, पिनास, रोगका बिरामी सङ
इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा डा अञ्जु प्रधानका अनुसार स्वचालित, अर्ध स्वचालित तथा किट आधारित प्रविधिमार्फत हुने प्रयोगशाला परीक्षणका रिपोर्ट नमुना प्राप्त भएको समयदेखि आपतकालीन तथा आपतकालीन स्वास्थ्य सेवा ९इएचएस० सेवाका बिरामीका लागि दुई घण्टाभित्र तथा बाह्य तथा भर्ना ९ओपिडी तथा आइपिडी० सेवाका बिरामीका लागि तीन घण्टाभित्र उक्त सेवा उपलब्ध गराइनेछ । उक्त प्रयोजनका लागि हाल सञ्चालनमा रहेका आपतकालीन ल्याब र रुटिन ल्याबलाई एकीकृत गरी ‘केन्द्रीय प्रयोगशाला यही पुस ५ गतेदे
इटहरी। उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो । सर्वसाधारणलाई वर्षायाममा ती खोला वारपार गर्न निकै सास्ती हुने गरेको छ । सिराहाको लहानस्थित डिभिजन सडक कार्यालय अन्तर्गत रहेका विभिन्न पुलमध्ये उदयपुरको बेलका नगरपालिका–को गिदेरीखोला पुलको निर्माण २०७४ असार ३० गते सम्पन्न हुने गरी २०७१ असार ३० गते ठेक्का सम्झौता गरिए पनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । पप्पु मृत सञ्जीवनी निर्माण कम्पनीले १५ करोड १३ लाख ८३ हजार रु
इटहरी । दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई लाख दुई हजार २२२ र उपविजेता बेतना युनाइटेडले रु। एक लाख एक हजार १११ मा चित्त बुझाउनुपरेको छ । इन्ट्रा पथरी–११ ले पहिलो हाफमा पाएको पेनाल्टी सुटमा गोल गर्न नस्कदा उपाधिका लागि टाइब्रेकर पर्खनुपरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिएको थियो । टाइब्रेकरमा इन्ट्र
इटहरी । इटहरी राजस्वढाटस्थित पारस अटो मोबाइल्समा सञ्चालनमा रहेको टिभिएस एक्सचेञ्ज महाअफरले उल्लेखनीय सफलता हासिल गरेको छ। अफर सुरु भएको तेस्रो दिनसम्ममा ४३ भन्दा बढी टिभिएस ब्रान्डका बाइक तथा स्कुटर बिक्री भइसकेका छन्।बिक्री भएका सवारीमध्ये ३४ जना ग्राहकले एक्सचेञ्ज तथा फाइनान्स सुविधा प्रयोग गरी नयाँ बाइक तथा स्कुटर खरिद गरेका हुन्। पुराना सवारी साटेर नयाँ टिभिएस बाइक वा स्कुटर सहज रूपमा खरिद गर्न सकिने व्यवस्थाका कारण ग्राहकको आकर्षण बढेको पारस अटो मोबाइल्सले जनाएको छ।महाअफर अन्तर्गत ग्राहकलाई पुरानो सवारीको रु. ३० हजारसम्म मूल्यांकन, रु. ८ हजार क्यास छुट, रु. १० हजार बराबरको भ्यालु एडिसन, न
इटहरी । दोस्रो तरहरा गोल्डकपको अन्तिम क्वाटर फाइनल खेलमा आयोजकलाई हराउँदै खारखोला फुटबल क्लब वराहक्षेत्र विजयी भएको छ । आयोजक योङ ब्वाइज फुटबल क्लबलाई ०१ गोल गदै खारखोला सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो आफको अन्तिममा समयमा खारखोलाका आकाश राईले निर्णायक गोल गरेका थिए । प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसबाहेक उत्कृष्ट खेलाडी लगायतका विभिन्न उपाधिमा पनि पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । तरहरा गोल्डकप पुस ५ गतेदेखि १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तरहराको बहु भाषी खेलमैदानमा आयोजना ग
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख देविमाया काफ्लेले पथरी शनिश्चरे नगरपालिकाको ‘नागरिकसँग उप–मेयर कार्यक्रम’ अन्तर्गत विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ । मङ्गलबार उप–प्रमुख काफ्लेको संयोजकत्वमा विपन्न तथा गरिब विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। उप–प्रमुख काफ्लेले वडा नं. ५ र ६ का कार्यालयहरूमा समेत न्यानो कपडा वितरण गर्नुभएको थियो । नगरपालिकाले प्रत्येक वर्ष नगरभित्रका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ । यसै क्रममा, हिजो वडा नं. ९ को कार्यालय प्राङ्गणमा चार वटा विद्यालयमा अध्ययनरत अति विपन्न तथा गरिब विद
इटहरी । कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जेनजी आन्दोलन पछि जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीले प्रमुख कर्तव्यका रुपमा लिएको बताउनु भएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै घिमिरेले फागुन २१ गते हुन लागेको प्रतिनिधी सभा निर्वाचनमा जनता र राजनीतिक पार्टीको सहभागिताका लागि शान्ति सुरक्षाको वातावरण अत्यावश्यक शर्त भएकाले अहिले प्रहरी शान्ति सुरक्षा कायम गर्न लागिपरेको बताउनुभयो । घिमिरेले ट्राफिक र्दुघटना न्यूनिकरण र व्यवस्थापन, लागू औषध सेवन र ओसार पोसार नियन्त्रण तथा साइबर क्राइमका घटना नियन्
इटहरी। जिल्ला बक्सिङ संघ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । संघले एउटा मिर्गौला फेल भई आर्थिक अभावका कारण उपचारमा समस्या परेका धनकुटा नगरपालिका–८ मिलन चोकका चौतिसलाल राई र ब्लड क्यान्सर पीडित चौबिसे गाउँपालिका वडा नं। ७ लुफादिनका जितेन चेम्जोङलाई आर्थिक सहयोग गरेको हो । संघले राईलाई एक लाख १८ हजार चार सय ७० रुपियाँ, ब्लड क्यान्सरपीडित चेम्जोङलाई ३० हजार रुपियाँ सहयोग गरेको हो । राईले मिर्गौलाको नियमित डायलिसिस धनकुटा अस्पतालमा गरिरहनुभएको छ । यस्तै चेम्जोङले काठमाडौँस्थित ओम अस्पतालमा उपचार गराइ रहन
इटहरी । कोशी राजमार्गको धरान–धनकुटा राजमार्ग सडक खण्डस्थित धनकुटा नगरपालिका–७, जिरो प्वाईन्टमा खाद्यान्न बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक अनियन्त्रित भइ सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको हो । सुनसरीको धरानबाट चामल र भुस लिएर हिलेतर्फ जाँदै गरेको ना ७ ख ११६१ नम्बरको मालवहाक ट्रक अनियन्त्रित भइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सरत कुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार गुडि रहेको ट्रक अनियमित हुँदा सडकबाट करिब १० मिटर तल पल्टिएर दुर्घटना भएको जानकारी दिए । ट्रक चालक र सहचालक दुबै सकुसल रहेको र घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीको भना
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.