समाज

    Showing ३,८४१-३,८५० of ११,१३० items.
  • झापामा हात्तीको आक्रमणबाट एक युवक घाइते

    इटहरी । झापामा हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन् । जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित हातेमालो सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका हुन् । बुधबार साँझ करिब ६ बजेतिर दाउरा लिन वनमा गएका बेला जंगली हात्तीले उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २४७ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट

    इटहरी । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँपालिका उपाध्यक्ष रवीन साम्रा ९विकास० का अनुसार लप्सेटारका स्थानीय दर्शन हेल्लोक लिम्बूको घर जलेर नष्ट भएको छ । ढुङ्गा, माटो, काठ र जस्तापाता प्रयोग गरी निर्माण गरिएको लिम्बूको घर आगलागीले नष्ट भएको उपाध्यक्ष साम्राले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरमा रहेको खाद्यान्न, भाँडा वर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण बिहीबार बिहान मात्र सङ्कलन गरिने उह

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २०० पटक पढिएको
  • मोरङको केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह

    इटहरी । मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो । त्यस अवसरमा उहाँले प्रशासनिक सङ्घीयतासँगै वित्तीय सङ्घीयतालाई संस्थागत गर्दै लानुपर्नेमा जोड दिनुभयो । मन्त्री खनालले जेनजी विद्रोहपछि प्रणालीगत सुधार सुरु भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन सरकारको पहिलो काम भएको उल्लेख गर्नुभयो । मन्त्री खनालले प्रशासनिक सङ्घीयतामा अझै सुधार नभएको बताउँदै स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्

    • प्रकाशित मितिः पुस १०, २०८२
    • ३०३ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको आफ्नै प्रतीक चिह्न

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न ९लोगो० बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो । साइनबोर्ड, लेटरप्याड लगायतमा प्रयोग गर्नेगरी गाउँपालिकाले आफ्नै प्रतीक चिह्न ९लोगो० बनाएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसार पालिकाको लोगो निर्माण भइसकेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बुधबार एक सूचना प्रकाशित गरी स्थानीय वीरेन्द्र राई ९ओमेन्सा० र कृतिका राईले संयुक्तरुपमा निर्माण गरको लोगो छनोट गरिएको उल्लेख गर्नुभएको छ । गाउँपालिकाले आह्वान गरेअनुसार आवश्यक मापदण्ड र शर्तहरु पूरा भ

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २०२ पटक पढिएको
  • विराटनगरमा मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु

    इटहरी । मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो । विराटनगर–४ स्थित एयरपोर्ट लाइनबाट बरगाछीस्थित गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो । दुर्घटनालगत्तै उपचारका लागि कोशी अस्पताल लगिएकोमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका हुन् । थापा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै नौ वर्षभन्दा बढी

    • प्रकाशित मितिः पुस १०, २०८२
    • २६९ पटक पढिएको
  • कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने

    इटहरी । कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल धनकुटाको भेडेटारमा तीनदिने १३ औँ भेडेटार फुड फेष्टिवल हुने भएको छ । होटेल एसोसिएसन अफ भेडेटारले पुस १६ गतेदेखि १८ गतेसम्म फेष्टिवल गर्न लागेको हो। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले फेष्टिवल आयोजना गर्न लागेको होटेल एसोसिएसन अफ भेडेटारले जनाएको छ । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फुड फेष्टिवल कोभिड–१९ महामारीका कारण २०७७ सालमा भने सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवद्र्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकासका लागि अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा फेष्टि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • ३०५ पटक पढिएको
  • मक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी।  दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बागमती प्रदेश ०२–०१७ प ३३४४ नम्बरको मोटरसाइकल हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको अवस्थामा बाटोको पूर्वपट्टि रहेको पानी जमेको ढलको नालीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त दुर्घटनामा कमल गाउँपालिका–६ का ३८ वर्षीय  विनोद राईको मृत्यु भएको हो ।   घटनालगत्तै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायब उपरीक्षक किशोर लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक अनुसन्धान तथा कानु

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २८९ पटक पढिएको
  • बङ्गलादेशमा दासमाथि भएको घटनाको विरोधमा प्रदर्शन

    इटहरी । बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ।  बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेको हिंसाको विरोधस्वरूप सुनसरीका हिन्दु धर्मावलम्बीको क्षेत्रमा काम गर्ने संस्थाहरू सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको हो । सुनसरीको इनरुवामामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा बसचोक अगाडि प्रदर्शनकारीहरूले टायर बालेर प्रदर्शन गरेको स्थानीय मुन्ना साहले जानकारी दिनु भयो । केही बेर प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो । प्रदर्शनकारीहरूले बङ्गलादेशमा अल

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २७३ पटक पढिएको
  • ओखलढुङ्गाको मितेरी वनमा रेड पाण्डा फेला

    इटहरी। ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–९ स्थित मितेरी सामुदायिक वन क्षेत्रमा दुर्लभ वन्यजन्तु रेड पाण्डा ९हाब्रे० फेला परेको पुष्टि भएको छ । साविक पात्ले गाविस–४ अन्तर्गत पर्ने ताक्लुङ, नयाँवन र तारकेन आसपासको क्षेत्रमा रेड पाण्डा देखिएको भन्दै स्थानीयवासीले विगत केही वर्षदेखि जानकारी दिँदै आएका थिए । प्राप्त सूचनाका आधारमा डिभिजन वन कार्यालय ओखलढुङ्गाले उक्त क्षेत्रमा रेड पाण्डाको फोटो, भिडियो, मलमूत्र, वासस्थान, चिन्ह तथा फुटप्रिन्टको परीक्षणका लागि टोली परिचालन गरेको थियो । डिभिजन वन कार्यालय ओखलढुङ्गाका प्रमुख मनराज राई, सब–डिभिजन वन कार्यालय खिजीदेम्बाका वन सहायक प्रमुख प्रमेश अधिकारी स

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २८२ पटक पढिएको
  • काँकरभिट्टा नाकाबाट चालु आवको मङ्सिर मसान्तसम्म सात अर्ब ८४ करोडभन्दा बढी मूल्यको पेट्रोलियम पदार्थ आयात

    इटहरी  । चालु आर्थिक वर्ष २०८२र८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।   मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु २३ करोड ५२ लाख ७० हजार अर्थात् ३।१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २।५० प्रतिशत अर्थात् रु नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः पुस ९, २०८२
    • २६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]