इटहरी। पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो । अहिले भने दुई हजार तीन सय ८७ जना मतदाता थप भएका हुन । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै जिल्लाको कूल मतदाता एक लाख २५ हजार सात सय ६६ जना कायम भएको जानकारी दिनुभयो । यस अनुसार पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ जना र महिला ५९ ह
इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिका १० फुरुम्बुको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरिएको छ । वडा कार्यालयले बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क रुपमा झोला वितरण गरेको हो । वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार वडामा रहेका आठ वटा सामुदायिक विद्यालयका २४० जना विद्यार्थीलाई पुस्तक बोक्ने झोला प्रदान गरिएको छ । वडाका उद्यमीहरूले स्थानीय स्तरमा पाइने कच्चा पदार्थको उपयोग गरी उत्पादन गरेको झोला खरिद गरेर विद्यार्थीलाई प्रदान गरिएको वडाध्यक्ष लिम्बूको भनाइ छ । उहाँका अनुसार वडाको चालु आर्थिक वर्ष २०८२÷०८३ को करिब पाँच लाख रुपियाँको बजेटमार्फत विद्यार्थ
इटहरी। भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार आयोजना सञ्चालनपछि बजार तथा आसपासका वडामा देखिँदै आएको चरम खानेपानी समस्या हटेको छ । भुल्के मुहान, डढुवा मुहान, जोरसाघु मुहान, तीनधारे मुहान र तीन भङगाले गरी पाँच वटा मुहानबाट पानी सङ्कलन गरी स्थानीय नागरिकको घरघरमा वितरण गरिएको समितिका अ
इटहरी । मोरङको उर्लाबारी नगरपालिकाले वडा १ का तोरीखेती गर्ने किसानलाई १६ लाख मूल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको ४ लाख ३३ हजार ८ सय रुपियाँ गरी कुल १६ लाख ३३ हजार ८ सय रुपियाँको उपकरण र बीउ वितरण गरिएको हो। वडा १ को सिंहदेवी कृषक समूहले तेलहन बाली लगाउने किसानको लगत सङ्कलन गरी किसानलाई राहत कार्यक्रममा सहभागी गराएको हो । कार्यक्रम अन्तर्गत किसान समूहलाई तोरीको बीउ चार सय किलो, सल्फर ५२५ किलो, ६० थान त्रिपाल, बोरिङ मोटर २२ थान, पाइप रोल ३० थान, डिजिटल काँटा ८ थान, ठेला १५ थान र स्प्रेयर १९ थान सञ्च
इटहरी। जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनु भयो । फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी सङ्खुवासभाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । चिचिला–५ का अमित जबरजस्तीकरणी मुद्दामा २०७५ पुस २७ गतेदेखि केन्द्र
इटहरी। मोरङको इलाका प्रहरी कार्यालय बेलबारी र केराबारीको संयुक्त प्रहरी टोलीले एम्बुलेन्समा लैजाँदै गरेको ५२१ किलो लागूऔषध गाँजा बरामद गरेको छ भने हवाई फायर गरी २ जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा गएराति केराबारी गाउँपालिका–५ स्थितमा चेकजाँचमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ प्र।१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्सलाई छोडेर मानिसहरु भाग्न खोजेपछि प्रहरीले हवाई फायर गरी धनकुटा शहीदभूमि–६ का निश्चल राई र साँगुरीगढी–२ का खगेन्द्र लिम्बूलाई नियन्त्रणमा लिएको छ हो । यसैगी एम्बुलेन्सभित्र १६ वटा पोका बनाएर लुकाई छिपाई राखेको ५ सय २१ किलोग्राम लागु औषध गाँजासमेत प्रहरीले बरामद गरेको छ ।
इटहरी । इटहरी उपमहानगरपालिका–२ मा रहेको माइती नेपाल परामर्श तथा पुनःस्थापना गृहले इ–रिक्सा ,ब्याट्री मेसिन वितरण समारोह तथा विभिन्न सीपमूलक तालिममा सहभागीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ । जोखिममा परेका तथा संरक्षणमा रहेका युवतीहरूलाई जीवनोपयोगी सीप प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित माइती नेपालले तालिमको आयोजना गरेको हो। समापन कार्यक्रममा ३ जनालाई इ–रिक्सा, २ जनालाई इ–रिक्साको ब्याट्री, ५ जनालाई सिलाई–कटाई मेसिन वितरण गरिएको थियो । उनिहरुसँगै ७ जना सिलाई–कटाई तालिम, ५ जनालाई ब्यूटी पार्लर तालिम तथा ६ जना कम्प्युटर तालिममा सहभागी लगायत विभिन्न तालिम लिएका ३१ जनालाई प्रमाणपत्र वितर
इटहरी । धनकुटामा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६ दशमलव ५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक वर्षमा १ सय २७ हेक्टर क्षेत्रफलमा अलैचीँ खेती भएकोमा यस आर्थिक वर्षमा १ सय ३३ हेक्टर क्षेत्रफलमा अलैचीँ उत्पादन भएको थियो। जसमा धनकुटामा गत आर्थिक वर्षमा ४० दशमलव ३ मेट्रिक टन अलैचीँ उत्पादन भएकोमा यस आर्थिक वर्षमा ४२ दशमलव ६४ मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले जानकारी दिनुभयो। धनकुटामा गत आर्थिक वर्षमा उत्प
इटहरी। पाँचथरको फिदिम नगरपालिका ४ मा रुखबाट लड्दा ८० वर्षीय वृद्धको निधन भएको छ । ज्यान गुमाउनेमा फिदिम ४ थापाटारका ८० वर्षीय चुडामणि थापा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। शनिबार बिहान घाँस काट्न जानु भएका थापा साँझसम्म घर नर्फेपछि खोजतलास गर्ने क्रममा आफन्त र छिमेकीले मृत अवस्थामा फेला पारेका थिए । खबर पाए लगत्तै पुगेको प्रहरीले घटनास्थलको स्थलगत मुचुल्का तयार गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीको भनाई छ ।करिब २५ फिट अग्लो टाँकीको बोटमा घाँस काट्ने क्रममा थापाको रुखदेखि खसेर ज्यान गएको प्रहरीको भनाइ छ ।
इटहरी। मोरङको विराटनगर–१५ स्थित रानी क्षेत्रमा स्रोत नखुलेको नेपाली नगदसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले आइतबार विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका ६ बस्ने अरबिन्द्र अग्रवाललाई ६ लाखसहित नियन्त्रणमा लिएको हो । भारतबाट नेपालतर्फ हुण्डी रकमको कारोबार भइरहेको सूचनापछि प्रहरी टोलीले प्रदेश नं। १–०४–००१ च।०१६४ नम्बरको कारलाई निगरानीमा राखेको थियो । निगरानीकै क्रममा रानी–विराटनगर सडकखण्ड हुँदै रानीबाट विराटनगरतर्फ जाँदै गरेको उक्त कारलाई विराटनगर–१५ स्थित सुनसरी ट्रेडिङ सेन्टर ९पेट्रोल पम्प० अगाडि रोकी जाँच गरिएको थियो। कार रो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.