समाज

    Showing ३,७६१-३,७७० of ११,१३० items.
  • भद्रपुर विमानस्थलको दुर्घटनाग्रस्त जहाज सुरक्षित स्थानमा

    इटहरी । भद्रपुर विमान स्थलमा शुक्रबार राति ९ः१० बजे रनवेबाट चिप्लिएको  बुद्ध एयरको एटिआर–७२ विमानलाई सुरक्षित स्थानमा सार्ने तथा खोल्साबाट बाहिर निकाल्ने काम आइतबार भएको छ। विमान स्थलका प्रमुख किशोरकुमार खत्रीका अनुसार जहाज सार्न प्रारम्भमा प्रयोग गरिएका १३ टन क्षमताका दुई वटा क्रेन पर्याप्त नभएपछि आइतबार विराटनगरबाट ५० टन क्षमताको क्रेन मगाएर विमान तान्ने काम भएको हो। काठमाडौंँबाट भद्रपुरका लागि उडेको कलसाइन ९०१ रहेको बुद्ध एयरको एटिआर–७२ जहाज अवतरणका क्रममा रन–वेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भएर घाँसे झाडी हुँदै चिप्लिएर खोल्सामा पुगेको थियो। उक्त घटनामा परेर कोपाइलटसहित आधा दर्जन य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • ४४१ पटक पढिएको
  • भोजपुरको पौवादुङमा गाउँपालिकाले कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै

    इटहरी ।  भोजपुरको पौवादुङमा गाउँपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कोटगढी क्षेत्रको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै योजनाबद्ध विकासको काम अघि बढाएको छ । आन्तरिक पर्यटनको सम्भावनालाई उपयोग गर्दै स्थानीय अर्थतन्त्र सबल बनाउने उद्देश्यसहित गाउँपालिकाले उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालेको हो । गाउँपालिकाको सदरमुकाम नजिकै अवस्थित कोटगढी क्षेत्रमा पुग्न सहज पहुँच सुनिश्चित गर्न पालिकाको रु ३५ लाख बजेट र २० प्रतिशत स्थानीय श्रमदानको सहभागितामा सिँढीसहित पदमार्ग निर्माण गरिएको छ । यसले स्थानीय बासिन्दा तथा आगन्तुकलाई सुरक्षित र सहज आवागमनको सुविधा उपल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २२१ पटक पढिएको
  • सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु

    इटहरी ।  सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन सुरु भएको छ । करिब तीन साता अघिदेखि उत्पादन ठप्प रहेको ७३ मेगावट क्षमताको विद्युत् उत्पादन पुनः सुरु भएको हो। ताप्लेजुङमा उत्पादन गरेकामध्ये सबैभन्दा धेरै क्षमताको जलविद्युत् सानिमाको गत मङ्सिर अन्तिम सातादेखि उत्पादन ठप्प भएको थियो । पावर हाउस (विद्युत गृह) लगायतको क्षेत्रमा प्राविधिक समस्या उत्पन्न भएकाले विद्युत् उत्पादन अवरुद्ध भएको थियो । उपकरणहरूमा आएको समस्या समाधानपछि शनिबार रातिदेखि विद्युत् उत्पादन सुरु भएको जलविद्युत् कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । केही उपकरणमा प्राविधिक समस्या उ

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २२२ पटक पढिएको
  • कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्धारा तीन स्रष्टा सम्मानित

    इटहरी । वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले नेपाली भाषा, साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहितस सम्मान गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले विराटनगरमा कार्यक्रम आयोजना गरेर कविता, कथा, समालोचनालगायतका विधामा कलम चलाउने ३ जना स्रष्टालाई नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा भारतको कालेबुङमा रहेर विगत पाँच दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय डा। राजेन्द्र भण्डारीलाई २५ हजार राशिसहित प्रतिष्ठानले सम्मान गरेको छ । त्यस्तै, तीन दशकभन्दा लामो समयदेखि साहित्य कविता र कथा लेखनमा सक्रिय ज्योति जङ्गल र दुई दशकभन्दा लामो समयदेखि कविता ल

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २१९ पटक पढिएको
  • झापा इनर्जीले पाँच महिनामा साढे चार करोडको बिजुली बिक्री

    इटहरी ।  सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ ।कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका आर्थिक वर्ष २०८२र८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा कम्पनीले  ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो । शिवसताक्षी नगरपालिका वडा नं ४ बुलुचोकमा झापा इनर्जीको १० मेगावाटको सौर्य विद्युत् परियोजना सञ्चालनमा छ । झापा इनर्जीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत प्राधिकरणले प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले खरिद गर्दछ । इनर्जीले २०८० साल माघ १० गतेदेखि विद्य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २६६ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

    इटहरी ।  ताप्लेजुङको धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो ।हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटरमा अवस्थित पाथीभरा क्षेत्रहरूमा विगतमा मङ्सिरदेखि नै हिमपात हुने गर्दथ्यो ।  पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार शनिबार बेलुका पाथीभरा क्षेत्रमा हिमपात भएको हो । पाथीभरामा हिमपात भए पनि तीर्थयात्रीहरूलाई सहजताका लागि पदमार्गमा फाइबरको ट्रस लगाएको छ ।  यसले वर्षा र हिमपातमासमेत पाथीभरा धामसम्म पुग्नका लागी तीर्थयात्रीलाई

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २८५ पटक पढिएको
  • साझा सहकारी संस्था लिमिटेड इनरुवाको अध्यक्षमा दिनेश कोइराला सर्वसम्मत चयन

    इनरुवा | साझा सहकारी संस्था लिमिटेड, इनरुवाको २३औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमबाट दिनेश कोइराला सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन हुनुभएको छ। उक्त साधारणसभाबाट उपाध्यक्षमा विनिता दाहाल चयन हुनुका साथै ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ।संस्थाका निवर्तमान अध्यक्ष हरिलाल मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य डा. इस्रायल मन्सुरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको उद्घाटन सत्रमा सहकारीको वर्तमान अवस्था, चुनौती र भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो।नवनिर्वाचित अध्यक्ष दिनेश कोइरालाले संस्थालाई सदस्य–केन्द्रित बनाउँदै सहकारी मूल्य, मा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • ७५२ पटक पढिएको
  • स्वस्थानी व्रतकथा शनिबारबाट सुरु

    काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रतकथा शनिबारबाट सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने गर्दछ । यसदिनदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।काठमाडौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि शनिबारबाटै सुरु भएको छ । शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् । घरपरिवारको सुस्वास्थ्य र सुख शा

    • प्रकाशित मितिः पुस १९, २०८२
    • २५१ पटक पढिएको
  • इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न

    विराटचौक । मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २४औँ तथा इन्द्रपुर जुनियर जेसीजको ८औँ पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम बिहीबार विराटचोकस्थित नेपालीरिका होटलमा आयोजना गरिएको थियो । पदस्थापन समारोहमा इन्द्रपुर जेसीज वर्ष २०२५ का अध्यक्ष आकाश दुलालले वर्ष २०२६ का अध्यक्ष समीर बस्नेतलाई चेनसहित पदभार हस्तान्तरण गर्नुभयो । त्यसैगरी, इन्द्रपुर जुनियर जेसीज वर्ष २०२५ का अध्यक्ष आयुश अधिकारीले वर्ष २०२६ का अध्यक्ष रेजिना आचार्यलाई पदभार हस्तान्तरण गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र कुमार राई रहनुभएको थियो । विशिष्ट अतिथि

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २३१ पटक पढिएको
  • सुवास राईको उपचारका लागि संकलित २८ लाख ७१ हजार रुपैयाँ परिवारलाई हस्तान्तरण

    भोजपुर । अरुण गाउँपालिका वडा नं.५ याकुमा गम्भीर अवस्थामा उपचाररत स्थानीय युवा सुवास राईको उपचारका लागि संकलन गरिएको आर्थिक सहयोग रकम एक कार्यक्रमबीच परिवारलाई हस्तान्तरण गरिएको छ। सुवास राई बचाउ अभियान तथा आर्थिक सहयोग संकलन समितिले कुल २८ लाख ७१ हजार २५३ रुपैयाँ ४७ पैसा सुवास राईकी श्रीमती सुस्मिता राईलाई हस्तान्तरण गरेको हो। मिति २०८२-०८- १२ गते वडा नं. ५ का वडा अध्यक्ष युवराज ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा समाजसेवी, विभिन्न कार्यालयका कर्मचारी तथा आफन्तजनको उपस्थितिमा सर्वसम्मत रूपमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भई उपचारमा कठिनाइ आएपछि स्था

    • प्रकाशित मितिः पुस १८, २०८२
    • २९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]