समाज

    Showing ३,७५१-३,७६० of ११,१३० items.
  • वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

    इटहरी। धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको छ । वीरगञ्ज महानगरपालिकाका मुख्य तथा संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि यो निषेधाज्ञा लागू भएको हो । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम शान्ति सुरक्षा कायम राख्नका लागि तोकिएका क्षेत्रहरूभित्र कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २२३ पटक पढिएको
  • खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने

    इटहरी । खोटाङका थप दुई ठाउँमा बेलिब्रिज जडान हुने भएको छ । खोटाङ र उदयपुर जोड्ने हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बतासेघाट र लिम्चुबुङ गाउँपालिका –१ बास्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुन लागेको हो । यस्तै, खोटाङको वराहपोखरी गाउँपालिका–१ भोर्मा–अजिङ्गरे–फेदिटार र खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे जोड्ने सावा खोलामा पनि बेलिब्रिज जडान हुने भएको कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले जानकारी दिएको छ । सवारीसाधन वारपारका लागि अस्थायी बेलिब्रिज जडानका लागि खोटाङका उक्त दुई ठाउँ र इलामको फेवाखोला माङ्सेबुङ १ र २ जोड्ने गरी तीन वडा बेलिब्रिज जडानको ठेक्का सोमबार खुलेको छ। ठेक्का प्रक्रिय

    • प्रकाशित मितिः पुस २१, २०८२
    • ३५३ पटक पढिएको
  • कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान

    इटहरी । कृषि ज्ञान केन्द्र धनकुटाले १७७ मुरी धान उत्पादन गर्ने एक कृषकसहित अन्य सात जनालाई नगदसहित सम्मान गरेको छ । केन्द्रले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कृषकलाई जनही नगदसहित सम्मान गरेको हो । उत्कृष्ट भइ सम्मानित हुने ६५ रोपनी क्षेत्रफलमा १७७ मुरी धान उत्पादन गरी प्रथम हुने धनकुटाको चौविसे गाउँपालिका–५ सदमटारका यम लिम्बू रहनुभएको छ । त्यस्तै १२ रोपनी क्षेत्रफलमा ९ वटा ग्रीन हाउस हाइटेक टलेलमा व्यावसायिक तरकारी खेती गर्ने छथर जोरपाटी गाउँपालिका–५, स्थित बोक्रेकी डेगमाया लिम्बू द्वितीय र ८० रोपनी क्षेत्रफलमा अलैंची खेती गरी तृतीय हुने पाख्रीबास नगरपालिका–९, स्थित लिसुम्बाका हरिभक्त राईला

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २३८ पटक पढिएको
  • तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि

    इटहरी ।  तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ । उहाँका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २५३ पटक पढिएको
  • अपाङ्गता भएका व्यक्तिको पहिचान र सेवामा चुनौती कायमै

    इटहरी ।  ताप्लेजुङमा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको पहिचान भइसकेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या दुई हजार नौ सय ७८ रहेको भएता पनि हालसम्म जिल्लामा दुई हजार पाँच सय ३० जना अपाङ्गता भएका व्यक्तिको मात्रै पहिचान भइसकेको हो । आइतबार जिल्ला समन्वय समिति ताप्लेजुङको सभाहलमा सम्पन्न अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको जिल्ला स्तरीय प्रगति समीक्षा तथा अन्तरक्रिया कार्यक्रममा करुणा फाउण्डेसनका व्यवस्थापक कमल कोइरालाले प्रस्तुत गर्नुभएको विवरणले यस्तो देखाएको हो । उहाँका अनुसार बाँकी चार सय ४८ जनाको पहिचान गर्ने क्रम जारी रहेको छ

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २५८ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग विस्तार , निर्धारित लक्ष्य अनुसार भएन प्रगति

    इटहरी ।  एसियाली विकास बैङ्कको सहयोगमा निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग एसियन हाइवेको काँकरभिट्टा–लौकही सडकखण्ड विस्तारमा निर्धारित लक्ष्य अनुसार प्रगति हुन सकिरहेको छैन । सडक निर्माणमा एकपछि अर्को विवाद, निर्माण सामग्रीको अभाव र विद्युत् प्राधिकरणले विद्युत् पोल समयमा नहटाइदिँदा निर्धारित लक्ष्य अनुसार प्रगति हुन नसकेको हो । कुल १२० किमी लम्बाइको काँकडभिट्टा–लौकही सडकखण्ड विस्तार गर्ने भनिए पनि हाल काँकडभिट्टादेखि इटहरी उपमहानगरपालिकाको लविपुरसम्म ९८ किलोमिटर सडकको मात्र ठेक्का लागेको छ । यो खण्डमा तीन सय मिटरभन्दा लामा छ वटा पुल छन् । ती पुलको अलग अलग दुई वटा ठेक्का र सडकको तीन वटा अलग

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २४१ पटक पढिएको
  • गत वर्षको तुलनामा यसवर्ष ताप्लेजुङमा कोदो खेती र उत्पादन वृद्धि

    इटहरी । ताप्लेजुङमा यसवर्ष कोदो खेती र उत्पादन केही वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष जिल्लामा खाद्यान्न बाली कोदोको खेती र उत्पादन वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यहाँ यसवर्ष तीन हजार हेक्टर क्षेक्रफलमा कोदो खेती गरिएको छ । उक्त क्षेत्रफल बराबरको खेतीबाट कुल चार हजार ३२० मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो । बाली विकास अधिकृत न्यौपानेका अनुसार गतवर्ष दुई हजार ९६२ हेक्टर क्षेत्रफल बराबरको जमिनमा कोदो गरिएको र सो वर्ष चार हजार २५६ मेट्रिकटन कोदो उत्पादन भएको थियो । गत वर्षभन्दा यो वर्ष ३८ हेक्टर क्षेत्र

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २५४ पटक पढिएको
  • १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ गतेदेखि

    इटहरी। ताप्लेजुङमा जिल्लास्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २३ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समितिका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २३ देखि २६ गतेसम्म सिदिङ्वा गाउँपालिकामा सञ्चालन हुने भएको हो । जिल्ला खेलकुद विकास समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । सिदिङ्वा गाउँपालिकाको संयोजन र जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष नरेन्द्रकुमार लिम्बू ९गणेश० ले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया ९बन्दना०,

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २४३ पटक पढिएको
  • इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने

    इटहरी । कोशी प्रदेशको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटेल रमडा बाई विन्डम इटहरी सञ्चालनमा आउने भएको छ । होटेल व्यवसायी देशबन्धु बस्नेत (अजित) ले अमेरिकी चेन होटेल ब्रान्ड होटेल विन्डम होटल्स एन्ड रिसोट्र्स अन्तर्गतको मिड–स्केल ब्रान्ड रमडा बाई विन्डम भित्र्याउनुभएको हो । एक महिनाभित्र सञ्चालनमा आउन लागेको उक्त होटेलमा ८१ वटा कोठा रहने छन् जसमा डिलक्स सिङ्गल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ दुई, जुनियर स्विट छ र स्विट दुई कोठा रहने छन् । होटेलमा टेरेस बार, अल डे डाइनिङ रेस्टुरेन्ट, कफी सप, दुई वटा ब्याङ्क्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पुल बार, स्विमिङ पुल, जिम र स्टिम र साउनाको सुविधा उपलब्ध ह

    • प्रकाशित मितिः पुस २१, २०८२
    • २३४ पटक पढिएको
  • ओखलढुङ्गाका दुई विभत्स हत्या र लुटपाटमा संलग्न चार जना पक्राउ

    इटहरी । ओखलढुङ्गामा घटेका दुईवटा विभत्स हत्या तथा लुटपाट घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको संयुक्त टोलीले उनीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका –३ का २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिकाको वडा –४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र वडा नम्बर–८ का दोर्जे भनिने अशोक भुजेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार पहिलो घटना २०८२ असोज २६ गते राति करिब १२ बजे सिद

    • प्रकाशित मितिः पुस २०, २०८२
    • २२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]