समाज

    Showing ३,७०१-३,७१० of ११,१३० items.
  • निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

    इटहरी। आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।  निर्वाचन प्रहरी भर्ना गर्नका लागि समितिले जारी गरेको सूचना अनुसार जिल्लामा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र  सशस्त्र प्रहरी बलतर्फ ४२९ जना जना गरि कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २७२ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रिड नेपाल० को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो । विहीबारदेखि सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका –३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा ७ दिनसम्म चल्नेछ । फक्ताङलुङ गाउँपालिकाका –१ सावादिन, वडा –२ खेजेनिम र वडा –३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो। फक्ताङलुङ गाउँपालिकाका तीनवटा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २५४ पटक पढिएको
  • विराटनगर महानगरपालिका द्धारा विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय

    इटहरी। विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ । बिहीबार १७ औँ नगर अधिवेशनमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजित बजेटको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय लिइएको हो ।  उपप्रमुख शिल्पा निराला कार्कीले वडास्तरीयबाहेकका विषयमा क्षेत्रगत तथा नगरस्तरीय योजना र कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कार्कीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्य अनुरूप असुल हुन नसक्नुलगायतका कारण चालु आवका लागि प्रक्षेपित बजेट संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २२१ पटक पढिएको
  • मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने

    इटहरी । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र  विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले दैनिक ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । कम्पनीका अनुसार दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म सडक तथा विद्युत सेवा अवरुद्ध हुने भएको हो । निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २१४ पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ९म्यादी सुरक्षाकर्मी० परिचालित हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसपटक चार हजार ७४८ निर्वाचन प्रहरी परिचालित हुनेछन् । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ । जिल्लामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । यसमा ९५ मतदानस्थल र २७१ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । प्रजिअ गेलालक

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १८९ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग र पथरी–जाँते सडक खण्डमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    इटहरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को।३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा।प्र। ०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चिप्लिएर लडेपछि पछाडीबाट आउँदै गरेको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । मोरङको बेलबारी –४स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइरा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १८३ पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव

    इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले फुङलिङका पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उपभोग्य वस्तु उपभोगयोग्य भए नभएको, मूल्यसूची, उचित मूल्यदर कायम र व्यवसाय दर्ता तथा नवीकरण भए नभएको अवस्थाबारे निरीक्षण गरिएको थियो । अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यावसायिक

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १६६ पटक पढिएको
  • झापाको कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ

    इटहरी । झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् । झापाको कन्काई –४ स्थित कन्काई पुलनजिक पुस १९ गते  बिहान बम राखेर आतङ्क फैलाउने झापाको कन्काई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ९सञ्जय० पक्राउ परेका हुन् । उनी जिल्ला प्रहरी कार्यालय सुनसरी झुम्का काराकारबाट फरार कैदी समेत भएको पाइएको छ । उनलाई जिल्ला प्रहरी कार्यलय झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गमा पर्ने माईखोला पुलनजिक सडकको उत्तरी भागमा फेला परेको शंकास्पद वस्तु अरीदमन गणस्थित नेपाली सेनाले त्यतिबेला निष्क्रिय पारेको थियो । प्रेसर कुकर ब

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १३८ पटक पढिएको
  • ३५ औँ प्याब्सन दिवसको अवसरमा निःसहाय बालबालिका सेवा आश्रमलाई सामग्री हस्तान्तरण

    इटहरी । ३५ औँ प्याब्सन दिवसको अवसरमा प्याप्सन सुनसरीको आयोजनामा तथा इटहरी नगर प्याब्सनको संयोजनमा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। इटहरी उपमहानगरपालिका–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा आयोजित कार्यक्रममा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै एक थान प्रिन्टर हस्तान्तरण गरिएको हो। कार्यक्रम सुनसरी जिल्ला प्याप्सनका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्याप्सन कोशी प्रदेश पूर्व उपाध्यक्ष ज्ञानेन्द्र दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा प्याप्सनका उपाध्यक्ष गणेश भण्डारी, प्याब्सन सूर्यमणि निरौला, निस्साहाय बालबालिका आश्रम अध्यक्ष  र

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ३४३ पटक पढिएको
  • आरोपित शिक्षकलाई २४ घण्टाभित्र पक्राउ गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुनसरीको माग

    इटहरी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुनसरी जिल्ला समितिले इनरुवा नगरपालिका–२ स्थित श्री राजाजी रामजी महतो दास माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेश मेहतामाथि गम्भीर आरोप लागेको घटनामा छानबिन गरी २४ घण्टाभित्र पक्राउ गर्न माग गरेको छ। युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि आरोपित शिक्षकले अध्ययरत छात्राहरूमाथि लामो समयदेखि दुर्व्यवहार गर्ने, विभिन्न प्रलोभन देखाउने तथा परीक्षामा पास गराइदिने बहानामा दबाब दिने गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। पीडित छात्राहरूले मिति २०८२र०८र२२ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएको भए पनि हालसम्म आरोपी शिक

    • प्रकाशित मितिः पुस २४, २०८२
    • ४८२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]