समाज

    Showing ३,६६१-३,६७० of ११,१३० items.
  • झापा र सुनसरीबाट ब्राउनसुगरसहित १२ जना पक्राउ

    इटहरी । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्ज झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा गौरीगञ्ज गाउँपालिका २ का मानफ कुमार मेहतालाई ७ ग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बुधबारेले मेचीनगर ७ का विमल मेचे, मेचीनगर ११ का प्रविन राई, बासु राजवंशी, सुरेश खड्का, मेचीनगर ८ का कविश मेचे, बुद्धशान्ति ४ का कुमार गुरुङ, राजेन्द्र कुमार थापा, बुद्धशान्ति ३ का सन्दीप सराईली र बुद्धशान्ति १० का घनश्याम माझीलाई ४ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर र नगद ३७ हजार ५ सयँ रुपैयासहित

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २८७ पटक पढिएको
  • निर्वाचनमा डिजिटल मिथ्या सूचना ठूलो चुनौती, कोशीमा ३५ लाख ७४ हजारभन्दा बढी मतदाता

    इटहरी । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भौतिक सुरक्षासँगै डिजिटल माध्यमबाट फैलिन सक्ने मिथ्या सूचनालाई मुख्य चुनौतीका रूपमा लिएको छ। आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सामाजिक सञ्जालमार्फत फैलिने अफवाह नियन्त्रण गर्न नेपाली सेना, नेपाल प्रहरी र नेपाल दूरसञ्चार प्राधिकरणका प्राविधिक टोली आयोगमै बसेर काम गरिरहेका छन्। फेसबुक र एक्स ९ट्विटरं०जस्ता प्लेटफर्मसँग पनि समन्वय भइरहेको छ। डिजिटल प्लेटफर्मसँग प्रत्यक्ष समन्वय गरेर अफवाह, भ्रामक सामग्री र घृणात्मक अभिव्यक्तिको तत्काल पहिचान तथा नियन्त्रणको व्यवस्था मिलाइएको आयोगको भनाइ छ। आयोगले माघ २ गते देशभर निर्व

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २६५ पटक पढिएको
  • हुस्सुका कारण हुने दुर्घटना न्यूनीकरण गर्न कोशी कटानमा ट्राफिक सचेतना अभियान

    इटहरी । तराई क्षेत्रमा जाडोयाममा अत्यधिक हुस्सु लाग्ने अवस्थालाई मध्यनजर गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेशको सहकार्यमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ। कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा विभिन्न सवारी साधनहरूमा रिफ्लेक्टर स्टिकर टाँस गरिएको हो। हुस्सुका बेला सवारी साधन टाढाबाटै देखिने बनाउने उद्देश्यले रिफ्लेक्टर स्टिकर प्रयोग गरिएको प्रहरीले जनाएको छ।कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन का

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३११ पटक पढिएको
  • निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा हातहतियार बुझाउन प्रशासनको निर्देशन

    इटहरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका सबै प्रकारका हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ।प्रशासनले जारी गरेको सूचनाअनुसार हातहतियार तथा खरखजाना निर्वाचन सम्पन्न भएपछि फिर्ता हुने गरी २०८२ माघ २१ गतेभित्र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, सुनसरीमा बुझाउन निर्देशन दिएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, शान्तिपूर्ण तथा भयरहित रूपमा सम्पन्न गर्न निर्देशन जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।तोकेको समयसीम

    • प्रकाशित मितिः पुस २८, २०८२
    • १८० पटक पढिएको
  • चर्चित कलाकार निश्चल बस्नेत द्धारा इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई जग्गा दान

    इटहरी। चर्चित कलाकार निश्चल बस्नेतले इलामको साँखेजुुङस्थित स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिनुु भएको छ । बस्नेतले इलाम नगरपालिका–१ मा रहेको आफ्नो अंश भागमा परेको पुर्ख्यौली जग्गा आज स्वास्थ्य चौकीलाई जग्गा पास गरी दिनुु भएको वडासचिव लोचन भट्टराईले बताउनु भयो । अहिले विद्यालयको एक कोठे भवनमा सञ्चालनमा छ । भवनको लागि विभागबाटै डिजाइन स्टिमेट तयार भएर आएपछि आज स्वास्थ्य चौकीको नाममा जग्गा पास भएको वडा सचिव भट्टराईले जानकारी दिनुु भयो । आगामी बजेटमा भवन निर्माणको काम सुुरु गरिने छ । कलाकार निश्चल बस्नेतले आफ्नो अंशको जग्गा स्वास्थ्य चौकीको नाममा पास गरेर धनीपुर्जा हस्तान्तरण गर्नु भएको छ ।

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २४९ पटक पढिएको
  • सोलुखुम्बुमा बोलेरो दुर्घटना हुँदा ९ घाइते

    इटहरी। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका–६ घुरुन्दु नयाँपानीस्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १२ बजेको समयमा माप्य दुधकोशी गाउँपालिका–६ वाकु चोकबाट वडा नम्बर ७ वरोदी रोचमतर्फ जाँदै गरेको बि।ए।डी। ७७४२ नम्बरको डबल क्याप बोलेरो गाडी सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले घाइतेहरूलाई उद्धार गरी स्वास्थ्य चौकी वाकुमा ल्याई उपचार गरेको छ । गम्भीर घाइतेहरूलाई अन्य अस्पतालमा रिफरको तयारी भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये चालक माप्य दुधकोशी गाउँपालिक

    • प्रकाशित मितिः पुस २८, २०८२
    • १५५ पटक पढिएको
  • धनकुटाको भेडेटारमा एम्बुलेन्सबाट ठुलो परिमाणमा गाँजा बरामद

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकमा प्रहरीले ठुलो परिमाणमा लागु औषध गाजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। आइतबार साँझ इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट खटिएको प्रहरी टोलीले गाजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । धनकुटाबाट धरानतर्फ जाँदै गरेको ना। ४ च। ६४७४ नम्बरको एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोज्दा चालकले नरोकी प्रहरी ब्यारिकेट लडाउँदै फरार भएको थियो । प्रहरी टोलीले एम्बुलेन्सलाई पछ्याउँदै भेडेटार गेट नजिक पुग्दा चालकले सवारी साधन छोडी फरार भएको अवस्थामा एम्बुलेन्स नियन्त्रणमा लिइएको हो। एम्बुलेन्सभित्र सेतो बोरामा कालो प्लास्टिकले बेरेर प्याक गरिएको १५

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २९७ पटक पढिएको
  • धनकुटाको साँगुरीगढीमा बेवारिसे पुरुषको शव फेला

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका –१०, स्थित घुम्ती खोलानजिकै कोशी नदीको तीरमा एकजना पुरुषको शव फेला परेको छ । आइतवार बिहान घोप्टे परेको अवस्थामा बेवारिसे पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको प्रहरी इन्सपेक्टर किशोर तामाङका अनुसार कोशी किनारमा नाम थर नखुलेको करिब ३० देखि ३५ वर्षीय पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको जानकारी दिनुभयो । बेवारिसे अवस्थामा फेला परेको शव जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अनुसन्धान टोली खटी शवको प्रारम्भिक अनुसन्धानपश्चात् पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः पुस २८, २०८२
    • २६० पटक पढिएको
  • हिलोमा भासिएको चित्तलको उद्धार

    इटहरी ।  झापाको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ ।स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईँको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयवासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट बाहिर सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। उद्धारपछि चित्तललाई कनकाईस्थित जामुनखाडी सामुदायिक वन कार्यालयमा जिम्मा लगाइएको वन रक्षक वीरेन्द्र पौडेलले बताए । उक्त सामुदायिक बनमा जंगली जनाव

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३३६ पटक पढिएको
  • सप्तकोशी बहुमुखी क्याम्पसमा प्राध्यापक सङ्घको नयाँ नेतृत्व चयन

    इटहरी ।  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, सुनसरीको बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल को तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित भएका छन्। सभापति पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा पुरी र दिवस बिष्टबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत ल्याएका थिए। एक मतको झिनो अन्तरले पुरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन। यसैगरी सचिव पदमा राजन इसार र उमेश खत्रीबीच प्रतिस्पर्धा भएकोमा इसारले १३ मत प्राप्त गरी एक मतको अन्तरले खत्रीलाई पराजित गरेका थिए। अन्

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ३४३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]