समाज

    Showing ३,६५१-३,६६० of ११,१३० items.
  • तिलगङ्गा टोलीको शिविरले उदयपुरमा फर्काइदियो दृष्टि

    इटहरी । विगत तीन वर्षदेखि दुवै आँखाका ज्योति गुमेपछि छामछामछुमछुम गर्दै जीवन गुजारा गर्दै आएकी उदयपुरको रौतामाई गाउँपालिका–२, बोदेकी ५० वर्षीय चरीमाया तामाङलाई फेरि यो सुन्दर संसार हेर्ने सौभाग्य मिलेको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँका डा. सन्दुक रुइतको समूहले सफल शल्यक्रिया गरेपछि उहाँलाई बाहिरी संसार र आफ्ना सन्तानको मुख देख्ने यस्तो सौभाग्य मिलेको हो । चरीमाया मात्र होइन, उदयपुरको चौदण्डीगढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क आँखा शिविरमा करिब ४५२ जना आँखाका बिरामीको मोतीविन्दुको शल्यव्रिmया सम्पन्न भएको छ । बिहानसाँझ, घरआँगन, आफन्त परिवार सबै केवल आवाज र स्पर्शका भरमा चिनिन्थे । आ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २७२ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

    इटहरी । धरान उपमहानगरपालिकामा धारिलो हतियार खुकुरीको प्रहारबाट एक जनाको मृत्यु भएको छ । धरान–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रुपक राईको मङ्गलबार राति आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषण बाबु राईले जानकारी दिनुभयो  । मृतक राईको टाउकोमा पटक–पटक खुकुरीले प्रहार गरिएको देखिएको उहाँले बताउनुभयो । टाउकोमा खुकुरी प्रहारका कारण गम्भीर चोट लागि उहाँको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ९घोपा० पठाइएको प्रहरीले जनाएको छ ।प्र

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १९८ पटक पढिएको
  • धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण कम

    इटहरी ।  धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण निक्कै कम देखिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ । तर आवेदन खुलाएको पाँच दिनमा करिब ६ सय जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । धनकुटाका लागि नेपाल प्रहरी तर्फ नौ सय ८९ र शसस्त्र प्रहरीमा ९६ गरी एक हजार ८५ निर्वाचन प्रहरीको कोटा छ । आवेदन न्यून परेपछि जिल्ला प्रहरी कार्यलयले थप दुई स्थानबाट समेत आवेदन दिने व्यवस्था मिलाएको छ । जिल्ला प्रहरी कार्यलयसहित इलाका प्रहरी कार्यलय छिन्ताङ र इलाका प्रहरी कार्यलय राजारानीबाट समेत आवेदन दिन सक

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • १८२ पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्डमा पान्दोलुङ च्याम्पियन

    इटहरी । मेरिङदेन गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पान्दोलुङ मावि नाल्बु च्याम्पियन बनेको छ । १३ स्वर्ण, ६ रजत र ७ कांश्य पदक जित्दै पान्दोलुङ च्याम्पियन बनेको हो ।   स्वर्ण, ७ रजत र ४ काश्य पदक जितेको पृथ्वी मावि खाम्लुङ द्वितीय र ६ स्वर्ण, ४ रजत र ४ काश्य पदक जित्दै लक्ष्मी मावि तृतीय भएको पालिकाले जनाएको छ । २ स्वर्ण, ३ रजत र २ काश्य पदक जितेको त्रिभुवन मावि थुकिमा चौथो हुँदा सूर्यदेवी मावि सान्थाक्रा १ स्वर्ण, ६ रजत र २ कांश्य पदक जितेर पाँचौँ भएको छ । सुर्के मावि थुकिमाले १ स्वर्ण, १ रजत र १ काश्य पदक जितेर छैटौँ भएको छ भने स्वर्णविही

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २८१ पटक पढिएको
  • सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्नेमा सभामुख घिमिरेको जोड

    इटहरी । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशलाई विषम परिस्थितिबाट मुक्त गर्न सबै राजनीतिक दल उत्साहका साथ निर्वाचनमा सहभागी हुनु पर्नेमा जोड दिनु भएको छ ।बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनु पर्नेमा जोड दिनुभएको हो । ताजा जनादेशको  विकल्प नभएको धारणा व्यक्त गर्दै उहाँले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताउनु भयो । तीन वर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको बताउनु भयो ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २७५ पटक पढिएको
  • बोराबाँधमा देखिन थाले सोँस डल्फिन, बढ्दै पर्यटकको आकर्षण

    इटहरी। नेपालका नदिनालाहरुमा कम मात्रमा देखिदै आएको सोँस ९डल्फिन० सप्तकोसी नदीको सूर्य अस्तक्षेत्र बोराबाँध क्षेत्रमा देखिन थालेपछि सोँस हेर्न आन्तरिक पर्यटकहरु बोराबाध आउने गरेका छन् । गत मङ्सिरबाट सूर्य अस्तको दृश्य अवलोकन गर्ने स्थानका रुपमा परिचित बनेको बोराबाँध क्षेत्रबाट सोँस देखिन थालेपछि आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढ्न थालेको छ ।गङ्गाको बाघ भनेर चिनेने सोँस ९डल्फिन० धेरै वर्षपछि वरेजभन्दा २० किलोमिटर उत्तर सप्तकोसी नदीको बोराबाँध क्षेत्रमा देखिदै आएको डल्फिन संरक्षणमा काम गर्दै आउनुभएको लभ केसीले बताउनुभयो । उहाँका अनुसार जलीय स्तनधारी जन्तुहरूमध्ये सङ्कटापन्न आवस्थामा रहेको सोँस क

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २३८ पटक पढिएको
  • इटहरीमा समावेशी शिक्षा नीति व्यवहारमा उतार्न सरोकारवालाबीच बृहद् छलफल

    इटहरी। अपाङ्गता भएका बालबालिका, भाषिक तथा सांस्कृतिक विविधता भएका विद्यार्थी तथा सामाजिक रूपमा पछाडि पारिएका समुदायका बालबालिकालाई समावेशी शिक्षामा समेट्न सकिने व्यवहारिक उपायबारे सरोकारवाला पक्षबिच इटहरीमा बृहद् छलफल गरिएको छ । इटहरीमा आयोजित एक कार्यक्रममा सहभागी सरोकारवालाले समावेशी शिक्षाको नीति कागजमा मात्र सीमित नभई सबै प्रकारका फरक क्षमता भएका बालबालिकासमेतका लागि हुने गरी व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका छन् । काठमाडौँ विश्वविद्यालयले यहाँ आयोजना गरेको “समावेशी शिक्षा स् नीति र अभ्यास” विषयक कार्यशालामा सहभागी शिक्षाविद् तथा सरोकारवालाहरुले सो कुरामा जोड दिनुभएक

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ४१३ पटक पढिएको
  • धनकुटामा केही सहकारी सञ्चालकको ठगीले समग्र सहकारी क्षेत्र बदनाम

    इटहरी। जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले धनकुटामा सञ्चालित केही सहकारी सञ्चालकले सहकारीमार्फत रकम ठगी गर्दा विश्वास घट्दै गएकोे बताउनु भएको छ । संघ धनकुटाको १४औँ वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । जिल्लामा केही सहकारी सञ्चालकहरुले नै नियोजित रुपमा रकम ठगी गरेको बताउनु भयो । जिल्लामा सञ्चालित उत्कृष्ट र राम्रा सहकारी सञ्चालकहरुलाई समेत प्रश्न उठ्ने गरेको उहाँले बताउनु भयो । यसको असर अरुले समेत भोेग्नु परेको उहाँको भनाइ छ । यस्तै जिल्लामा तीन सय ३० भन्दा बढी सहकारी संस्था क्रियाशिल रहेको पाइएको छ । ती सहकारीमा ३७ हजारभन्दा बढी सदस्य रहेका छन्

    • प्रकाशित मितिः पुस २९, २०८२
    • २२७ पटक पढिएको
  • नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ अधिवेशन सम्पन्न, लक्ष्मण (एन्ड्र्यु) पौडेल अध्यक्षमा निर्वाचित

    काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ECAN) को २०औँ अधिवेशनबाट लक्ष्मण (एन्ड्र्यु) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै संघको आगामी कार्यदिशा तय गरेको छ।नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष पदमा बासुदेब दाहाल (बाशु), बिकल्प राज पोखरेल (बिकल्प) र गीता शिवाकोटी (गीता) निर्वाचित भएका छन्। महासचिवमा भवनाथ हुमागाई चयन भएका छन् भने सचिवमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन्।यसैगरी कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा गोविन्द खनाल निर्वाचित भएका छन्। सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोक कुमार हाथी, दिनेश पौडेल, सन्जिब प

    • प्रकाशित मितिः पुस २९, २०८२
    • ३५४ पटक पढिएको
  • ऐतिहासिक भोजपुर डबली मेला माघ १ गतेदेखि हुँदै

    भोजपुर | भोजपुरको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्काउने उद्देश्यका साथ “ऐतिहासिक भोजपुर डबली  आयोजना हुने भएको छ। “हाम्रो प्रकृति, हाम्रो संस्कृति : पर्यटन नै हाम्रो आर्थिक उन्नति” भन्ने नारासहित मेला माघ १ गतेदेखि फाल्गुण ३ गतेसम्म सञ्चालन हुनेछ।मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि फोटो तथा भिडियो प्रदर्शनी, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी, विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, सामूहिक खेलकुद प्रतियोगिता, बिङ्गो खेल, लुडो प्रतियोगिता, बाइक रेसलगायत विविध आकर्षक कार्यक्रम समावेश गरिएका छन्।मेलाको वि

    • प्रकाशित मितिः पुस २८, २०८२
    • ५६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]