समाज

    Showing ३,६४१-३,६५० of ११,१३० items.
  • ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै

    इटहरी । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप बिहीबारबाट सञ्चालन हुँदै छ । गोल्ड कपअन्तर्गतको पुरुष फुटबल प्रतियोगिता उद्घाटन खेलमा आज आयोजक सिंवा स्पोर्टिङ क्लब र जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङ्गेसाँघुबिच प्रतिस्पर्धा हुँदै छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ति) को अवसरमा सञ्चालन हुने ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहेको छ । यस्तै, शुक्रबार दोस्रो दिन दुई खेल सञ्चालन हुने आयोजक माघेमेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार नाम्थोक युवा क्लब पाँचथर र वि।सि।एस। मेमोरियल युवा क्लब सावादिनबिच प्रतिस्प

    • प्रकाशित मितिः माघ १, २०८२
    • २४७ पटक पढिएको
  • धनकुटाको पारीपात्लेबाट सुन्तला, कागती र निबुवाका नयाँ ८ जात कृषकका लागि सिफारिस

    इटहरी ।  राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्ले धनकुटाले कृषकका लागि सुन्तला,  कागती र निबुवा गरी सात ८ जातका बिरुवा सिफारिस गरेको छ । जसमा कागती तीन र सुन्तलाको चार जात रहेका छन् । २०७२ साल यता पारीपात्लेले ८ जात सिफारिस गरेको हो । हाल सम्म पारीपात्लेले कागतीको तिन सुन्तलाको ४ र निबुवाको एक जात कृषकलाई खेतीका लागि सिफारिस गरेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारीपात्लेका प्रमुख वरिष्ठ वैज्ञानिक मुख्य वैज्ञानिक वसन्त चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार तराईका लागि सुन कागती एक सुन कागती दुई र मध्य पहाडको लागी तेह्रथुमे स्थानीय गरी तिन जात सिफारिस गरेको ह

    • प्रकाशित मितिः माघ १, २०८२
    • २९८ पटक पढिएको
  • सुनसरीमा ट्रक दुर्घटना,पाँच जनाको मृत्यु

    इटहरी । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को. १ ख. ४५४१ नम्बरको ट्रक सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका–८ उल्टी फूलचोक सडक खण्ड छेउमा दुर्घटना भएको हो ।  दुर्घटनामा पाँच जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जनाकारी दिनु भयो । उहाँका अनुसार मार्वल लोड भएको ट्रक बिहीबार बिहान हुलाकी राजमार्गअन्तर्गत भोक्रहा नरसिंह गाउँपालिका–८ फूलचोक जाने बाटोमा दुर्घटना भएको हो । मृतकहरूको सनाखत हुन बाँकी रहेको छ भने शव पोस्टमार्टमका लागि जिल्ला अस्पातल ल्याउन मुचुल्काको काम अगाडि ब

    • प्रकाशित मितिः माघ १, २०८२
    • २२५ पटक पढिएको
  • देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई गर्‍यो ५ वर्षको कारबाही

    काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ–आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टीको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वयले आह्वान गर्नुभएको थियो । विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्दसत्रको हलले गरेको निर्णय नै अन्तिम निर्णय हुने भन्दै नि

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २४४ पटक पढिएको
  • धरान–११ मा खुकुरी प्रहार गरी मामाका छोराबाट ३५ वर्षीय रुपक राईको हत्या

    इटहरी । धरान उपमहानगरपालिका–११ को पूण्य मार्गस्थितमा मंगलबार साँझ आफ्नै मामाका छोराबाट खुकुरी प्रहार गरी ३५ वर्षीय रुपक राईको हत्या भएको छ। खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो। साँझ करिब ६ः३० बजेतिर भएको घटनामा ३३ वर्षीय रविन राईले रुपकमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईका अनुसार खुकुरी प्रहारबाट रुपकको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। घटनापछि रविनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ। मृतकको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा राखिएको छ।

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २३८ पटक पढिएको
  • विजयपुर–साँगुरीगढी–पाख्रीबास पदयात्रा सम्पन्न

    इटहरी । विजयपुर(साँगुरीगढी(पाख्रिबास पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिकामा पुगेर समापन भएको छ । बुधबार पदयात्राको चौथो दिन नेपाली सेनाको पदयात्रा टोली पाख्रीबास पुगेसँगै एक कार्यक्रमको आयोजना गरी पदयात्रा समापन भएको हो । पदयात्रा समापन कार्यक्रमका प्रमुख अतिथि पाख्रिबास नगरपालिका प्रमुख ज्ञानबहादुर गुरुङले यस पदयात्राले देशभक्तिको सन्देश फैलाउने र नयाँ कामको सुरुवात भएको उहाँले बताउनुभयो । शुभ कार्यको थालनी भएसँगै नेपाली सेनालाई सधैँ सहयोग गरेर अगाडि बढ्ने बताउँदै सधैँ साथ र सहयोग रहिरहने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली सेनाले सुदूरपश्चिमको मौलिक छलिया नृत्यसमेत प्रस्तुत

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २७७ पटक पढिएको
  • अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थेचम्बु माध्यमिक विद्यालय प्रथम

    इटहरी । ताप्लेजुङस्थित पाथीभरा याङ्वरक गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थेचम्बु माध्यमिक विद्यालय प्रथम भएको छ । पालिकाभित्रका अन्य विद्याललाई पछि पार्दै विभिन्न २५ पदक जित्दै थेचम्बु मावि प्रथम भएको हो । प्रतियोगितामा प्रथम बनेको थेचम्बु मावि थेचम्बुले ११ स्वर्ण, आठ रजत र छ काँस्य पदक जितेको छ । यस्तै, दोस्रो बनेको कालिका माध्यमिक विद्यालय तिरिङ्गेले पाँच स्वर्ण, तीन रजत र चार काँस्य पदक जितेको स्थानीय प्रेम क्षेत्रीले जानकारी दिनुभयो । तेस्रो भएको सारदा माध्यमिक विद्यालय थुम्बेदिनले भने चार स्वर्ण, छ रजत र पाँच काँस्य पदक जितेको छ । यसैगरी, क

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २३२ पटक पढिएको
  • ४७औँ हाङथुम कप २०८२ माघ ५ गतेदेखि सुरु हुने

    मिलन अधिकारी-संखुवासभा । संखुवासभा मादी नगरपालिका–३ मुलखर्कमा ४७ औँ हाङथुम कप २०८२ अन्तर्गत अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष फुटबल प्रतियोगिता माघ ५ गतेदेखि सुरु हुने भएको छ ।“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद – मादी मुलखर्कको पहिचान फुटबलको अभियान” भन्ने मूल नाराका साथ माघ ५ देखि १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका चर्चित क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जम्मा ८ टोली सहभागी छन् ।उद्घाटन खेलमा इन्द्रेणी युवा क्लब फुङ्लिङ्ग संखुवासभा र कोशी प्रदेश प्रहरीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा इन्द्रेणी क्लब, बराहक्षेत्र–५ सुनसरी र म्याङलुङ

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • ५५१ पटक पढिएको
  • आयोग विघटनपछि पनि सक्रिय चौदण्डीगढी, भोगाधिकार प्रमाणपुर्जा वितरण

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाको हक कायम गरी भोगाधिकार दर्ताको प्रमाणपुर्जा वितरण गरेको छ । वडा नं। ६ को सिर्वानीमा आयोजित एक कार्यक्रममा नगरप्रमुख कालुमान लामाले भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई जग्गाको भोगाधिकार प्रमाणपत्र वितरण गर्नुभएको हो । सो अवसरमा नगरप्रमुख लामाले राज्यमा पटक पटक आयोग गठन र विघटन गर्दै जाने तथा राज्य कोषको अर्बौं रकम खर्च भए पनि अहिलेसम्म अव्यवस्थित बसोबासीले समेत जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न सकेको अवस्थामा चौदण्डीगढी नगरपालिकाले भने आयोग विघटन भए पनि आफ्नो सक्रियता बढाएर अब भूमिह

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २४३ पटक पढिएको
  • सापटी विवादले उग्र रूप लिँदा फुपूमाथि आगो लगाउने भदैनी पक्राउ

    इटहरी ।  पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका–११ मिलनचोककी ७४ वर्षीया धर्मलीला देवी राईमाथि गत कात्तिक १० गते उहाँकै घरमा गएर पेट्रोल खन्याई आगो लगाएको आरोपमा भदैनी नाता पर्ने ३९ वर्षीया विष्णु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनापछि फरार रहेकी राईलाई प्रहरीको विशेष टोलीले करिब तीन महिनाको खोजतलासपछि पुस २७ गते सिद्धिचरण नगरपालिका–११ मिलनचोकस्थित उहाँकै घरमा लुकिछिपी बसिरहनुभएको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • २२० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]