समाज

    Showing ३,५७१-३,५८० of ११,१३० items.
  • आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु

    इटहरी । औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।महोत्सवमा १३० वटा स्ट

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २४९ पटक पढिएको
  • कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता

    इटहरी । कोशी प्रदेश सरकार र कर्मचारी सञ्चय कोषबीच कर्मचारीहरूको पेन्सन व्यवस्थापनका लागि औपचारिक सम्झौता भएको छ । २०७६ साउन १ गतेयता कोशी प्रदेश सरकार अन्तर्गतका विभिन्न निकाय र प्रदेशभित्रका स्थानीय तहहरूमा नियुक्त भएका कर्मचारीहरूको योगदानमूलक निवृत्तिभरण ९पेन्सन० व्यवस्थापन गर्न आज दुई पक्षबीच सहमति भएको हो । सम्झौतामा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौला र सञ्चय कोषका तर्फबाट प्रशासक जितेन्द्र धितालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, सम्बन्धित कर्मचारीको मासिक आधारभूत तलबबाट ६ प्रतिशत रकम कट्टी गरी निवृत्तिभरण कोषमा जम्मा गरिनेछ । कर्मचारी

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ३०७ पटक पढिएको
  • बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन घोषणा

    इटहरी। झापा–५ का उम्मेदवार बालेन शाहद्वारा झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन जनाउनुभएको छ ।  झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रस्तावित प्रधानमन्त्री बालेन शाहले झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाउनुभएको हो । बालेन बुधबार बिहानै रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गर्नुभएको हो । भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको  छ। बालेनको सचिवालयका अनुसार शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा–२ मा सकारात्मक सन्देश जाने वि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २८६ पटक पढिएको
  • धनकुटामा अधिकांश नयाँ अनुहार, प्रत्यक्षमा दलित र महिला उम्मेदवार शून्य

    इटहरी। धनकुटामा प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा एमाले, नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन गरी १४ दल र ४ स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसबाट जिल्ला सभापति दिनेश राई मनोनयन दर्ता गराउनु भएको छ । प्रतिनिधिसभा निर्वाचनको लागि राई नयाँ अनुहार हो । नेकपा एमालेबाट यो पटक पनि एमालेका केन्द्रीय तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले मनोनयन दर्ता गराउनु भएको छ । च

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २०२ पटक पढिएको
  • जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने अध्यक्ष ओलीको भनाइ

    इटहरी । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरुले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ ।  उहाँले नीति, कार्यक्रम र बिचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरुको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरुले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, बिभिन्न पूर्वाधारको बिषयमा जनातलाई बुझाउन आग्रह गर्नुभयो । प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संबिधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँ

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २५० पटक पढिएको
  • प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालय दमकमा मङ्गलबार नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० सहित २५ जनाको उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालय झापाका अनुुसार ५ वटा निर्वाचन क्षेत्र रहेको जिल्लाका निर्वाचन अधिकृतको कार्यालयमा ग

    • प्रकाशित मितिः माघ ७, २०८२
    • ४३४ पटक पढिएको
  • बाह्रदशी–५ बुधबारेमा ६० वर्षीया बुद्धमाया योङहाङ आफ्नै करेसाबारीमा मृत फेला

    इटहरी । बाह्रदशी गाउँपालिका–५ बुधबारे बस्ने चन्द्र योङहाङकी ६० वर्षीया श्रीमती बुद्धमाया योङहाङ आफ्नै घर नजिकैको करेसाबारीमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बुद्धमाया आफ्नै घर छेउको करेसाबारीमा मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि इलाका प्रहरी चौकी फूलवारीबाट प्रहरी नायब निरीक्षक श्रवण राजवंशीको टोली तत्काल घटनास्थल खटिएको थियो। प्रहरी टोलीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रविण श्रेष्ठको कमाण्डमा एसओसीओ टोलीसहित पाँच जनाको विशेष टोली स

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २८५ पटक पढिएको
  • नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन

    इटहरी । नापी कार्यालय ताप्लेजुङले दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा गत आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी राजस्व सङ्कलन गरेको हो । चालु आवको साउनदेखि पुस मसान्तसम्ममा नापी कार्यालय ताप्लेजुङले १९ लाख ९५ हजार तीन सय ८७ रुपियाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख, नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा चालु आवमा ११ लाख ६६ हजार नौ सय ८२ रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आवको ६ महिनामा ८ लाख २८ हजार ४ सय ५ रुपियाँ मात्र राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्षमा सबैभन्दा ब

    • प्रकाशित मितिः माघ ७, २०८२
    • २१७ पटक पढिएको
  • सुन्दरहरैँचामा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल सुरु, आमचोक, लिम्चुङबुङ र लेटाङ क्वार्टरफाइनलमा

    सुन्दरहरैँचा मिलन अधिकारी । सिदार्थ युवा समाज क्लबको आयोजनामा सुन्दरहरैँचा नगरपालिकामा दोस्रो सुन्दरहरैँचा उपमेयर कप अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।गाछिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका ११ स्थानीय तहका महिला टोलीहरूको सहभागिता रहेको छ । प्रतियोगिताका सबै खेलहरू बेस्ट–५ प्रणालीमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ ।उद्घाटन खेलमा आमचोक गाउँपालिका, भोजपुरले बेलबारी नगरपालिका, मोरङलाई लगातार ३–० सेटले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आमचोकले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जितेको हो ।दोस्रो खेलमा लिम्चुङबुङ गाउँपालिका,

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २८१ पटक पढिएको
  • निवर्तमान सभामुख घिमिरेको उम्मेद्वारी दर्ता

    इटहरी । निवर्तमान सभामुख देवराज घिमिरेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ। नेकपा एमालेको तर्फबाट उहाँले उम्मेद्वारी मनोनयन गराउनु भएको हो। घिमिरेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी मनोनयन गराउनु भएको थियो। उहाँ अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएर सभामुखको जिम्मेवारी सम्हाल्नुभएको थियो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले लोकतन्त्र सुदृढीकरण, स्थायित्व र विकासका लागि जनताको विश्वास आवश्यक रहेको उल्लेख गर्नुभयो। निवर्तमान सभामुख घिमिरेको उ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • २६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]