इटहरी । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हातहतियार बुझाउन अनुरोध गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले एक सूचना प्रकाशित गर्नुहुँदै महिना दिनपछि फिर्ता हुनेगरी हतियार धनीलाई आफूसँग भएको विभिन्न हातहतियार बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइसहित आफूलाई पायक पर्ने ठाउँमा सम्बन्धित धनीलाई हातहतियार बुझाउन प्रजिअ सेढाइँले अनुरोध गर्नुभएको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउ
इटहरी । पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रिका लागि प्रतिवनध लगाइएको सिक्किेम मदिरासहित एक जनालाई पक्राउ गरेको छ । मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत फिदिम नगरपालिका ४ जोरसाल नजिकैबाट ५० कार्टुन मदिरासहित एकजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा।प्र।०१–००६ ख ५६१९ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरस्क्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार अवैध मदिरा लुकाइ–छिपाइ ल्याइएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चेकजा
इटहरी । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् । एक निर्वाचन क्षेत्र रहेको धनकुटामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, मङ्गोल नेसनल अर्गनाइजेसन गरी १४ दल र चार स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएका थिए । नेपाली कांग्रेसबाट जिल्ला सभापति दिनेश राई मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा निर्वाचनका लागि राई नयाँ अनुहार हो । नेकपा ९एमाले० बाट यो पटक पनि एमालेका केन्द्रीय तथा धनकुटा इन्चार्ज राजेन्द्र राईले मनोनयन दर्ता गर
इटहरी । तेस्रो वरकदेन गोल्ड कपको उपाधि चुवा समाज युवा क्लब हाङ्पाङले हात पारेको छ । श्री वरकदेन युवा क्लबको आयोजनामा बुधबार सम्पन्न भएको खेलमा गोरखा युवा क्लब फुङलिङ–१ लाई ५–० गोल अन्तरले पराजित गर्दै हाङ्पाङ उपाधि हात पारेको हो । उपाधिसँगै हाङ्पाङले नगद एक लाख ५१ हजार १११ रुपियाँसहित ३ वर्षे रनिङ कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बन्न सफल फुङलिङले एक लाख एक हजार १११ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझाउनु परेको खेल संयोजक राज केदेमले जानकारी दिनुभयो । गोल्ड कप कक्फेक्वा तङ्नाम ९माघे सक्रान्ती०को अवसरमा सञ्चालन गरिएको श्री वरकदेन युवा क्लबका अध्यक्ष उमेश केद
इटहरी । कोशी प्रदेशमा नै झापा जिल्ला पछिल्लो समय साहित्यिक गतिविधिमा अग्रणी बन्दै गएको छ ।अझ महिला साहित्यकारहरुको जुझारु र सक्रिय उपस्थिति पछिल्लो समय झापामा बढ्दै गएको देखिन्छ । झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ५ मा आयोजित एक साहित्यिक कार्यक्रममा देखिएको महिला साहित्यकारहरुको सक्रिय एवम् रचनात्मक सहभागिताले पनि त्यो कुरालाइ पुष्टी गरेको छ । घर दलान साहित्य बुद्धशान्ति झापाले आयोजना गरेको कार्यक्रममा झापाकी चर्चित छन्द कवि श्रीमती मोक्ष खतिवडाद्वारा लिखित दुई वटा कृतिहरु एकै पटक लोकार्पण गरिएको छ । कवि खतिवडाद्वारा लिखित सन्निधान र आमा नामका कृतिहरु कार्यक्रममा लोकार्पण गरिएको हो । ला
इटहरी । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ । यो समुदायको संसद्मा आधिकारिक प्रतिनिधित्वका रूपमा सुनीलबाबु पन्त संविधान सभा सदस्य बन्नुभएको थियो । त्यसपछि प्रतिनिधित्व सुनिश्चित नभएको भन्दै पार्टी नै दर्ता गरेर उम्मेदवारी दिइएको हो । पार्टी अध्यक्ष तथा मोरङ क्षेत्र नं। ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी नुमा लिम्बूका अनुसार काभ्रेपलाञ्चोक क्षेत्र नं। १ मा विनोद लामा, ओखलढुङ्गा क्षेत्र नं। १ पिङ्की राई, रुपन्देही क्षेत्र नं। २ मा देवेन्द्रबहादुर खत्री,
इटहरी । “स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद” भन्ने नारासहित भोजपुरको हतुवागढी गाउँपालिकामा खुल्ला महिला तथा पुरुष वडास्तरीय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। हसनपुर युवा तथा खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता माघ २९ गतेदेखि फागुन ०३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका अन्तरवडा टोलीहरू सहभागी हुनेछन्। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टोलीले ६१ हजार, द्वितीय हुने टोलीले ४१ हजार तथा सेमिफाइनल प्रवेश गर्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ प्रथम हुने टोलीलाई ३१ हजार, द्वितीय टोलीलाई २
इटहरी । मोरङको विराटनगर महानगरपालिका –४ क्षेत्रबाट लागूऔषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले माघ ६ गते चेकजाँचको क्रममा ३७ प ३३६६ नम्बरको मोटरसाइकलमा शंकास्पद अवस्थामा रहेको सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–५ निवासी ३५ वर्षीय सुदिन मन्सुरीलाई १४० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । त्यसैगरी, प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–५ निवासी ५० वर्षीय रोहित कार्कीलाई उनकै कोठाबाट १४ ग्राम २३ मिलिग्राम ब्राउन सुगर, नाइट्राजाम ४६० ट्याब्लेट, कोरेक्स १८ बोतल र स्पास्म
इटहरी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि महिला र स्वतन्त्र उम्मेदवार शून्य रहेको हिमाली जिल्ला ताप्लेजुङमा ३८ देखि ६६ वर्ष उमेर समूहका व्यक्ति चुनावी मैदानमा उत्रिएका छन् । १३ दलका १३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।निर्वाचन आयोगको कार्यालय ताप्लेजुङमा उम्मेदवारी दर्ता गराएका मध्ये सबैभन्दा कम उमेरका कान्छा उम्मेदवार नेकपा एमालेका क्षितिज थेबे छन् । उनी ३८ वर्षका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष थेबे पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन् । थेबे सिरिजङ्गा गाउँपालिका–१ सिनाममा जन्मिएका हुन् । सबैभन्दा बढी उमेरका भने संघीय समाजवादी पार्टी ने
इटहरी। विराटनगरको कञ्चनबारीमा यात्रुवाहक बसले ठक्कर दिँदा एक जना वृद्धा महिलाको ज्यान गएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो कोशी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा प्रदेश ०३–००१ ख। ३३९९ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा ७५ वर्षीया डम्बरकुमारी नेपालको ज्यान गएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको बसले बाटो क्रस गर्दै गरेका बेला ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी उहाँलाई उपचारका लागि कोशी अस्पताल लग्नासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले बस र चालक झापाको कनकाई नगरपालिका–३ का ३८ वर्षीय समीर लुइटेललाई प्रहरीले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.