इटहरी । कोशी प्रदेशमा प्रदेश सभा सदस्य एक र चार स्थानीय तहका प्रमुख÷उपाध्यक्ष÷वडाध्यक्ष पद रिक्त भएका छन् । उहाँहरूले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विभिन्न दलबाट मनोनयन दर्ता गरेपछि ती पद रिक्त भएका हुन् । कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी निरोज ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित झापा–४ (२) का सांसद भक्तिप्रसाद सिटौलाले राजीनामा दिई झापा–४ बाट मनोनयनपत्र दर्ता गराउनु भएपछि उक्त क्षेत्र रिक्त भएको हो । नेकपा (एमाले) बाट निर्वाचित दुई जना जनप्रतिनिधिले राजीनामा दिनु भएपछि ती पद पनि रिक्त भएका छन् । नेकपा (एमाले) का कोशी प्रदेश सच
इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिड्तेपमा जारी प्रथम लिङ्तेप आमन्त्रित गोल्डकपमा आज आयोजक रातो र मानाभारा युथ स्पोर्टिङ क्लब बिच प्रतिस्पर्धा हुँदै छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा शनिबार आयोजक र मानाभाराबिच प्रतिस्पर्धा हुने भएको हो । शुक्रबार भएको उद्घाटन खेलमा आयोजक निलोलाई ३–७ गोल अन्तरले पराजित गर्दै लालिमा युवा क्लब ढुङ्गेसाँघु सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा जम्मा आठ टिमको सहभागिता रहेको छ । जसमा आयोजकको दुई टिमसहित लालिमा युवा क्लब ढुङ्गेसाँघु, मानाभारा युवा क्लब खेजेनिम, साथीभाइ सामाजिक युवा क्लब फुङ्लिङ, पुवाजुङ फुटबल क
इटहरी । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि निर्वाचन प्रहरी पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको छ । यसअघि दरखास्त आह्वान गरिएको अवधिमा मागअनुसार आवेदन नपरेपछि पुनः दरखास्त खुलाइएको जनाइएको छ । ६७ जना निर्वाचन प्रहरी अपुग भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिनुभयो । शनिबार र आइतवाका लागि निवेदन दिन समय थप गरिएको हो । दरखास्त जिल्ला प्रहरी कार्यालय धनकुटा, सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्म हे।क्वा। छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय छिन्ताङ तथा इलाका प्रहरीकार्यालय राजारानी धनकुटाबाट दर्ता गर्न सकिने जनाइएको
इटहरी। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले झापा –५ का नेता तथा कार्यकर्तालाई जनताको घर–घरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिनुभएको छ। झापाको क्षेत्र नं ५ को क्षेत्रीय समन्वय कमिटीको आजको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो निर्देशन दिनुभएको हो । एमालेको सम्पूर्ण पार्टीपङ्क्ति जनताको घर–घरमा पुग्नु र मतदातालाई एमालेलाई मत दिनलाई विश्वस्त तुल्याउन उहाँले आग्रह गर्नुभयो । अध्यक्ष ओलीले यस क्षेत्रमा एमालेको नेतृत्वमा भएको विकास निर्माणको काम नै निर्वाचन जित्न पर्याप्त भएको उहाँले बताउनुभयो । केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहर
इटहरी । महिलाहरुले पाठेघरमा भएको समस्याको खुलेर उपचार गराउन थालेका छन् । लाज, डर र अज्ञानताका कारण पाठेघरमा भएको समस्या बाहिर ल्याउन नरुचाउने महिलाहरु अहिले खुलेर उपचार गराउन थालेका हुन् । खोटाङका विभिन्न स्थानीय तहले अहिले पाठेघरको समस्या भएका महिलाको उपचार गराइरहेका छन् । करिब तीन वर्ष अगाडि स्थानीय तहले पाठेघरको समस्या भएका महिलाको उपचारका लागि शिविर सञ्चालन गर्दा खासै महिला आउँदैन थिए । तर, अहिले सबै महिला पाठेघरको परीक्षणमा खुलेर आउन थालेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक खेमराज आचार्यले बताउनुभयो। सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको सहयोगमा खोटाङका स्थानीय
इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल, कोशी प्रदेश अन्तर्गत सुनसरी जिल्ला कमिटीको अध्यक्षमा पूजा भट्टराई सर्वसम्मत चयन भएकी छन्। इटहरीको दुर्गा पार्टी प्यालेसमा सम्पन्न जिल्ला अधिवेशनबाट भट्टराई अध्यक्षमा चयन भएकी हुन्। कार्यक्रम राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालकी केन्द्रीय अध्यक्ष सुजना जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। अधिवेशनले सचिव पदमा मेघा खड्कालाई चयन गरेको छ। इटहरी नगर अध्यक्ष भएर कुशलताका साथ आफ्नो सफल कार्यकाल सम्पन्न गरिसकेकी भट्टराईले जिल्लाको नेतृत्व कुशलताका साथ गर्न सक्ने विश्वास लिएको केन्द्रीय अध्यक्ष सुजना जोशीले बताइन् । व्यवसायिक हितसँगै सामाजिक स
इटहरी । नेकपा एकीकृत समाजवादी तेह्रथुम जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एकीकृत समाजवादी जिल्ला कमिटीद्वारा एक प्रेस विज्ञप्ति जारी गर्दै एमालेमा समाहित भएको घोषणा गरेको हो । तेह्रथुम अध्यक्ष योगेन्द्र प्रसाद गड्तौलाले प्रेस विज्ञप्ति जारी गरी पोलिटव्युरो सदस्य भवानी खापुङको नेतृत्वमा नेकपा एमालेमा समाहित भएको जानकारी दिनुभएको छ । विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ । त्यस्तै यो अवस्थामा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित हुन आवश्यक रहेकाले एमालेमा समाहित भएको ज
इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ताप्लेजुङमा पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका छन् । मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहेका हुन् । जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहनुभएको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा (एमाले) का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बु
इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीको दोस्रो अधिवेशन बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। २०८२ माघ ७ गते सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै युनियनलाई थप सशक्त बनाउने संकल्प गरेको छ। अधिवेशन प्रमुख अतिथि सुजना जोशीको आतिथ्यमा तथा तत्कालीन अध्यक्ष पूजा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन इटहरी उपमहानगर कमिटीकी सचिव निशा पौडेलले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्ष पूजा भट्टराईले आफ्नो कार्यकालमा साथ, सहयोग र समर्पण गर्ने सम्पूर्ण सदस्यहरूलाई मायाको चिनोसहित सम्मान गर्नुभएको थियो। उहाँले सौन्दर्यकर्मीहरूको ह
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर आइपुग्नु भएको छ । उहाँले सदरमुकाम फिदिममा स्थानीय नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेट गर्नुभएको छ। फागुन २१ गतेको चुनावमा रास्वपाका तर्फबाट प्रधानमन्त्रीका रूपमा अगाडि सारिनुभएका बालेनले फिदिममा नेता तथा कार्यकर्तासँग भेट गर्दै चुनावी अभियानमा जुट्न आग्रह गर्नुभयो । करिब एक घण्टा सदरमुकाम फिदिममा रहँदा उहाँले विभिन्न उमेर समूहका समर्थकसँग भेट गर्नुभयो । उहाँले रास्वपाबाट पाँचथरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार महेन्द्रविक्रम थाम्सुहाङ र जिल्ला सभापति प्रकाश गुरुङलगायत जिल्लाका नेता कार्यकर्तासँग भेट ग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.