समाज

    Showing ३,५३१-३,५४० of ११,१३० items.
  • प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुँदै

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–४ लिङ्तेपमा जारी आमन्त्रित प्रथम लिङ्तेप गोल्डकपमा सोमबार सेमिफाइनलका खेल हुने भएको छ । बसन्त पञ्चमीको अवसरमा प्रगतिशील युवा क्लबको आयोजनामा सञ्चालित गोल्ड कपमा सोमबार सेमिफाइनलका खेल हुने भएको हो । जसअन्तर्गत पहिलो सेमिफाइनल खेलमा लालिमा युवा क्लब ढुङ्गेसाँघु र साथीभाई सामाजिक युवा क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । लालिमाले शुक्रबार भएको उद्घाटन खेलमा प्रगतिशील युवा क्लब आयोजक निलोलाई ७–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यता आइतबार भएको खेलमा साथीभाईले पुवाजुङ युथ क्लब इलामलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा लालिमासँग भेट

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २३२ पटक पढिएको
  • दाइजो नल्याएको निहुँमा २४ वर्षीया रुबी खातुनको हत्या आरोप

    इटहरी । भोक्राहा नरसिंह गाउँपालिका–४ की २४ वर्षीय रुबी खातुनलाई विवाहमा मागेजति दाइजो नदिएका कारणले घरपरिवारले झुन्ड्याएर हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । ज्वाइँ वैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखि माग्दै आएको दाइजोको सरसामान, गरगहना र जग्गा नल्याएको भन्दै सासू र ससुरा मिलेर रुबीको हत्या गरेको रुबीका ५० वर्षीय बुवा अजमल अन्सारीको आरोप छ । अन्सारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसिंह गाउँपालिका–४ का ५५ वर्षीय दाउद मियाँ र सासू ५० वर्षीय जलेशा खातुनले  झुन्ड्याएर हत्या गरेको दाबी गर्नुभयो । परिवारले मारेर झुन्ड्याए पनि आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरीसमेत लिन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २१८ पटक पढिएको
  • खोटाङमा पुरानै दल हाबी, तर नयाँ पार्टीको बलियो उपस्थिति

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा खोटाङमा पुराना तीन पार्टीबिच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट १५ जनाले मनोनयन दर्ता गरे पनि २०७९ मा भएको चुनावको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धा पुरानै तीन पार्टीको हुने देखिन्छ । यद्यपि नयाँ पार्टीले पनि उत्तिकै चुनौती दिने देखिन्छ । विसं २०७९ मा भएको निर्वाचनमा नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनबाट नेकपा माओवादीका रामकुमार राई निर्वाचित भएका थिए । राईले ३१ हजार ३५१ मत ल्याएर विजयी हुँदा नेकपा (एमाले) का विशाल भट्टराईले २८ हजार ६८२ मत प्राप्त गर्नुभएको थियो । य

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २२० पटक पढिएको
  • सुमो जिप दुर्घटना, दुईको मृत्यु, तीन जना गम्भीर घाइते

    इटहरी ।  संखुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा आइतबार साँझ सुमो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको सुमो जिप चैनपुर नगरपालिका– २ नुनढाकीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । दुर्घटनामा चैनपुर नगरपालिका– १ का ५९ वर्षीय बिरबहादुर लिम्बु र सोही वडाको पैरे घर भएका करिब १७ वर्षीय अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो । मृतक दुबैको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि

    • प्रकाशित मितिः माघ १२, २०८२
    • १८० पटक पढिएको
  • प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’ को उपाधि नेर्पा स्पोर्टस् क्लबलाई

    इटहरी ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ । बुइपास्थित यलम्बर खेलमैदानमा आइतबारसम्पन्न फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लब नेर्पा खोटाङले उपाधि जितेको हो । उपाधि विजेता नेर्पाले नगद रु तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जिल्लाभित्रका छ तथा बाहिरी जिल्लाका चारवटा फुटबल क्लबगरी दश टोलीको सहभागिता रहेको प्रतियोगिताका उपविजेता गछिया युवा समाज मोरङले नगद रु एक लाख ५१ हजारको साथमा ट्

    • प्रकाशित मितिः माघ १२, २०८२
    • २७९ पटक पढिएको
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी । इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००४ क ३१८१ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री धनकुटा घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा बसोबास गर्दै आएका अन्दाजी ४५ वर्षका पूर्णप्रसाद राईको मृत्यु भएको हो । घटनास्थलबाट उपचारका लागि प्रहरीको भ्यानमार्फत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएपनि शनिवार राति २१ः५४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका छन्। दुर्घटनापछि स्थानीयले आक्रोश व्यक्त गर्दै चोकमा सवारी आवागमन अवरुद्ध गरेका थिए। दुर्घटनामा

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २५६ पटक पढिएको
  • इटहरीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएका दुई चारपाङ्ग्रे सवारी प्रहरी नियन्त्रणमा

    इटहरी । आफुखुशी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका दुई वटा चार पाङ्ग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँचका क्रममा धरान उपमहानगरपालिका वडा नम्बर १७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो गाडी नियन्त्रणमा लिएको हो। जाँचका क्रममा ती सवारी साधनहरूको सवारी नम्बर, इन्जिन नम्बर र चेचिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको प्रहरीले जनाएको छ। आवश्य

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २८७ पटक पढिएको
  • कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा धनकुटा कारागारमा टीबी–एचआईभी परीक्षण शिविर

    इटहरी । जिल्ला सदरमुकामस्थित धनकुटा कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरुको क्षयरोग ९टीबी० र एचआईभी परिक्षण गरिएको छ । आईतबार कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा कारागारमा रहेका कैदीबन्दीहरुको शिविरमा क्षयरोग ९टीबी० र एचआईभी परिक्षण गरिएका हो । कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीको अत्याधुनिक एआइ प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय(कुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंका अनुसार परीक्षणका क्रममा उक्त कैदीबन्दीहरुमध्ये दश जना कैदिबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको जानकारी दिनुभयो । लक्षण देखिएका कैदीबन्दीक

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २१८ पटक पढिएको
  • मोरङको मिक्लाजुङ–४ मा पहाड काटेर बनाइयो खेलमैदान, अन्तरपालिका फुटबल आयोजना

    इटहरी । मोरङको मिक्लाजुङ–४ सफेवामा स्थानीय खेलप्रेमीले पहारा फोरेर खेलमैदान निर्माण गरेका छन् । फुटबल खेलका पारखीहरूले स्थानीय सरकारसँग समन्वय गरी राष्ट्रिय वनसँगै जोडिएको पहरा फोरेर खेलमैदान निर्माण गरेका हुन् । यसअघि सफेवा खेलमैदान नाइन साइडको थियो । सानो खेलमैदानमा ठूला प्रतियोगिता गर्न समस्या भएपछि खेलमैदान विस्तार गरिएको मिक्लाजुङ युथ क्लबका अध्यक्ष भरत राईले बताउनु भयो । राईकाअनुसार माघ १८ गते कोशी प्रदेशका तीन जिल्लाका आठ पालिकाबिच अन्तरपालिका मिक्लाजुङ अध्यक्ष कप फुटबल प्रतियोगिता सोही मैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा इलामको चुलाचुली गाउँपालिका झापाको दमक नगरपालिका र मोरङका ल

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २६० पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशका १४ मतदाता अनुपस्थित

    इटहरी । राष्ट्रिय सभा सदस्य पदका लागि आइतबार भएको निर्वाचनमा कोशी प्रदेशका पाँच जना सांसद र नौ जना स्थानीय तहका पदाधिकारीसहित १४ जना मतदानमा अनुपस्थित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना सांसद राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको थियो । त्यसका कारण उक्त पार्टीका सांसद सविना बजगाई, गोपाल विश्वकर्मा र निमसरी राजवंशी मतदानमा अनुस्थित हुनुभएको हो । तर, पार्टी निर्णय विपरीत प्रेमराज थाम्सुहाङले भने निर्वाचनमा मतदान गर्नुभएको छ । निर्वाचनमा नेपाली कांग्रेसकी सांसद लिलाकुमारी राई र नेकपा एमालेकी सांसद यशोदा कायस्थ मतदानमा अनुपस्थित हुनुभयो ।कोशी प्रदेशमा ९२ जना प्रदे

    • प्रकाशित मितिः माघ ११, २०८२
    • २८४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]