समाज

    Showing ३४१-३५० of १०,९९२ items.
  • कांग्रेसको १५औँ महाधिवेशन स् झापामा १३१ वडाका लागि निर्वाचन अधिकृत तय

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्नेमा जोड दिइएको छ। झापामा भने वडा अधिवेशनको तयारी अघि बढाउँदै १३१ वटै वडाका लागि निर्वाचन अधिकृत तोकिएको छ।नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले पार्टीभित्रको एकताबाट मात्रै देश निर्माण र समृद्धिको आधार तयार हुने बताए। नेपाली कांग्रेस झापाले बुधबार जिल्ला पार्टी कार्यालय बिर्तामोडमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने धारणा राखे। थापाले पार्टीको इतर पक्षलाई समेत असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन आग्

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ९८ पटक पढिएको
  • म प्रष्ट भन्छु यो सुरुवात हो, अन्त्य होइनः प्रधानमन्त्री शाह

    इटहरी। प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले शहीदका  रगतले लेखिएको संविधान, हामी कामले पूरा गर्छौ भन्नुभयो ।  प्रधानमन्त्रीले भन्नुभयो, संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी पूर्ण प्रतिबद्ध छौँ, म यो बाचा आज फेरि दोहोर्‍याउँछु । संविधान जारी भएको दिन हरेक वर्ष आउँछ तर संविधान पूरा हुने दिन हामीले आफैँ ल्याउनुपर्छ, हरेक इमानदार निर्णयबाट, हरेक पारदर्शी नियुक्तिबाट, नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट ।  जनता

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ५८ पटक पढिएको
  • अलैँचीको मूल्य घट्यो

    इटहरी। नयाँ फसल उत्पादन निस्किन थालेसँगै कारोबार सुरु भएको अलैँचीको मूल्य अहिले प्रतिमन १४ हजार रुपियाँले घटेको छ । अलैँचीको कारोबार भदौ पहिलो सातादेखि सुरु भएको हो । भदौ पहिलो सातामा सदरमुकाम फुङलिङ बजारमा प्रतिमन ९६ हजार रुपियाँले अलैँचीको कारोबार भएको थियो । असोजमा यो दर ८२ हजार रुपियाँमा झरेको छ ।   अलैँचीको सुरुको मूल्य करिब दुई सातासम्म कायम रहेको र भदौ तेस्रो सातादेखि मूल्य निरन्तर घटेको अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले जानकारी दिनुभयो । कारोबार सुरु भएको छोटो अवधिमै ठुलै रकमले मूल्य घट्न थालेपछि स्थानीय अलैँची व्यापारीलाई झस्काएको उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ५८ पटक पढिएको
  • धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

    इटहरी। धनकुटामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । पुरुषतर्फ प्रदेशस्तरीय बी लेभल, जिल्लास्तरीय बी लेभल र खुला भेट्रान्स राष्ट्रिय लेभल गरी तीन विधामा प्रतियोगिता सञ्चालन भइरहेको आयोजक शटल धनकुटा स्पोर्ट्स क्लबले जनाएको छ ।  शुक्रबारदेखि सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्नेछ । तीनवटै विधामा गरी ११० खेलाडीको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष सुजन श्रेष्ठले जानकारी दिनुभयो ।धनकुटाका विभिन्न स्थानीय तह, वडा तथा व्यक्तिको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगिता धनकुटाको बहुउद्देश्यीय सामुदायिक हलमा सञ्चालन भइरहेको छ ।  प्रदेशस्तरीय बी लेभल र खुला भेट्रान्स राष्ट्र

    • प्रकाशित मितिः असोज ३, २०८३
    • ७८ पटक पढिएको
  • बराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान र बक्तृत्वकला प्रतियोगिता

    इटहरी । बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अवसरमा रक्तदान  र बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा शुक्रवार बिहान रक्तदान र माध्यमिक ( कक्षा ११ र १२ ) स्तरिय बक्तृत्वकला प्रतियोगिता  आयोजना गरिएको हो । नगरपालिका कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ६९ पिन्ट रगत सङ्कलन भएको प्रशासन शाखा प्रमुख मातृका तिवारीले जानकारी दिनुभयो। ‘रक्तदान जीवनदान’ भन्ने मूल मर्मका साथ नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत राधिका गि

    • प्रकाशित मितिः असोज २, २०८३
    • ५० पटक पढिएको
  • वर्षाका कारण संखुवासभा अस्पतालको कम्पाउन्ड वाल भत्कियो, तीन घर जोखिममा

    इटहरी। अविरल वर्षापछि जिल्ला अस्पताल संखुवासभाको कम्पाउण्ड वाल भत्किएको छ ।वर्षाका कारण गएराति अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएको हो । अस्पतालको कम्पाउन्ड वाल भत्किएपछि अस्पताल आसपासका तीन घर पनि जोखिममा परेका छन् ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मित्रबहादुर गुरुङ, मौसम श्रेष्ठ र राज श्रेष्ठको घर जोखिममा परेका हुन् । वर्षा निरन्तर भइरहेकाले पर्खालको बाँकी संरचना समेत भत्किन सक्ने र थप क्षति हुनसक्ने स्थानीयले बताएका छन् । कम्पाउण्ड वाल कमजोर हुँदै गएको र जुनसुकै बेला भत्किन सक्ने अवस्थाबारे अस्पताल प्रशासनलाई प

    • प्रकाशित मितिः असोज २, २०८३
    • ११५ पटक पढिएको
  • धरानको महेन्द्र पथमा ‘नेपाली जुत्ता घर’को तेस्रो शाखा सञ्चालनमा

    इटहरी । स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवद्र्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ।  इटहरी र विराटचौकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथ स्थित एनआईसी एसिया बैंकको तल्लोपट्टि रहेको नयाँ मार्केटमा शाखा सञ्चालनमा ल्याएको हो। धरान शाखामा १०० प्रतिशत स्वदेशी उत्पादन मात्रै बिक्रीका लागि राखिएको सञ्चालिका रोजिना पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली जुत्ता घरमा रन सुज, स्मार्ट सुज, फस्र्टवाक सुज, शुल्याण्ड र बीएफ डियर हिल सुज गरी पाँचवटा नेपाली ब्राण्डका जुत्ता तथा चप्पल उपलब्ध छन्। ग्रा

    • प्रकाशित मितिः असोज २, २०८३
    • १४३ पटक पढिएको
  • तेह्रथुमको बसन्तपुरमा नेसनल गट ट्यालेन्ट सिजन–८ को अडिसन सम्पन्न

    इटहरी । स्थानीय कला, प्रतिभा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यसहित तेह्रथुमको बसन्तपुरमा नेसनल गट ट्यालेन्ट सिजन–८ को अडिसन सम्पन्न भएको छ । लालीगुराँस नगरपालिका–२, बसन्तपुरस्थित श्री बसन्त माध्यमिक विद्यालयको सभाहलमा आयोजित अडिसनमा ४३ जना प्रतिभाले गायन तथा नृत्य विधामा आफ्नो कला प्रस्तुत गरेका छन्। बालबालिका देखि युवा सम्मका प्रतिभाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । “कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाईं–हाम्रो उत्तरदायित्व” भन्ने मूल भाव सहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले गायन र नृत्य मार्फत आफ्नो क्षमता प्रद

    • प्रकाशित मितिः असोज २, २०८३
    • ८८ पटक पढिएको
  • आम्दानीको स्रोत बन्दै भटमास खेती

    इटहरी। भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन्। अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन्।भोजपुर नगरपालिका(५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताइन्। थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको भ

    • प्रकाशित मितिः असोज २, २०८३
    • ७८ पटक पढिएको
  • कोशी प्रदेश सरकारले संविधान दिवस भव्यताका साथ मनाउने, तयारी पूरा

    इटहरी। कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। असोज ३ गते बिहान साढे ६ बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ। शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ।मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ। त्यसै

    • प्रकाशित मितिः असोज २, २०८३
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]