समाज

    Showing ३,२७१-३,२८० of ११,१३० items.
  • पूर्वी तराईमा जुट प्रशोधनमा यान्त्रिकीकरणको सुरुआत, किसानलाई प्रविधिबाट प्रोत्साहन

    इटहरी । पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुवात गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए । अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास म

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २३५ पटक पढिएको
  • कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका ९ स्थित कोल्टारमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । माघ २९ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता आइतबार गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा समापन भएको हो । हसनपुर युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित उक्त प्रतियोगितामा पुरुष तर्फ हसनपुर भलिबल टिम विजेता बनेको हो । आमचोक गाउँपालिका ८ हैखाराङ भलिबल टिम उपविजेता बनेको हो । त्यस्तै महिला तर्फ हतुवागढी ५ होम्ताङ महिला भलिबल टिम विजेता र धनकुटाको साँगुरी गढी गाउँपालिकाबाट सहभागी टाङ्केरा महिला भलिबल टिम उपविजेता बनेको हो । प्रतियोगितामा पुरुषतर्फ विजेता

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५४ पटक पढिएको
  • रास्वपा सुनसरी–२ का उम्मेदवार लालबि क्रम थापाको चुनावी अभियान तीव्र

    इटहरी । आगामि फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार लाल बिक्रम थापा यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै जनतासँग प्रत्यक्ष भेटघाटमा सक्रिय रहनुभएको छ । सोमबार उम्मेदवार थापाले इटहरी उपमहानगरपालिकाका विभिन्न वडामा घरदैलो कार्यक्रम, टोलभेला तथा र्यालीमार्फत् मतदातासँग संवाद गर्दै थापाले विकास निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताउनुभएको छ । उहाँले सडक स्तरोन्नति, खानेपानी व्यवस्थापन, कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना तथा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ । थ

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३५२ पटक पढिएको
  • इलामको पश्चिमी क्षेत्रलाई लक्षित गर्दै दुई करोडको लगानीमा निर्मित नयाँ भवनबाट इलाका प्रशासन कार्यालय मङ्गलबारे सञ्चालनमा

    इटहरी । इलामको पश्चिमी क्षेत्रलाई लक्षित गरी निर्माण गरिएको नयाँ भवनबाट आजदेखि इलाका प्रशासन कार्यालय मङ्गलबारेले प्रशासनिक काम सुुरु गरेको छ ।भवन सघन सहरी तथा भवन निर्माण आयोजना झापाको प्राविधिक सहयोगमा सम्बन्धित कार्यालयको दुुई करोड रुपियाँ लगानीमा भर्खरै निर्माण सम्पन्न गरिएको भवनबाट काम सुुरु गरिएको कार्यालयका शाखा अधिकृत कमलप्रसाद भट्टराईले बताउनुभयो । यसअघि भाडामा रहेको कार्यालय अबदेखि आफ्नै भवनमा सरेको र जिल्लाका पश्चिमी क्षेत्रमा रहेका पालिकाहरू देउमाई नगरपालिका, माङ्गसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सेवाग्राही प्रत्यक्ष सेवा पाउने जनाइएको छ । कार्यालयबाट नागरिकता बनाउन

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २५८ पटक पढिएको
  • झापामा भदौ २४ गते भएको जेनजी’ आन्दोलनमा लुटिएको ९ एमएम पेस्तोलसहित दुई पक्राउ

    इटहरी। झापामा भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट हतियार लुट्ने कार्यमा संलग्न रहेको अरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।लागु औषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्ने क्रममा २२ वर्षीय सौगात थापा मगरले घर पछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाइराखेको अवस्थामा ९ एमएमको पेस्तोल एक थान, म्याग्जिन एक थान र ४० राउन्ड गोली बरामद गरेको प्रहरीको भनाइ छ । उक्त हतियारबारे अनुसन्धान गर्दा उक्त पेस्तोल र गोली भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३३५ पटक पढिएको
  • झापा क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी चरम उत्कर्षमा: केपी शर्मा ओली र बालेन्द्र साह एकैदिन दमकमा घरदैलोमा

    इटहरी । झापाको क्षेत्र नं। ५ मा प्रतिनिधि सभा सदस्य निर्वाचनको माहोल थप तातेको छ । नेकपा ९एमाले० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहले दमकमा नै चुनाव केन्द्रित घरदैलो सुरु गर्नुभएको छ । सोमबार विहानैदेखि ओली र साह दुबैजना निर्वाचन केन्द्रित कार्यक्रममा ब्यस्त रहनु भएको छ । ओली आज दमकका मुख्य बजार तथा भित्रि चोकहरुमा मतदातासँग र साह सुकुम्बासी तथा भित्रि गाउँहरुमा रहनुभएको छ । एकैसाथ एउटै नगरमा उहाँहरुको घरदैलो आजबाट सुरु भएको हो । आज १० भन्दा बढी स्थानहरुमा ओलीको भेटघाट तथा मतदाताको गुनासो सुन्ने स्थलहरु तय गरेर सोहीअनुसार निर्वाचन प्रचा

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • ३२४ पटक पढिएको
  • रामधुनीलाई विश्व सम्पदा सूचीमा पुर्‍याउने प्रतिबद्धतासहित यमुना केसी जनतामाझ

    इटहरी । प्रतिनिधि सभा सदस्यका लागि यमुना केसी, सुनसरी क्षेत्र नं। ४ की स्वतन्त्र उम्मेदवार, मुसा चिन्ह लिएर अहिले घरदैलो अभियानमा सक्रिय छिन्। विशेषगरी रामधुनी क्षेत्रका बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनले रामधुनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने आफ्नो प्रमुख एजेन्डा रहेको बताएकी छन्। जनताको बीच पुगेर उनी समस्या सुन्दै, आशा र भरोसा जगाउँदै अगाडि बढिरहेकी छन्। स्थानीयवासीले पनि विकास, पहिचान र धार्मिक–सांस्कृतिक महत्व बोकेको रामधुनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार हुने अपेक्षासहित उनको अभियानलाई सकारात्मक रूपमा लिएका छन्। केसीको भनाइमा, “रामधुनीको ऐतिहासिक र धार्मिक महत्व विश्वसामु चिन

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १९५ पटक पढिएको
  • परिवर्तनको सपना बोकेर जनतामाझ : स्वतन्त्र उम्मेदवार यमुना केसी. प्रति बढ्दो विश्वास

    सुनसरी | प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नं. ४ बाट स्वतन्त्र उम्मेदवारी दिएकी यमुना केसी यतिबेला जनताको घरदैलोमा पुग्दै आशा, भरोसा र परिवर्तनको सन्देश सुनाइरहेकी छिन्। राजनीतिक भाषणभन्दा जनताको पीडा सुन्ने शैलीका कारण उनीप्रति स्थानीय मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।टोल–टोलमा पुग्दा उनलाई वृद्धहरूको आशीर्वाद, युवाको साथ र महिलाको समर्थन मिलिरहेको छ। “हामीलाई बोल्ने होइन, सुन्ने नेता चाहिएको हो,” भन्ने जनताको आवाजलाई उनले आफ्नो अभियानको आधार बनाएकी छिन्।उनले सार्वजनिक गरेका मुख्य एजेन्डाहरू यसप्रकार छन् :रामधुनीलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल युवालाई स्वदेशमै रो

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २०३ पटक पढिएको
  • महभिर फोडेर दिक्तेल–तराई जोड्ने छोटो सडक निर्माण सुरु

    इटहरी ।  खोटाङ जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोधका रूपमा रहेको महभिर फोड्ने सुरु भएको छ । महभिरमा ठुलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । उक्त चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयका निवर्तमानमन्त्री भूपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ मा दुई करोड रुपियाँ बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रव्रिmयाबाट श्री कमला कस्ट्रक्सन एन्ड सप्लायर्स उदयपुरले एक करोड सात लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको प

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • २२८ पटक पढिएको
  • कोरामै बसेर एमालेका विनोद ढकालद्वारा मोरङ–६ का लागि ३० बुँदे प्रतिबद्धता सार्वजनिक

    इटहरी । फागुन २१ गते हुने निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ मा नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका विनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।  निर्वाचनका लागि कार्यकर्ता भेटघाटकै क्रममा गत बिहीबार बुवाको निधन भएपछि ढकाल अहिले कोरामा रहनुभएको छ । आइतबार कोराबाट ढकालले आफ्नो क्षेत्रका मतादातासमक्ष प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । मोरङ–६ का लागि एमालेले निर्वाचन कमान्डरको रूपमा केन्द्रीय सदस्य लालबाबु पण्डितलाई जिम्मेवारी तोकेको छ । केन्द्रीय सदस्य पण्डितले सो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो । ढकालको प्रतिबद्धतामा क्षेत्रगत पूर्वाधार योजनालाई प्राथमिकता

    • प्रकाशित मितिः फागुन ४, २०८२
    • १९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]