समाज

    Showing ३,१८१-३,१९० of ११,१३० items.
  • मदन भण्डारी लोकमार्गमा बस दुर्घटना, १५ घाइते

    इटहरी। मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको उदयपुरगढी गाउँपालिका–७, अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा। २ ख। ६२५७ नम्बरको ओखलढुङ्गे बस अचानक ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको हो ।दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर र कटारी नगरपालिका–२ की ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं। ५ गण त्रियुगाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन भण्डारीको कमान्डमा १३ जना र अस्थायी प्रहरी पोस्

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २०२ पटक पढिएको
  • सुनसरी–४ मा रास्वपाका उम्मेदवार दिपक कुमार साहः ‘नेपाल टुक्राउने’ अभियानदेखि एक दर्जन बढी विवादको घेरामा

    काठमाडौ । सुनसरी–४  प्रतिनिधि सभा सदस्यका लागि सुनसरी क्षेत्र नम्बर ४ मा चुनावी माहोल तातिँदै जाँदा दिपक कुमार साह पुनः एकपटक सार्वजनिक बहसको केन्द्रमा तानिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका साह वैकल्पिक राजनीतिको एजेन्डासहित मैदानमा उत्रिए पनि उनको विगत भने विभिन्न विवाद, दल परिवर्तन र आन्तरिक संघर्षका कारण आलोचनाको विषय बन्दै आएको छ। समर्थन र शंकाको दोधारबीच उभिएका साहमाथि विगतमा लागेको निलम्बन, घुसकाण्ड आरोप, कालोमोसो प्रकरण र प्रहरी उजुरीजस्ता घटनाले चुनावी समीकरणमा नयाँ तरंग पैदा गरेको छ।‘स्वराज’ अभियान र विगतका अभिव्यक्तिसाहको नाम पहि

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १,७६३ पटक पढिएको
  • मोरङको एक कृषि फार्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति

    इटहरी । मोरङ रंगेलीमा रहेको कृषि फार्ममा सोमबार बिहान आगलागी हुँदा ११ लाख बराबरको क्षति भएको छ । रंगेली नगरपालिका–२ मंगलबारेमा टिकुमाया अधिकारीको नाममा दर्ता रहेर जीवन अधिकारीले सञ्चालन गर्दै आएको फार्ममा बिहान ५ः४५ बजेतिर आगलागी सुरु भएको थियो । टिनको छानो र बाँसको टाटीबेरा भएको भुइँ तले फार्ममा लागेको आगो नियन्त्रणमा लिन एक घण्टाभन्दा बढी समय लागेको प्रहरीले जनाएको छ । दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीमा परेर फार्मभित्र रहेका ३ वटा खसी मरेका छन् । आगोले फार्मसहित त्यहाँभित्र रहेको धान, कोदो, मकै, गहुँ, काठपात, युरिया र डीएपी मल ध्वस्त भएको छ । प्रहरीक

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १९३ पटक पढिएको
  • भोजपुर वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु

    इटहरी ।  भोजपुरको रामप्रसाद राई गाउँपालिका–६ वैकुण्ठेका किसानले व्यावसायिक स्याउ खेती सुरु गरेका छन् । वडाले स्याउ खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय किसान सङ्गठित रूपमै यसतर्फ आकर्षित भएका हुन् । बाक्पा, भामला, माथिल्लो छापगाउँको दिङ्ला र चोक्ताङ क्षेत्रमा करिब एक हजार उन्नत जातका स्याउका बिरुवा विस्तार गरिएको छ । सोलुखुम्बुबाट ल्याइएका कलमी बिरुवा किसानलाई वितरण गरिएको हो ।  गत वर्ष साम्के र तामालुङ गाउँमा मात्रै १०० रोपनीभन्दा बढी क्षेत्रफलमा करिब एक हजार ८०० बिरुवा रोपिएको थियो। स्थानीयवासी पाण्डव राईका अनुसार साम्के र तामालुङका ३६ जना किसानले १०० रोपनी क्षेत्रफलमा

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २२२ पटक पढिएको
  • कन्याममा बनेको चिया परीक्षण तथा अनुसन्धान केन्द्र सञ्चालनको तयारी सुरु

    इटहरी ।  इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनको पहल सुरु गरिएको छ । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड रुपियाँभन्दा बढी लागतमा नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले पहल थालेको हो । केन्द्रको भवन निर्माण भएर पनि उपकरण र प्राविधिक जनशक्त्किा कारण केन्द्र सञ्चालनमा आउन सकेको थिएन । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेप, प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, हात्तीसार क्याम्पस धरानका

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • २२१ पटक पढिएको
  • टेम्केमैयुङ गाउँपालिकामा दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना

    इटहरी । भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा आधारभूत स्वास्थ्यसेवा पु¥याउन टेम्केमैयुङ गाउँपालिकाले आवश्यक पहल गरेको छ । आधारभूत स्वास्थ्यसेवा लिन स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यहाँका दुर्गम ६ स्थानमा आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको हो । यहाँका नौवटै वडामा एक÷एक वटा स्वास्थ्य चौकी रहे पनि स्वास्थ्य चौकीसम्म पुग्न टाढा दूरी पार गर्नुपर्ने नागरिकलाई लक्षित गरेर आधारभूत स्वास्थ्य इकाइ सञ्चालनमा ल्याइएको छ । दुर्गम तथा भौगोलिक रुपमा ठूलो रहेको यस गाउँपालिकाका स्थानीयले स्वास्थ्यसेवा लिन तीनदेखि पाँच घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँप

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • १९६ पटक पढिएको
  • एन्फा महिला च्याम्पियनसिप उपाधि एपिएफको पोल्टामा

    इटहरी । एन्फा महिला च्याम्पियनसिपको उपाधि विभागीय टोली एपिएफ क्लबले जितेको छ ।उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न च्याम्पियनसिपमा एपिएफले विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।एपिएफलाई उपाधि जिताउन गीता राना‌ र रेनुका नगरकोटेले गोल गर्नुभयो । आर्मीका लागि जेनिफर राईले सान्त्वना गोल गर्नुभयो । उपाधिसहित एपिएफले सात लाख ५० हजार रुपियाँ पुरस्कार पायो ।उपविजेता आर्मीले पाँच लाख रुपियाँ प्राप्त गरेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २७३ पटक पढिएको
  • सुनसरी–२ मा राजिव कोइरालाको प्रतिबद्धता सार्वजनिक स् “बदलियो कांग्रेस, बदलौँ देश” नारासहित मत माग्दै

    सुनसरी । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार राजिव कोइरालाले आफ्नो प्रतिबद्धतासहित मतदातासामु प्रस्तुत भएका छन्।सुनसरी क्षेत्र नं। २ बाट उम्मेदवारी दिएका कोइरालाले “बदलियो कांग्रेस, बदलौँ देश” भन्ने नारासहित आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन्। प्रचार सामग्रीमार्फत उनले स्वच्छ छवि, विकासप्रेमी नेतृत्व र स्थिर राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।उनको प्रतिबद्धतामा प्रत्येक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमानको रक्षा गर्ने, युवालाई स्वदेशमै रोजगारी र नविन सोचमा प्रोत्साहन गर्ने तथा विदेशिएका नेपालीको ज्ञान, सीप र पुँजीलाई मातृभूमिसँग जोड्ने उल्

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ३०२ पटक पढिएको
  • भोजपुरको अरुण गाउँपालिका ६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट

    इटहरी । भोजपुरको अरुण गाउँपालिका(६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असइ द्रोण खत्रीले जानकारी दिए। आगलागी भएको स्थान धनकुटा र भोजपुरको सीमा अरुण नदी छेउमा पर्छ । आगलागीको कारण खुलेको छैन । घटनाबाट भएको क्षतिको विस्तृत

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • ५७८ पटक पढिएको
  • यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण

    इटहरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने

    • प्रकाशित मितिः फागुन १०, २०८२
    • २११ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]