समाज

    Showing ३,१३१-३,१४० of ११,१३० items.
  • धनकुटा–इटहरी सम्पर्क समाजको भवन शिलान्यास सम्पन्न

    इटहरी । धनकुटा इटहरी सम्पर्क समाजका अध्यक्ष देशबधु कार्कीको नेतृत्वमा समाजको आफ्नै भवन निर्माण कार्यको शुभारम्भ गरिएको छ । बिहीबार इटहरी–२ मायाघर पछाडि आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल द्वारा भवन शिलान्यास सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष कार्कीले भवन निर्माण समाजको दीर्घकालीन सपना भएको उल्लेख गर्दै यसले इटहरीमा बसोबास गर्ने धनकुटेलीहरूलाई अझ संगठित र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो। इटहरी–सुनसरी क्षेत्रमा बसोबास गर्दै आएका धनकुटेलीहरूको साझा संस्था धनकुटा–इटहरी सम्पर्क समाजले संस्थागत विकास र दीर्घकालीन स्थायित्वको लक्ष्यसहित भवन निर्माण कार्य अघि ब

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • ३०८ पटक पढिएको
  • नेपाली काङ्ग्रेस इटहरी–२० मा बृहत् चुनावी भेला सम्पन्न

    इटहरी | नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिका वडा नम्बर २० को आयोजनामा बृहत् चुनावी भेला सम्पन्न भएको छ।इटहरी–२० मा आयोजित उक्त भेलामा राजिव कोइराला लाई विजयी गराउने लक्ष्यसहित कार्यक्रम नेपाली काङ्ग्रेस इटहरी–२० का सभापति अर्जुन बस्नेतको अध्यक्षतामा तथा पार्टीका केन्द्रीय सदस्य, सुनसरी क्षेत्र नं. २ का निर्वाचन प्रचार–प्रसार संयोजक एवं पूर्व नेपाल विद्यार्थी संघ सभापति राजिव डुंगाना को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।भेलामा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर २ का उम्मेदवार राजिव कोइरालालाई अत्यधिक मतले विजयी गराउन सबै नेता–कार्यकर्तालाई सक

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • ५८० पटक पढिएको
  • आचारसंहिताको कडाइका साथ पालना गर्न निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको आग्रह

    इटहरी । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न पुनः आग्रह गर्नुभएको छ । शुक्रबार कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा निर्वाचन सुरक्षा सम्बन्धी छलफलमा सहभागी भएर विराटनगर पुग्नुभएका भण्डारीले सञ्चारकर्र्मीसँग कुरा गर्दै आचारसंहिता उल्लंघनसम्बन्धी प्राप्त सम्पूर्ण उजुरीहरु फागुन २० गतेभित्र टुङ्ग्याइने समेत बताउनुभयो । उहाले निर्वाचनको मौन अवधि सुरु हुनुअघि नै उजुरीहरुको अन्तिम निर्णय गरिने जानकारी दिनुभयो ।  उहाका अनुसार हालसम्म आचारसंहिता उल्लंघन सम्बन्धी करिब १

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १९३ पटक पढिएको
  • काम र लगनशीलताले जनताको मन जित्दै भगवती चौधरी

    इटहरी । सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगवती चौधरीप्रति मतदाताको आकर्षण क्रमश बढ्दै गएको छ । उहाँको शालीन अभिव्यक्ति संयमित प्रचार शैली तथा विकासमुखी छविका कारण स्थानीय तहमा सकारात्मक प्रतिक्रिया देखिएको बताइन्छ। चौधरीले आफूले गर्न नसक्ने झुट आश्वासन नदिने प्रतिस्पर्धी उम्मेदवारको व्यक्तिगत आलोचना नगर्ने भ्रष्टाचार नगर्ने तर सुशासनका पक्षमा दृढ रुपमा उभिने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । उहाँका अनुसार राजनीति सेवा र परिणामसँग जोडिनुपर्ने विषय भएकाले व्यवहारमै देखिने कामलाई प्राथमिकता दिएको हो। उम्मेदवार चौधरीले अघिल्लो निर्वाचनमा विजयी भएपछि तीन वर्षको अवधिमा करिब ३ अर्ब २१ कर

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २६१ पटक पढिएको
  • चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली द्धारा स्पष्ट

    इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा ओलीले चुनावलाई निष्पक्ष, धाँधली रहित बनाउन सरकार गम्भिर नदेखिएको आरोप लगाउदै कुनै पनि प्रकारका धाँधली स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो । उहाले प्रचार–प्रसार र निर्वाचनका क्रममा कुनै अनुचित क्रियाकपाल भए त्यसलाई रोक्नुपर्ने बताउनुभयो । ओलीले असंवैधानिक तरिकाले नभइ लोकतान्त्रिक र संवैधानिक बाटोबाट देशको समस्याको समाधान होस् भन्ने एमालेले चाहेको धारणा राख्नुभयो । उहाले मुलुकमा भइरहेको संसद भंग गरेर आगो लगाउने र

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २५८ पटक पढिएको
  • फागुन २१ का लागि कोशीका भारत–चीन सीमामा उच्च सतर्कता, ७२ घण्टा नाका बन्द

    इटहरी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कोशी प्रदेशको नेपालसंग जोडिएको भारत र चीनको सिमानाकाहरुमा दुबै देशका सुरक्षा अधिकारीहरुले सुरक्षा सतर्कता बढाउने भएका छन् । भारततर्फ जोडिएको करिब ४ सय २८ किलोमिटर सिमा क्षेत्रमा दुबै देशका सुरक्षा अधिकारीहरुले संयुक्त गस्ती गर्ने सहमति भएको छ । यसैगरी ७२ घण्टा अगाडि अर्थात फागुन १८ गते देखि मतदान भएको राती १२ बजे सम्म नेपाल भारत सिमा सिल गर्ने सहमति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । कोशी प्रदेशको चीनसंगको करिब २ सय ५८ किलोमिटर सिमानामा त्यति समस्या नभएपनि

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २०६ पटक पढिएको
  • धनकुटामा मर्यादित होली मनाउन प्रशासनको आग्रह, अवाञ्छित गतिविधिमा रोक

    इटहरी ।  फागु (होली) पर्व नजिकिँदै गर्दा धनकुटा प्रशासनले मर्यादित र सभ्य रूपमा पर्व मनाउन आग्रह गरेको छ। पहाडी क्षेत्रमा यस पटक फागुन १८ मा होली मनाइँदै छ । जिल्ला प्रशासन कार्यालय धनकुटाले होलीको अवसरमा कसैको इच्छा विपरीत रङ्ग लगाउने, लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, जबरजस्ती अबिर दल्ने जस्ता गतिविधि नगर्न अनुरोध गरेको हो। साथै मादक तथा नशालु पदार्थ सेवन गरी सवारी साधन चलाउने, झैझगडा गर्ने, सार्वजनिक स्थानमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजागाजा बजाउने लगायतका अवाञ्छित क्रियाकलाप गर्नमा रोक लगाइएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले जनानुभयो। रेग्मीले कसैको

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २४४ पटक पढिएको
  • ‘युवाको भविष्य बदल्न एग्रेसिभ काम गर्छु’ — सुनसरी–२ का उम्मेदवार सुजन लामा

    इटहरी । सुनसरी क्षेत्र नम्बर २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सुजन लामा ९३८ वर्ष० ले आफूलाई दोस्रो पुस्ताको एमाले नेताका रूपमा प्रस्तुत गरेका छन्। उनले बाल्यकालदेखि नै राजनीतिमा चासो राख्दै २०५४ सालको स्थानीय तह निर्वाचनमा आमाबुवासँगै पहिलो पटक एमालेको झण्डा बोकेर प्रचारप्रसारमा सहभागी भएको स्मरण गरेका छन्।उनी २०६५ सालदेखि सक्रिय राजनीतिमा लागेका हुन्। हाल उनी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को जिल्ला कमिटि सदस्यका रूपमा कार्यरत छन्। यसअघि २ नं। क्षेत्रीय कमिटि सदस्य, नगर कमिटि सचिवालय सदस्यजस्ता जिम्मेवारी सम्हालिसकेका छन्। साथै युवा संघ नेपाल मा जिल्ला अध्यक्ष हुँदै अहिले प्रदेश कम

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • ४३५ पटक पढिएको
  • मोरङ–१ मा पुराना प्रतिस्पर्धीमध्ये एक बाहिरिएपछि नयाँ समीकरणस् १७ उम्मेदवारबीच कडा भिडन्त

    इटहरी । मोरङ० स् ६० वटा मतदान स्थल र १ लाख २८ हजार ५४५ मतदाता रहेको मोरङ क्षेत्र नम्बर १ यसपटकको निर्वाचनमा अत्यन्त रोचक प्रतिस्पर्धाको केन्द्र बनेको छ। विगतका तीन निर्वाचन ९२०७०–२०७९० सम्म निरन्तर प्रतिस्पर्धा हुँदै आएको दुई प्रमुख पात्र — डिगबहादुर लिम्बू ९नेपाली कांग्रेस० र घनश्याम खतिवडा ९नेकपा एमाले० — मध्ये यसपटक लिम्बू मैदानमा छैनन्। यसले चुनावी समीकरणलाई नयाँ मोड दिएको विश्लेषकहरू बताउँछन्।कांग्रेसले पुरानो अनुहार हटाउँदै नयाँ नेतृत्वलाई अघि सार्ने रणनीति अपनाएको छ। सोहीअनुसार पार्टीले उर्लाबारी नगरपालिका का पूर्वप्रमुख खड्ग फागो लाई उम्मेदवार बनाएको छ। उनी स्थानीय तहको अनुभव र संगठनात

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २४८ पटक पढिएको
  • मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    इटहरी । मोरङको बेलबारीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–२ मा दुर्घटना भएको हो । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३५ प ९७५९ नम्बरको मोटरसाइकलले उत्तरबाट दक्षिणतर्फ बाटो क्रस गर्दै गरेका पैदलयात्री बेलबारी–२ लालभित्तीका अन्दाजी ७९ वर्षीय जसबहादुर राईलाई बिहीबार दिउँसो १ः३० बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरियो । उपचारकै क्रममा राति १० बजेतिर राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताउनुभयो । दुर्घ

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]