समाज

    Showing २,९८१-२,९९० of ११,१२२ items.
  • झापामा मेसिनबाट चैते धान रोपाइँ बढ्दो, तर कम मूल्य र नगदे बालीतर्फ आकर्षणका कारण खेती घट्ने संकेत

    इटहरी । झापामा फागुनको दोस्रो सातादेखि चैते धान लगाउन सुरु भएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार पछिल्लो समयमा किसानले जिल्लाभर नै चैते धान लगाउने गरेका छन् ।फागुनको मध्यदेखि सुरु भएको चैते धान रोपाइँ चैतको दोस्रो सातासम्म चल्ने गरेको बताइएको छ । कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार धेरै जसो ठाउँमा परम्परागत खेती प्रणालीलाई छाडेर मेसिनबाट धान रोप्ने गरिएको छ ।विभिन्न साना किसान सहकारी र समूहमार्फत जिल्लामा हाल १० वटा धान रोप्ने मेसिन ९ट्रान्सप्लान्टर० बाट धान रोपाइँ हुँदै आएको छ । परम्परागत रूपमा धान रोप्नेको पनि कमी छैन ।मेसिनको प्रयोगले श्रम र लागत घटाउने भएकाले किसान त्य

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १९८ पटक पढिएको
  • मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित

    इटहरी। मोरङ क्षेत्र नं ६ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्य निर्वाचित हुनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ६ द्वारा शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम निर्वाचनको मतपरिणामअनुसार आचार्यले ५५ हजार ५१३ मत प्राप्त गरि निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।उहाँले प्रतिस्पर्धीमा नेपाली कांग्रेसका डा शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभएको छ । त्यस्तै  नेकपा ९एमाले०का विनोदप्रसाद ढकालले आठ हजार ३१७, श्रम संस्कृति पार्टीका मातृका पौडेलले तीन हजार ४०० र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन निरौलाल

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • १८१ पटक पढिएको
  • तेह्रथुममा कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी

    इटहरी । तेह्रथुममा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार भानुभक्त ढकाललाई आठ सय ७९ मतलेपछि पार्दै सुब्बाले जीत हासिल गर्नु भएको हो । सुब्बाले कुल ११ हजार ५६१ मत प्राप्त गर्दा ढकालले दस हजार ६८२ मत प्राप्त गर्नुभयो ।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्की सात हजार ७३७ मत तथा श्रम संस्कृति पार्टीका सुविन्द्र कुमार लिम्बु पाँच हजार दुई सय मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत दिलकुमार बर्देवाले जानकारी दिनुभयो ।४८ वर्षीय सुब्बा म्याङलुङ नगरपालिकाका निवासी हुनुहुन्छ । यसअघि २०७९ सालको प्रदेशसभा निर्वाचनमा उहाँ एमालेका उम

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २२७ पटक पढिएको
  • मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित

    इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।बिहीबार सम्पन्न निर्वाचनको शनिबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिनुभयो ।निर्वाचन अधिकृत कार्यालय क्षेत्र नं ४ का अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेपाली कांग्रेसका  महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै  नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदीले १० हजार ७६२ मत, नेकपा एमालेका जीवन घिमिरेले छ हजार ९३३ मत प्राप्त गर्नुभएको ।सो निर

    • प्रकाशित मितिः फागुन २३, २०८२
    • २०९ पटक पढिएको
  • सङ्खुवासभाका चार मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो

    इटहरी । सङ्खुवासभामा बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ । भौगोलिक रूपमा निकै विकट सडक सञ्जाल नपुगेका भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रका चारवटा मतदान केन्द्रका मतपेटिका आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो भने प्रतिकूल मौसमका कारण भोटखोलाको दूधपोखरी आधारभूत विद्यालय थुदामको मतपेटिका शनिबार बिहान ल्याइने भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका र सिलिचोङ गाउँपालिकाभित्रका चारवटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनुभय

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१५ पटक पढिएको
  • समानुपातिक गणनाको शुरुआती चरणमा पनि रास्वपाको फराकिलो अग्रता

    काठमाण्डौ । प्रतिनिधिसभा चुनावको मतगणनामा प्रत्यक्षतर्फ ठूलो अग्रता लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले समानुपातिकतर्फको शुरुआती गणनामा पनि फराकिलो अग्रता लिन थालेको छ ।देशभरका निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म १९ हजार ७२८ मतगणना भएकोमा रास्वपाले ११ हजार ५६२ मत पाएको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३ हजार ६६४, तेस्रोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले १ हजार ७५२ र चौथोमा रहेको नेकपा एमालेले १ हजार १५२ मत पाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २०६ पटक पढिएको
  • धनकुटामा श्रम संस्कृति पार्टीको अग्रता

    इटहरी । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा श्रम संस्कृति पार्टीले अग्रता बनाएको छ ।अपराह्न ४ बजेसम्मको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १ हजार ५९० मत प्राप्त गर्दै अग्रता बनाउनुभएको हो । उहाँ प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा अग्रस्थानमा रहनुभएको छ ।त्यसैगरी नेकपा ९एमाले० का राजेन्द्र राईले १ हजार ४०, नेपाली कांग्रेसका दिनेश राईले ७३४, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दिनेश भण्डारीले १४४ र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का धर्मराज पौडेलले २५ मत प्राप्त गर्नुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३५ पटक पढिएको
  • रुकुम पूर्वमा प्रचण्ड विजयी

    इटहरी ।  रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् ।अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् ।यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब गणना गर्न ३ हजार ३६५ मत गणना गर्न बाँकी छ । गणना गर्न बाँकी रहेको मतभन्दा प्रचण्ड ५ हजार ४६० मतले अगाडि छन् । मतगणना पूरा गर्न र औपचारिक घोषणा भने हुन बाँकी छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २०६ पटक पढिएको
  • देशैभर रास्वपाको पक्षमा लहरः ९४ स्थानमा सबैभन्दा अगाडि, कांग्रेस–एमाले दबाबमा

    इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले महत्वपूर्ण अग्रता कायम गरेको छ। पछिल्लो परिणामहरूले नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको प्रभाव अझ प्रष्ट देखाएको छ।हालसम्मको तथ्यांक अनुसार रास्वपाले ९४ स्थानमा अग्रता लिएको छ र १ स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ। अन्य प्रमुख दलहरू भने यसबेला तुलनात्मक रूपमा पछाडि देखिएका छन्। पछिल्ला विवरणअनुसार नेपाली कांग्रेसले १ क्षेत्रमा जित निकाल्दा ११ क्षेत्रमा अग्रता बनाएको छ। नेकपा एमाले ९ स्थानमा अग्रता बनाएको छ। 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २४७ पटक पढिएको
  • हर्क साम्पाङको क्षेत्रमा रास्वपाको उछाल, घण्टी तेब्बर मतले अगाडि

    इटहरी । सुनसरी(१ मा हर्क साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अग्रता कायम गरेको छ ।अहिलेसम्म प्राप्त मतगणना परिणाम अनुसार सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन तामाङ ले १ सय ४२ मत पाएका छन् ।त्यस्तै, श्रम संस्कृति पार्टीका हर्क साम्पाङले भने ४९ मत मात्र पाएका छन् । यता काँग्रेसका सुरेन्द्र गोलेले ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्दव श्रेष्ठले ३४ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले १२ मत पाएका छन् भने एमालेले पनि १२ मत पाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २४४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]