इटहरी। ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निःशुल्क दन्त उपहार शिविर सञ्चालन हुने भएको छ । विशेषगरी ज्येष्ठ नागरिकलाई लक्षित गरी गाउँपालिकाले निःशुल्क दन्त उपहार शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेका अनुसार यही चैत १५ र १६ गते पालिकाको प्रशासकीय केन्द्र तेल्लोकमा शिविर सञ्चालन हुने भएको छ । पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि इटहरीको प्राविधिक सहयोगमा गाउँपालिकाले निःशुल्क दन्त शिविर सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले जानकारी दिनुभयो ।गाउँपालिका उपाध्यक्ष डा। चित्रकुमार माबो लिम्बूका अनुसार शिविरमा शिविरमा सबै उमेर समूहक
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार रु २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभययो । उहाँका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार रु २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताउनुभयो । ती सबै परिवारल
इटहरी। विराटनगर–११ स्थित आरोग्य खाद्य उद्योग (कुटानी–पिसानी मिल) का सञ्चालक विजय बरालले गत वर्ष चार हजार पाँच सय रुपियाँ प्रतिमन तोरी खरिद गरेर पाँच हजार प्रतिमनले बिक्री गर्नुभयो । आफ्नै मिलमा तोरी पेलेर निकालेको तेल चार सय रुपियाँ प्रतिलिटरमा बिक्री भएको थियो । मोरङ, सुनसरी, झापामा उत्पादन हुने तोरी खरिद गरेर कच्चा वा तेल बिक्री गर्ने गरेका बरालले यस वर्ष भने कच्चा तोरी अभाव झेल्नु परेको छ । कच्चा तोरी खरिद गर्दा पनि छ हजार पाँच सय प्रतिमन मूल्य किसानको खेतमै बुझाउनुपर्ने भएको छ । कच्चा तोरी विराटनगरमा बिक्री गर्दा सात हजार प्रतिमन पुग्छ । बरालका अनुसार किसानको खेतबाट तोरी उठाएर मिलसम्म ल्या
इटहरी । ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदी रिफाइन (प्रशोधन) गर्न सुरु गरिएको छ । दर्शनार्थीले पाथीभरामा चढाएको सुन तथा चाँदी प्रशोधनको कार्य बुधबारबाट सुरु गरेको हो । तीर्थयात्रीले मन्दिरमा चढाएको सुनचाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गर्न सुरु गरेको छ । सुनचाँदी व्यवस्थापन उपसमितिका संयोजक चेतराज घिमिरेका अनुसार करिब ६७ तोला सुन र ४३ केजी चाँदी रिफाइन गर्न सुरु गरिएको हो । कार्यालयका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार २०८० पुस २५ गतेदेखि हालसम्म दर्शनार्थीले चढाएको सुन तथा चाँदी रिफाइन गर्न सुरु गरिएको छ । जिल्लाका सुनचाँदी व्
इटहरी । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं। १० स्थित माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रीतिरिवाज, परम्परा, वेशभूषा, खानपान र संस्कृति देख्न र हेर्न सकिने गरी धिमाल जीवित सङ्ग्रहालय र धिमाल घरबास नर्माण गरिएको हो । बेलबारी –१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । १२१ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्
इटहरी । मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो । प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको जानकारी दिएको छ । बुढीगंगाको बाँसबारीस्थित गोकुवा चोकबाट पूर्वतर्फ रहेको सो बस्तीमा दिउँसो करिब २ बजेतिर सोनु ऋषिदेवको घरबाट आगो लाग्न सुरु भएको थियो । कच्ची र टाटीबेरा गरिएको घरमा आगो तीब्र गतिले फैलिएको थियो । आगलागीका कारण घरभित्र भएका ग्यास सिलिण्डर विष्फोट हुँदा आगो फैलिएर थप घरहरुमा क्षति पुगेको हो । घटनाको जानकारी पा
इटहरी । उदयपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। उदयपुरगढी गाउँपालिका–६ कटारी चोकमा बुधवार बिहान करिब १०ः४५ बजे भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सदरमुकाम गाईघाटबाट पश्चिमतर्फ कटारी जाँदै गरेको बागमती प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक बराहपोखरी गाउँपालिका–५ निवासी करिब ३० वर्षीय भूपाल राईलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो।उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ
इटहरी । मोरङको रंगेली नगरपालिकामा पहिलोपटक आमाको नामबाट नेपाली नागरिकता वितरण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा इलाका प्रशासन कार्यालय रंगेलीमार्फत सेवा सुरु गरिएको हो।यसअघि आमाको नामबाट नागरिकता लिन सेवाग्राहीहरूलाई विराटनगर पुग्नुपर्ने बाध्यता थियो। दूरी, खर्च र समयका कारण धेरै नागरिकहरू अधिकारबाट वञ्चित हुने अवस्था रहेको थियो। उक्त समस्यालाई मध्यनजर गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल स्वयं रंगेली पुगेर सेवा प्रवाह सुरु गरेका हुन्। उनले नागरिकलाई आधारभूत अधिकार दिलाउन प्रशासन घरदैलोमै पुग्नुपर्ने नीति अनुसार काम भइरहेको बताए।रंगेली नगरपालिका–६ का कपिल कर्मकार र व
इटहरी। ताप्लेजुङमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम फुङ्लिङस्थित हुलाक लाइनमा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी मङ्गलबारदेखि सेवा प्रारम्भ गरिएको हो ।जिल्ला आर्थिक गणना अधिकारी जीतेन्द्र बैठाले आर्थिक गणना कार्यालय स्थापना भएसँगै सेवा प्रारम्भ एको जानकारी दिनुभयो । जिल्ला आर्थिक गणना कार्यालयमा तीन जना सुपरीवेक्षक र १८ जना गणकसहितका जनशक्ति कार्यरत रहने पनि गणना अधिकारी बैठाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रीय तथ्याङ्क विभागमार्फत छनोट भएका सुपरीवेक्षक तथा गणक जिल्ला तहको जिम्मेवारीमा आउनु भएको हो । ताप्लेजुङका लागि छनोट भएका सुपरीवेक्षक र गणकलाई चैत अन्तिम स
इटहरी । खोटाङमा भएको हेलिकोप्टर दुर्घटनामा कसैको ज्यान गएको छैन, एक जना घाइते हुनुभएको छ । सुरुमा लास लिएर आएको हेलिकोप्टर दुर्घटना भएको भनिए पनि दुर्घटनाग्रस्त हेलिकोप्टरमा लास नभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीले बताउनुभयो । हेलिकोप्टरमा लास राखिएको बाकस नअटेपछि लास गाडीबाट पठाएर मृतकका आफन्त हेलिकोप्टरमा गाउँ आएको पाइएको डिएसपी बुढाथोकीले बताउनुभयो । शवको दाहसंस्कार गर्न गाउँ आएका स्थानीय चढेको हेलिकोप्टर केपिलासगढी गाउँपालिका–२, खार्ताम्छाको बालाबेसीमा बुधबार दिउँसो १२ बजे दुर्घटना भएको हो । काठमाडौँबाट बालाबेँसी पुगेर ल्यान्ड गर्ने क्रममा एयर डाइनेस्टिको हे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.