समाज

    Showing २,५२१-२,५३० of ११,१२२ items.
  • पथरी बजार क्षेत्रमा सडक बनाउन आफ्नो घर आफैँ भत्काउँदै

    इटहरी । पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत मोरङको पथरी बजार क्षेत्रमा छ लेनको सडक कायम गर्न सडकभित्र परेका घरटहरा घरधनी आफैँले हटाउन सुरु गरेका छन् । सडकको ५० मिटर क्षेत्रभित्र बजारका ८१ वटा घरटहरा पर्छन् । अधिकांश घरटहराको अधिकतम छ फिटसम्म सडक क्षेत्रमा परेको छ । २०७६ सालमा सडकको डिपिआर गर्दा पथरी बजार क्षेत्रलाई अर्धसहरी क्षेत्र मानेर सडक ३३ मिटर चौडाको बनाउने निर्णय भएको थियो । स्थानीय सङ्घर्ष समितिले पूर्ण सहरी मापदण्ड अनुसार सडक ५० मिटरको बनाउन माग गर्दै काम रोकेपछि आयोजना प्रमुख, नगरपालिका र स्थानीय उपभोक्ताबिच सडक ५० मिटर बनाउने आन्तरिक सहमति जुटेको पथरी शनिश्चरे नगरपालिकाका प्रमुख म

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २३३ पटक पढिएको
  • इटहरी गोल्डकप–२०८२ चैत ३० गतेदेखि सुरु हुँदै

    इटहरी / १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप–२०८२ यही चैत ३० गतेदेखि इटहरी रंगशालामा सुरु हुने भएको छ। प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।प्रतियोगितामा नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहनेछ। विजेताले रु. १० लाख र उपविजेताले रु. ५ लाख पुरस्कार पाउनेछन्।राष्ट्रिय जागृति क्लबद्वारा आयोजना गरिने उक्त प्रतियोगिताले पूर्वी नेपालको फुटबल विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। 

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २६४ पटक पढिएको
  • रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने

    इटहरी ।  उदयपुरको प्राकृतिक, धार्मिक र सांस्कृतिक धरोहरका रूपमा रहेको रौतापोखरी क्षेत्रमा ‘प्रथम रौतामाई–त्रियुगा पर्यटन महोत्सव’ हुने भएको छ ।  ‘कला, संस्कार र संस्कृतिको उत्थान तथा पर्यटन प्रवर्धन’ भन्ने आदर्श वाक्यसहित रौता क्षेत्रको सांस्कृतिक र धार्मिक महत्वलाई राष्ट्रव्यापी बनाउने उद्देश्यले पहिलोपल्ट महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनमार्फत आगामी २०८२ चैत २९ देखि २०८३ वैशाख ३ सम्म महोत्सव सञ्चालन गरिने जानकारी दिएको हो । कोशी प्रदेश अन्तर्गत पर्ने उदयपुरको रौतामाई गाउँपालिका–६ मा अवस्थित रौतापोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहास

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७८ पटक पढिएको
  • प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन साढे चार हजार भक्तजनको दर्शन

    इटहरी । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् । तीन हजार ७९४ को उचाइमा रहेको पाथीभरा मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्या बढिरहेको छ । विषेश गरी अहिले पाथीभराको सिजन भएका कारण पनि मन्दिर आउनुहुने भक्तजनको सङ्ख्या बढेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । रामनवमीको समयमा भक्तजन सङ्ख्या धेरै हुने गरे पनि यो वर्ष वर्षाका कारण प्रभाव परेको थियो । तर, अहिले मौसम सफा भए सँगै पाथीभरामा दर्शनार्थीको सङ्ख्या पनि बढेको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १४७ पटक पढिएको
  • पूर्वी नाकामा पर्यटक र बिरामी तानातान गर्ने कार्य बन्द

    इटहरी । नेपालको पूर्वी नाका झापाको काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने पर्यटक तथा बिरामी यात्रीलाई तानातान गर्ने कार्य रोकिएको छ । भारतका विभिन्न स्थानबाट आँखाको उपचार तथा अन्य विभिन्न प्रयोजनका लागि आएका यात्रीलाई बसपार्क तथा बजार क्षेत्रमा तानातान गरी दुर्व्यवहार हुने गरेको गुनासोपछि प्रहरीले कडाइ गरेको हो ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सीमा नाका काँकरभिट्टामा यात्रीलाई तानातान गरी दुःख दिने २४ जनालाई नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरिएको छ । पुनः यस्तो कार्य दोहोर्‍याएमा आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।मेची भन्सार कार्यालय, बसपार्क तथा बजार

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९२ पटक पढिएको
  • ताप्लेजुङको सिरिजङ्घामा इलाका प्रशासन कार्यालय सञ्चालन अन्योलमा, कर्मचारी अभाव मुख्य कारण

    इटहरी। कर्मचारी व्यवस्थापन नहुँदा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा स्थापना गर्ने भनिएको इलाका प्रशासन कार्यालय सञ्चालनको विषय अन्योल रहेको छ । सरकारले साढे तीन तीन महिना अघि इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको भए पनि हालसम्म कर्मचारी व्यवस्थापन नहुँदा कार्यालय सञ्चालन अन्योल रहेको हो । सरकारले गत पुस ११ गते यहाँको सिरिजङ्घा गाउँपालिका प्रशासकीय केन्द्र रहेको तेल्लोकसहित देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णयसँगै सरकारले कार्यालय सञ्चालनका लागि आवश्यक कर्मचारीको दरबन्दी पनि स्वीकृत गरेको थियो

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १९४ पटक पढिएको
  • पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा आठ जना कैदीमा नसर्ने रोग पुष्टि

    इटहरी । पाँचथर कारागार भित्र रहेका कैदीबन्दीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सञ्चालन गरिएको स्क्रिनिङ शिविरले नसर्ने रोगको जोखिम देखाएको छ ।नियमित स्वास्थ्य जाँचको पहुँचबाट टाढा रहने यस समूहमा गरिएको परीक्षणले ५७ जनामध्ये आठ जनामा स्वास्थ्य समस्या देखिएको हो । विश्व स्वास्थ्य दिवसको सन्दर्भ पारेर स्वास्थ्य कार्यालय पाँचथरले कारागार भित्रै पुगेर ‘प्रवर्धनात्मक स्क्रिनिङ शिविर’ सञ्चालन गरेको थियो ।कोशी प्रदेश सरकारले अघि सारेको ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अवधारणालाई व्यवहारमा उतार्दै गरिएको यस पहलले बन्दी जीवनमा पनि स्वास्थ्य सचेतनाको आवश्यकता औंल्याएको छ । स्वास्थ्य कार्यालय पाँचथरका

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १७५ पटक पढिएको
  • ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा

    इटहरी । ताप्लेजुङमा आधा दर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखको भरमा सञ्चालित छ । सङ्घ तथा प्रदेश मातहतका कार्यालयहरू निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालनमा रहेका छन् ।हाल निमित्त प्रमुखको भरमा सञ्चालित कार्यालयहरूमा डिभिजन वन कार्यालय, मालपोत कार्यालय, स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय रहेका छन् । त्यस्तै, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ ताप्लेजुङ निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालित छन् । यहाँका मालपोत कार्यालय, जिल्ला हुलाक कार्यालय, स्वास्थ्य लगायतका अधिकांश कार्यालय लामो समयदेखि निमित्त कार्यालय प्रमुखको भरमा

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १८२ पटक पढिएको
  • धरान मन्टेश्वरी एकेडेमीको २१औँ वार्षिकोत्सव तथा १९औँ दीक्षान्त समारोह सम्पन्न

    इटहरी । विगत २१ वर्षदेखि शिक्षा क्षेत्रमा सेवा पु¥याउँदै आएको धरान मन्टेश्वरी एकेडेमीले दुइ दिने आफ्नो २१ औँ वार्षिकोत्सव तथा १९ औँ दीक्षान्त समारोह मनाएको छ  । सोमबार र मंगलबार आयोजित वार्षिकोत्सव तथा दीक्षान्त समारोहमा विद्यालयमा अध्ययनरत एक सय भन्दा बढी विद्यार्थीलाई दिक्षित गरिएको थियो । विद्यालयका प्रबन्ध निर्देशक दीपक अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा समापन गरिएको हो। समारोहमा विद्यार्थीहरूले गायन, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए । वार्षिकोत्सव तथा दीक्षान्त समारोहका अवसरमा कक्षागत उत्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • २४३ पटक पढिएको
  • कोशी प्रदेश स्वास्थ्य मन्त्री लिम्बुद्वारा निरन्तर अनुगमन तथा निरीक्षण

    इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले केही दिन यता निरन्तर रूपमा कोशी प्रदेशका विभिन्न जिल्लाहरूका जिल्ला अस्पताल आयुर्वेद र अन्य स्वास्थ्य संस्थाहरूमा अनुगमन तथा निरीक्षण गरिरहनु भएको छ।यसै बीच मंगलबार संखुवासभा जिल्ला अस्पताल,जिल्ला आयुर्वेद अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयहरुको अनुगमन तथा निरीक्षण गर्नुभएको हो । अनुगमनका क्रममा मन्त्री लिम्बुले यसै साता झापा, मोरङ , सुनसरी,  ईलाम , पाँचथर, ताप्लेजुङ , धनकुटा, भोजपुर , सोलुखुम्बु, आदि जिल्लामा रहेका विभिन्न स्वास्थ्य संस्थाहरूको अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।मन्त्री लिम्बुले जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्

    • प्रकाशित मितिः चैत २४, २०८२
    • १७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]