समाज

    Showing २,५११-२,५२० of ११,१२२ items.
  • इलामका ८१ वडामा वैशाख २ देखि आर्थिक गणना गरिने

    इटहरी। आगामी वैशाख २ गते देखि इलाममा आर्थिक गणना गरिने भएको छ ।जिल्ला आर्थिक गणना कार्यालय इलामले आज एक कार्यक्रम आयोजना गरि जिल्ला तहमा राष्ट्रिय आर्थिक गणना २०८२ का विषयमा जानकारी दिएको हो । इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला आर्थिक गणना अधिकारी प्रेम नेपालले आगामी वैशाख २ देखि असार ७ गते सम्म जिल्लाका ८१ वटा वडाका सबै घरघरमा पुगेर गणकले आर्थिक गणना गर्ने तयारी रहेको जानकारी दिनुभयो ।कार्यक्रमका सहभागीले देशको अर्थतन्त्रका लागि प्रत्यक्ष जोडिएको कृषि क्षेत्रलाई पनि आर्थिक गणनामा समेट्न आवश्यक रहेको सुझाव दिएका थिए । कार्यक्रममा सहभागी जिल्ला सहकार

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २४१ पटक पढिएको
  • इटहरीमा मन्त्री मेहताद्वारा जिल्ला अस्पतालको निरीक्षण, सेवाको गुणस्तर सुधार्न निर्देशन

    इटहरी।  स्वास्थ्य  जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहताले  जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीसँग पनि कुराकानी गर्नुभएको थियो । आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २२७ पटक पढिएको
  • षडानन्द नगरपालिकामा कुटपिटबाट २४ वर्षीय युवकको मृत्यु, चार जना पक्राउ

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङलाई हिजो ९मङ्गलवार० बेलुका ९ बजे कुटपिट गरिएको हो। उनलाई षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका उनीहरूको खोजतलासका क्रममा आज ९बुधवार० बिहान ४ः३० बजे चारै जनालाई घरबाट फेला पारी नियन्त्रणमा लिइएको र प्

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ११६ पटक पढिएको
  • धनकुटाको भेडेटारबाट पर्यटन विकास अभियान अघि बढाउने मन्त्री पराजुलीको घोषणा

    इटहरी । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।उहाँले पर्यटकीयस्थलको थप पहिचान गर्दै प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । जुन प्रभावकारी ढंगले गर्नुपर्ने थियो, त्यो नभएकले प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकाले निजी लगानीसँग समन्वय गरेर

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७६ पटक पढिएको
  • रामधुनीमा ७५ जना लक्षित पुनःएकीकरण योजना निर्माण अभियान सुरु

    इटहरी । रामधुनी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि पुनः एकीकरण रेमी परियोजना अन्तर्गत फिर्ता तथा पुनः एकीकरण योजना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । चैत्र २४ र २५ गतेका दिन रामधुनी वडा न ५ को वडा अध्यक्ष लेखनाथ वास्तोलाको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । वैदेशीक रोजगारबाट फर्केर आएको व्याक्तीहरुलाई स्वोदेशमा नै वसि सामाजिक पुनःएकिकरण जस्तै, परीवार, समाज विचको मदभेद, मनोमाजिक समस्या  र आर्थिक पुनःएकिकरणको लागी लैङ्गिक कार्य सिकाई पद्धति जिए एल एस विधीको प्रयोग गरी  फिर्ता तथा पुनः एकीकरण योजना सम्वन्धि अभिमुख

    • प्रकाशित मितिः चैत २५, २०८२
    • ३३४ पटक पढिएको
  • पथरी शनिश्चरेमा प्रजनन स्वास्थ्य सेवा सुदृढ गर्न नगरपालिकाद्वारा स्वास्थ्यकर्मीलाई तालिम

    इटहरी । पथरी शनिश्चरेमा प्रजनन स्वास्थ्यसम्बन्धी आङ खस्ने, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसव–फिस्टुला तथा निःसन्तानसम्बन्धी समस्याको एकीकृत व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई लक्षित  तालिमको आयोजना गरिएको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा औपचारिक उद्घाटन गरिएको तालिम जारी छ । पथरी शनिश्चरे नगरपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय मोरङको समन्वयमा सञ्चालन भइरहेको  उक्त तालिमको उद्घाटन नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो । कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा तथा स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले आ–आफ्

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २६७ पटक पढिएको
  • सुन्दरहरैंचामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ तालिम सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी तीनदिने विपद् प्रतिकार्य तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा सञ्चालन भएको उक्त तालिममा प्रत्येक वडाबाट दुई–दुई जना सहभागी भई रेडक्रस र स्काउटसहित संयुक्त अभ्यास गरिएको थियो । वडा नम्बर ८ स्थित भुल्के मन्दिर परिसरमा तीन दिनसम्म सञ्चालन भएको तालिमको उद्घाटन सत्र भने शिक्षा निकेतन माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । तालिममा सहभागीहरूलाई सशस्त्र प्रहरी बल लक्क्षीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक हेमराज न्यौपानेले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७८ पटक पढिएको
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ। हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगज

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २०७ पटक पढिएको
  • सुनसरीमा एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा नक्कली परीक्षार्थी फेला परेकी छन्।  मिति २०८२ चैत २४ गते बिहान १०ः१५ बजे सामाजिक विषयको परीक्षा चलिरहेको समयमा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले अनियमितता फेला पारेको हो। अनुगमनका क्रममा जामिआ इस्लामिया विद्यालयकी छात्रा सलमा अजहर ९सिम्बल नम्बर ०१००९५२६–एक्स० को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो पक्राउ परेकी छन्। नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २४५ पटक पढिएको
  • बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

    इटहरी । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत बलेले करीब एकवर्ष अघि आफुमाथी जबरजस्ती करणी गरेको आरोप लगाएकी थिईन् । शनिबार बूढानीलकण्ठबाट पक्राउ परेका उनलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]