समाज

    Showing २,४७१-२,४८० of ११,१२२ items.
  • पथरी शनिश्चरेमा दोस्रो सँगिनी महोत्सव,सुन्दर संगिनी नृत्यसँगै मौलिक परिकारहरूद्वारा स्वागत सत्कार

    इटहरी । मोरङको पथरी शनिश्चरेमा दोस्रो सँगिनी महोत्सव –२०८२ सम्पन्न भएको छ । शनिबार पथरी शनिश्चरे वडा नं ३,संगम चोकमा  पथरी शनिश्चरे नगरपालिकाको सहयोग तथा श्री महिला जागरूक हरि किर्तन तथा सँगिनी समुहको आयोजनामा महोत्सव सम्पन्न भएको हो । प्रमुख अतिथि समेत रहनुभएका कोशी प्रदेश सरकारका  आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री उमाकान्त खतिवडाले  उक्त महोत्सवको उद्घाटन गर्नुहुँदै हाम्रो देश नेपाल सबै जातजाति, भाषा भाषी, संस्कार, संस्कृति, विविध पहिचान भएका नागरिकहरूको साझा मुलुक भएको बताउनुभयो । सबै भाषा, साहित्य, कला ,संस्कृति, संस्कार आदि जोगाउनु स्थानीय, प्रदेश र संघीय तहका सरकारहरू

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ४०५ पटक पढिएको
  • यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने

    इटहरी । यही चैत ३० गतेबाट धनकुटामा ३ दिने चौथो कोप्चे उत्सव हुने भएको छ । धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथिल्लो कोप्चे क्षेत्रको चहलपहल बढाउन नेपाली नयाँ वर्षको अवसर पारी उत्सव गर्न लागिएको हो । आयोजक कोप्चे पुनर्जागरण अभियानले शनिवार पत्रकार सम्मेलन गरी चैत ३० देखि वैशाख २ गतेसम्म स्थानीय बिहीबारे हटियामा उत्सव गर्न लागिएको जनाएको छ । मौलिक खेल, खानेकुरा संस्कृति, भेसभुसा, रहनसहन संरक्षण र प्रवर्धनका लागि उत्सव गर्न लागिएको आयोजक कोप्चे पुनर्जागरण अभियानका सचिव उज्ज्वल कर्माचार्यले जानकारी दिनुभयो । उत्सवमा स्थानीय नेवारी र आठपहरियाको मौलिक खानाका परिवार सहितका २० वटा स्टल रहने छन्

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ३३६ पटक पढिएको
  • इन्धन सङ्कटका कारण काँकडभिट्टा–लौकही सडक सुस्त

    इटहरी । मध्यपूर्वमा देखिएको तनावका कारण पेट्रोलियम पदार्थको अभाव हुँदा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक आयोजनाको काम सुस्त बनेको छ । पूर्वी खण्डमा काम गरिरहेको इभ्रास्कन कालिका जे।भी।का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंका अनुसार स्टकमा रहेको बिटुमिन १०–१५ दिनमात्र पुग्ने अवस्था छ ।वर्षाअघि पहिलो लेयर कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्याइसकिएको भए पनि महँगो मूल्यमा खरिद गरिएको बिटुमिन पर्याप्त नरहेको प्रसाईंले जानकारी दिनुभयो । थप समस्याको रूपमा नेपाल आयल निगमले डिजेलमा लगाएको कोटा प्रणालीले पनि काम अवरुद्ध बनाएको उहाँले बताउनुभयो ।आयोजनाका योजना प्रमुख सिडिई सुनिलबाबु पन्तका अनुसार मध्यप

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २४५ पटक पढिएको
  • खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

    इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको छ । संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका आधारमा हलेसी तुवाचुङले उक्त सम्मान पाएको हो ।नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा शुक्रबार सभामुख डोलप्रसाद अर्यालले नगरप्रमुख विमला राईलाई उक्त सम्मान प्रदान गरे ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१८२ को कार्यसम्पादन मूल्याङ्कनबाट हलेसी तुवाचुङ नगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेको हो ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २४० पटक पढिएको
  • विराटनगरमा एक अर्बको लगानीमा सलाइन उद्योग सुरु

    इटहरी । कोशी प्रदेशमै पहिलो सलाइन उद्योगले व्यवसायिक उत्पादन सुरु गरेको छ । एक अर्ब रुपियाँ भन्दा बढी लगानीमा मोरङको बुढीगंगा गाउँपालिका २ मा ‘एलेक्सा लाइफसाइन्सेज’ ले सबै कानुनी प्रक्रिया पूरा गरी व्यवसायिक उत्पादन थालेको हो । उद्योगको वरिष्ठ मुटु रोग विशेषज्ञ डा। भगवान कोइरालाले शुक्रबार उद्घाटन गर्नुभएको हो । स्वदेशी पुँजी र प्रविधिमा आधारित अन्तर्राष्ट्रिय मापदण्डको उद्योग सञ्चालनमा आएसँगै उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी समेत प्राप्त गरेका छन् । उद्योगले उत्पादन थालेसँगै आयातमा निर्भर सलाइन र औषधिहरुमा आत्मनिर्भर बन्ने नेपालीहरुको चाहनामा एउटा सकारात्मक प्रयास थपेको उद्योगी दिनेश

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २१२ पटक पढिएको
  • सुनसरीको कोशी गाउँपालिकास्थित भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

    इटहरी । सुनसरीको कोशी गाउँपालिका(८ भन्टावारिबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान  छ लाख ४८ हजार ७१० नेपाली रुपैयाँ र १२ हजार ९५० भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तिलाठी कोइलाडी गाउँपालिका(५ बस्ने ५८ वर्षीय राम लखन यादव र भारत सुपौल छिटही हनुमान नगर(१५ बस्ने ६५ वर्षीय प्रभु मुखिया रहेका छन् । इलाका प्रहरी कार्यालय भन्टावारिबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को२१प १४९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १५५ पटक पढिएको
  • ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु ,झापा–आर्मी भिड्दै

    इटहरी। एतिहासिक प्रतियोगिता ‘विराट गोल्डकप’ को ३८ औं संस्करण शनिबारदेखि विराटनगरमा सुरु हुँदैछ । विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुने आयोजक विराट गोल्डकप ट्रष्टले जनाएको छ । आजको खेलमा झापा र आर्मी ११ वर्षपछि पुनः यही मैदानमा आमनेसामने हुन लागेका हुन् । यसअघि २०७१ सालको फाइनल भिडन्तमा झापा–११ ले आर्मीलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।वि।सं। २०१८ मा ‘महेन्द्र गोल्डकप’ को नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये मानिन्छ । यसपटक प्रतियोगितालाई थप समावेशी बनाउन मोरङ जिल्ला लिग विज

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १८५ पटक पढिएको
  • पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन  गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो । खेती गर्न छोडिएका कारण मासिने अर्थात लोप हुने अवस्थामा पुगेको रैथाने बाली खेतीको प्रवर्धन योजना गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित खेती प्रवर्धन योजना कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत रैथाने बाली खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको निमित्त प्रमु

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १६७ पटक पढिएको
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार एक कैदी पक्राउ

    इटहरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुम्वेवा गाउँपालिका २ मितोक निवासी ३५ वर्षीय रमेश लावती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । लावतीलाई तुम्वेवा गाउँपालिका २ मितोक स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ भदौ  २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।  गोप्य सूचनाका आधारमा प्रहरीले पक

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ११२ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयद्वारा सेवा प्रवाह सहज र जनमुखी बनाइयो

    इटहरी। ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले थप सहज र सरल रूपमा सेवा प्रवाह सुरु गरेको छ । कार्यालयको सेवालाई सुदृढ गर्दै जनमुखी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सहज सेवा प्रवाह थालिएको हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार सेवा प्रवाहलाई परिष्कृत गर्दै थप सरल र सहज बनाइएको छ । प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवालाई सहज बनाउने प्रयत्न गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।उहाँका अनुसार उक्त सेवाका लागि सुरुमा कागजातमा तोक लगाउने र प्रक्रिया पूरा भएपछि प्रमाणित गर्नेजस्ता काम अह

    • प्रकाशित मितिः चैत २७, २०८२
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]