सुन्दरहरैंचा । सुन्दरदुलारी लायन्स क्लबको वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमितिको इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महेश चौधरीले क्लब प्रेसिडेन्टको जिम्मेवारी सम्हाल्नुभएको छ। कार्यक्रममा प्रथम महिला सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीको समेत उपस्थिति रहेको थियो।क्लबका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा मोरङ जिल्ला समन्वय समिति प्रमुख अजम्बर राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, सुन्दरहरैंचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईं विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल
इटहरी । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको भीषण आगलागीमा आमा छोरा घाइते भएका छन् ।प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा भएको आगलागीमा लाक्पाचुङ शेर्पा ९डण्डु० की श्रीमती ४८ वर्षीया दिकी शेर्पा र छोरा २५ वर्षीय फुर्साङ शेर्पा घाइते हुनुभएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी विन्देश्वर यादवका अनुसार आमा छोरा घाइते हुनुभएको छ । घाइते आमा छोराको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो । अचानक घरमा आगलागी हुँदा भाग्ने क्रममा उहाँहरु घाइते हुनुभएको बताइएको छ । शेर्पाको घरबाट दिउँसो करिब १ः४० बजेतिर अचानक आगलागी सुर
इटहरी। भारतमा तयारी र कच्चा दुवै प्रकारको खानेतेलको आयात महसुलमा परिवर्तन गरिएको छ । तेस्रो मुलुकबाट कच्चा आयात गरेर प्रशोधनपछि तयारी खानेतेल भारत निर्यात गर्दै आएका नेपाली उद्योगीलाई भारतको यस्तो परिवर्तनले ठुलो असर पार्ने भन्दै चिन्ता गरिएको छ । उद्योगीले नेपालको निर्यातदेखि रोजगारीसम्ममा असर पार्ने चिन्ता गरेका हुन् । कच्चा पदार्थ वा कच्चा तेल आयात गर्दा नेपाल उद्योगीले भन्सार महसुल बुझाउँछन् । त्यो कच्चा प्रशोधन गरेर निर्यात गर्दा पहिले बुझाएको महसुल फिर्ता पाउँदै आएका छन् । साफ्टा अन्तर्गत भारतमा तेलको निर्यात शून्य प्रतिशत भन्सार महसुलमा भइरहेको छ । यो सहुलियत पाइरहेका उद्योग
इटहरी । निरन्तरको वर्षापछि आएको पहिरो र बाढीले पाँचथरका मुख्य सडक अवरुद्ध भएका छन्। फिदिम–फालौट सडक बिहीबार साँझदेखि तथा पाँचथर र ताप्लेजुङ हुँदै धरान, विराटनगरसहित तराईका अन्य जिल्लालाई जोड्ने तमोर करिडोर बिहीबार बिहानैदेखि अवरुद्ध भएको हो। फिदिमदेखि नाङ्गिन, याङनाम, सिदिन, प्राङबुङ हुँदै भारतको पश्चिम बङ्गाल जोड्ने फिदिम–फालौट सडकको फिदिम र फालेलुङ गाउँपालिकाको सीमावर्ती आकाशेभञ्ज्याङनजिक लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको स्थानीय टीका जवेगुले बताउनुभयो। उक्त स्थानमा यस वर्ष पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ। केही दिनअघि मात्रै पहिरो पन्छाएर फालेलुङ गाउँपालिकाले सडक सञ्चालन
इटहरी । युवा, श्रम तथा रोजगार मन्त्रालयले सुनसरीको इटहरीमा आगामी असोज १४ देखि २० गतेसम्म ‘सीप तथा रोजगार मेला’ आयोजना गर्ने भएको छ । ‘सीप र रोजगारीः साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको मेलाको तयारी स्वरूप मन्त्रालयले बिहीबार स्थानीय तहका प्रमुख, जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीहरूसँग छलफल सुरु गरेको छ। श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गरी उत्पादनशील रोजगारी सिर्जना गर्ने उद्देश्यले यो मेला आयोजना गर्न लागिएको हो। छलफलका क्रममा मन्त्रालयका सचिव दीपक काफ्लेले मेलामा उद्योग, सेवा, कृषि र निर्माण लगायत १० वटा विधाका ६५ वटा स्टल रहने जानकारी दिनुभयो । मेलाको मुख्य
इटहरी । धरान उपमहानगरपालिका–पानमारा क्षेत्रमा रहेको सेराखोलाबाट आउने पानीको अनियन्त्रित बहावलाई व्यवस्थित गर्न खोलाको दुवैतर्फ ड्याम निर्माणको काम अघि बढाइएको छ । बर्खायाममा खोलाको पानी बस्तीमा सिधै प्रवेश गर्दा धरानका विभिन्न क्षेत्रसँगै इटहरी क्षेत्रमा समेत बाढी र डुबानको उच्च जोखिम बढेकाले सम्भावित क्षति न्यूनीकरण गर्न पूर्वतयारीस्वरूप यो व्यवस्थापन थालिएको हो। इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगीता कुमारी चौधरीको नेतृत्वमा गएको संयुक्त टोलीले स्थलगत अनुगमन गर्दै निर्माण तथा व्यवस्थापनको काम अघि बढाएको छ। अनुगमन टोलीमा इटहरीका प्रमुख प्रशासकीय अधिकृत, वातावरण शाखा प्रमुखका साथै ध
इटहरी । स्वर्णिम साहित्य समाज बराहक्षेत्र–३ को सातौँ वार्षिक साधारण सभा बराहक्षेत्र–५ को वडा सभाहलमा सम्पन्न भएको छ । समाजका अध्यक्ष शरण लिम्बूको अध्यक्षता, कोशी प्रदेश सरकारकी राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ अस्मिता विष्टको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। समारोहमा हेटौँडाका कवि यस लामाको कविता कृति ‘बहिस्कृत आवाज’माथि विचार विमर्श गरिएको थियो । कवि दिपा मग्रातीले सहजीकरण गरेको सो विमर्शमा कवि रेखा सुवेदी र राज माङ्लाकले कृतिमाथि टिप्पणी गर्नुभएको थियो। सोही अवसरमा समाजका उपाध्यक्ष एवं गजलकार लक्ष्मण कटुवाललाई ‘आन्तरिक स्वर्णिम साहित
इटहरी । हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ इटहरीमा पनि औपचारिक रूपमा उपलब्ध भएको छ ।हुन्डाईका लागि कोशी प्रदेशको आधिकारिक बिक्रेता मार्फत उक्त नयाँ मोडल बिक्री–वितरणका लागि बजारमा ल्याइएको हो। इटहरीमा आयोजित कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जीवन पराजुलीले गाडीको औपचारिक अनावरण गर्नुभयो। कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पराजुलीले कोशी प्रदेशको प्रमुख व्यापारिक केन्द्र इटहरी पछिल्लो समय ’अटो हब’का रूपमा तीव्र गतिमा विकसित भइरहेको बताउनुभयो। हुन्डाईले आकर्षक फिचर र आधुनिक प्रविधिसहित नयाँ मोडल ल्याएकाले यस ‘अल–न्यु भेन्यु’ले स्थानीय ग्राहकहर
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले सञ्चारकर्मीहरूसँग भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलोपटक आयोजित अन्तरक्रियामा उहाँले प्रदेशको स्वास्थ्य अवस्था, हालसम्मका प्रयास र आगामी रणनीतिक योजनाबारे जानकारी गराउनुभयो। कार्यक्रममा मन्त्री पराजुलीले प्रदेशअन्तर्गतका अस्पताल, स्वास्थ्य कार्यालय तथा आयुर्वेद केन्द्रहरूको अनुगमन गर्दा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेको बताउनुभयो। आवश्यक जनशक्ति, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सामग्रीको उचित व्यवस्थापन गरी सेवा प्रवाहलाई छिटो–छरितो र प्रविधिमैत्री बनाउन मन्त्रालय लागिपरेको उहाँक
इटहरी । जिल्ला अस्पताल सुनसरीमा पछिल्लो दुई महिनायता सेवा प्रवाह र व्यवस्थापन सुधारका प्रयासलाई तीव्रता दिइएको छ । नयाँ मेसु डा. सन्तोष प्रसाद साह आएपछि अस्पतालको सेवा व्यवस्थित बनाउने र सेवाग्राहीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने कामलाई प्राथमिकता दिइएको हो । अस्पतालका मेसु डा. सन्तोष प्रसाद साहले अस्पतालको सेवा सुधारसँगै अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीको चाप बढ्न थालेको बताउनुभयो । अस्पतालमा विशेषज्ञ सेवाको विस्तारसँगै नेपालमै पहिलोपटक जिल्ला अस्पतालमा फोरेन्सिक डाक्टर सहितको सेवा सुरु गरिएको उहाँले दाबी गर्नुृभएको छ । त्यस्तै, स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.