समाज

    Showing २,३६१-२,३७० of ११,१२२ items.
  • इटहरीमा “हिमाल पहाड अर्गानिक कोसेली घर” सञ्चालनमा

    इटहरी । इटहरीमा अर्गानिक तथा रैथाने उत्पादनहरूको प्रवद्र्धन गर्ने उद्देश्यले “हिमाल पहाड अर्गानिक कोसेली घर” सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका–१ मा, सोल्टि वेस्टर्न होटलको ठीक अगाडि अवस्थित यस कोसेली घरले हिमाली तथा पहाडी भेगमा उत्पादित स्थानीय वस्तुहरू सहरमै उपलब्ध गराउँदै उपभोक्ताको ध्यान आकर्षित गर्न थालेको छ । सञ्चालक बिनोद कार्कीका अनुसार कोशी प्रदेशका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने रैथाने बाली तथा अर्गानिक वस्तुहरूको बजारीकरण गर्ने उद्देश्यले यो पहल सुरु गरिएको हो । उहाँका अनुसार कोसेली घरमा विशेषगरी संखुवासभा जिल्ला  र भोजपुर जिल्ला लगायतका पहाडी जिल्लाहरूमा उ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १८५ पटक पढिएको
  • सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

    इटहरी ।  भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ बजेदेखि वैशाख १० गते मतदान सम्पन्न नभएसम्म काँकरभिट्टासँग सीमा जोडिएको पानीटङ्की नाकाबाट मानिस तथा सवारीसाधन आवतजावत पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारतको पश्चिम बङ्गालमा वैशाख १० गते विधानसभाको चुनाव हुँदैछ । विगतमा पनि नेपाल र भारत दुवैतर्फ चुनावअघि सहमतिमा नाकामा आवागमन बन्द गरिँदै आइएको थियो । ‘बोर्डर शिल’ गरिएको अ

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १६५ पटक पढिएको
  • रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङलाई

    इटहरी । सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया मोरङले जितेको छ । सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँलाई १(० गोलअन्तरले पराजित गर्दै युवा समाज गछियाले उपाधि हात पारेको हो । खेलको ८७औँ मिनेटमा युवा समाजका खेलाडी दोर्जे तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसकेपछि तामाङको गोल निर्णायक बन्न पुग्यो । \प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार उपाधिसँगै युवा समाज गछियाले रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता बनेको

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २०९ पटक पढिएको
  • उदयपुरको बेल्टार बजार आगलागीःदुई जनाको जलेर मृत्यु

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा मङ्गलबार बिहान भएको आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने घटनास्थलमा दुई जनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीका अनुसार विद्युत् सर्ट भएर बिहान करिब २ बजे आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिनुभयो। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको उहाँले बताउनुभयो। घटनास्थलमा दुई जनाको कंकाल फेला परेको छ। परिवारले दिएको जानकारीअनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाल

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १७० पटक पढिएको
  • बेलकाको पर्यटन विकासका लागि ’कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय स्थापना’ सम्मका योजना

    इटहरी । उदयपुर विकास समितिले बेलका नगरपालिकालाई पर्यटकीय हब बनाउने उद्देश्यका साथ ’कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय’ सम्मका महत्त्वाकांक्षी योजनाहरू सार्वजनिक गरेको छ । बेलका पर्यटन महोत्सवको समापन समारोहमा आइतबार समितिका अध्यक्ष एवं त्रियुगा नगरपालिकाका पूर्वप्रमुख वलदेव चौधरीले १ अर्ब ५० करोडभन्दा बढीको प्रस्तावित बजेट सहितको तीन चरणको गुरुयोजना प्रस्तुत गर्नुभयो । जसअन्तर्गत २ वर्षको अल्पकालीन योजनाका लागि १ करोड २५ लाख, ५ वर्षको मध्यमकालीन योजनाका लागि २ करोड ५० लाख र १० वर्षभित्र ठूला रिसोर्ट, इको पार्क तथा पर्यटन विश्वविद्यालय स्थापना गर्ने दीर्घकालीन लक्ष्यका लागि १ अर्ब २५ क

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २५६ पटक पढिएको
  • इटहरीबाट डिजिटल सेवा विस्तारः यातायात कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली सुरु

    इटहरी । बढ्दो सेवाग्राही चापलाई व्यवस्थापन गर्दै सेवा प्रवाहलाई सहज, छिटो र व्यवस्थित बनाउन कोशी प्रदेश सरकारले डिजिटल प्रणालीको कार्यान्वयन सुरु गरेको छ । इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा अनलाइन भुक्तानी र टोकन प्रणाली औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सोमबार आयोजित कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले उक्त प्रणाली उद्घाटन गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले परम्परागत ढंगले लाइनमा बसेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्दै अब नागरिकलाई सहज र पारदर्शी सेवा दिने दिशामा प्रदेश सरकार अघि बढेको उल्लेख गर

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २५७ पटक पढिएको
  • कामको बहानामा बोलाएर दमकमा कुटपिट, दुई जना पक्राउ

    इटहरी । झापाको दमकमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरीका अनुसार आज बिहान करिब १०ः३० बजेको समयमा दमक नगरपालिका–१ हबल्दार चोकका ४३ वर्षीय बिरेन्द्र बस्नेतलाई कामको बहानामा बोलाएर कुटपिट गरिएको हो । बस्नेतलाई दमक–५ स्थित गोर्खा डिपार्टमेन्टको किचनमा आउन भनिएपछि उनी उक्त स्थानमा पुगेका थिए ।  त्यसक्रममा दमक–९ का ५५ वर्षीय शिव साह, कमल गाउँपालिका–४ का ५० वर्षीय दुरेन राईसहित चार जनाले एक्कासी अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरी कुटपिट गरेको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्नमध्ये शिव साह र दुरेन राईलाई दमक–

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २१९ पटक पढिएको
  • सप्तरीमा ‘जीवनका उकाली ओरालीहरू’ कृतिको लोकार्पण, स्रष्टाको अभिव्यक्तिमा यथार्थवादको प्रशंसा

    इटहरी । साहित्यकारले समाजमा देखिएको यथार्थ अवस्थालाई जस्ताको तस्तै चित्रण गरेर पाठकसम्म पुर्‍याउनु नै आफ्नो धर्म भएको बताइएको छ। कोशी मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ साहित्यकार एवं समालोचक बाबुराम पोखरेलले उक्त धारणा व्यक्त गर्नुभएको हो। बुढ्यौली साहित्य समाज, सप्तरी शाखाको आयोजनामा शुक्रबार सम्पन्न ‘जीवनका उकाली ओरालीहरू’ (पितामाताको स्मरणमा शोक लघु काव्य) कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै पोखरेलले साहित्य समाजको ऐना भएको उल्लेख गर्नुभयो। उहाँले स्रष्टाले यथार्थलाई नलुकाई प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रम बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तथा कृतिक

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १८३ पटक पढिएको
  • कोशीमा सवारी दर्ता पाँच लाख, नवीकरण न्यून

    इटहरी ।  कोशी प्रदेशमा सवारी साधन दर्ता हुने क्रम बढिरहेको भए पनि हरेक वर्ष न्यून संख्यामा मात्र सवारी नवीकरण हुने गरेको पाइएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको यातायात महाशाखाले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा दर्ता भएका कुल सवारी साधनको तुलनामा नवीकरण गर्नेको संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । मन्त्रालयको प्रगति विवरण अनुसार हालसम्म कोशी प्रदेशमा पाँच लाख ७३ हजार ८२२ सवारी साधन दर्ता भएका छन् । तर नवीकरणको स्थिति भने निराशाजनक छ । पछिल्लो दुई वर्षमा एक लाख ५० हजारभन्दा कम सवारी साधन मात्र नवीकरण भएको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्ष २०८१र८२ को

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २१० पटक पढिएको
  • पाँचथरको फालोट क्षेत्रस्थित ‘गोठ–बास’मा पर्यटक आकर्षित हुँदै

    इटहरी ।   पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ । विसं २०७४ सालदेखि समुन्द्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवद्र्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तरराष्ट्रिय बजार पाएको छ । चौँरीपालकका गोठहरु नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने यहाँ पूर्वाधार विकास पनि बढ्दै गएको छ । फालोट याक गोठबासका सञ्चालक एवम् अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार महोत्सव आयोजना हुन थालेपछि चौँरी गोठालाहरुमै उत्साह बढेको छ । फालोट क्षेत्र

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]