समाज

    Showing २,२८१-२,२९० of ११,११५ items.
  • ३ लाख १८ हजार बराबरको भन्सार छलीका सामान बरामद

    इटहरी । भारतीय बजारबाट भन्सार छली गरेर ल्याइएका रु तीन लाख १८ हजार छ बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ । जाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल नं ४ गण सुनसरीले उक्त मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले विशेष निगरानी तथा गस्ती अभियानका क्रममा भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएका सामग्री नियन्त्रणमा लिएको जानकारी दिनुभयो । लत्ताकपडा, कस्मेटिक सामग्री, किराना सामान तथा रजनीगन्धा लगायत वस्तु नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय सेतुबन्ध कोस

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १६२ पटक पढिएको
  • चन्द्रगढी महिला गोल्डकपको उपाधि एपिएफ फुटबल क्लबलाई

    इटहरी । झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधि हात पारेको हो ।उपाधिसँगै एपिएफले ११ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजयी बनेको आर्मीले पाँच लाख रुपियाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले जितका लागि निर्णायक गोल गर्नुभयो । ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहनुभएकी घिसिङले हेडमार्फत सुन्दर गर्दै टिमका

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • २१४ पटक पढिएको
  • जलविद्युत आयोजनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    इटहरी । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । हाइड्रोपावरले आयोजनाका प्रभावित क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागेको हो । शिविर आगामी वैशाख १८ र १९ गते सञ्चालन गर्न लागिएको प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १८ गते आठराई त्रिवेणी गाउँपालिका(५, चाँगेको तिरतिरेस्थित श्री जालपा देवी आधारभुत विद्यालयमा र वैशाख १९ गते मिक्वाखोला गाउँपालिका(२, खोक्लिङस्थित चितुब्याङमा रहेको आयोजनाको विद्युत् गृह कार्यालयमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्

    • प्रकाशित मितिः वैशाख १५, २०८३
    • १५१ पटक पढिएको
  • सडक अतिक्रमण हटाउन इटहरी उपमहानगरको ७ दिने सूचना

    इटहरी । इटहरी उपमहानगरपालिकाले सडक क्षेत्रमा राखिएका निर्माण सामग्री, पशु–चौपाया बाँध्ने कार्य तथा बिक्रि–वितरणका सामग्रीले सडक अवरुद्ध भई सवारी सञ्चालन र पैदल यात्रु आवतजावतमा समस्या भएको भन्दै ७ दिनभित्र हटाउन आग्रह गरेको छ।उपमहानगरद्वारा जारी सूचनामा सडक दुर्घटनाको जोखिम समेत बढेकाले सडक/बाटो क्षेत्रमा राखिएका निर्माण सामग्री हटाउन, पशु–चौपाया नबाँध्न तथा सडकमा अवरोध हुने कुनै पनि कार्य नगर्न नगरवासीलाई अनुरोध गरिएको छ।सूचनाको अवज्ञा गरी सडक अवरोध हुने गरी कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने उपमहानगरपालिकाले जनाएको छ।इटहरी उपमहानगरपालिकाले यसअघि पनि सडक व्यवस्थापन र द

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १३२ पटक पढिएको
  • २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    इटहरी । कैलालीमा २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका(२ बस्ने ३१ वर्षीय सुरेश अवस्थी रहेका छन् । उनलाई प्रहरीले गएराति पक्राउ गरेको हो । सुरेशले ती युवतीलाई कैलालीको धनगढी उपमहानगरपालिका(४ स्थित संजोक होटलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो  ‍। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ११९ पटक पढिएको
  • लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क

    इटहरी। यहाँको लालीगुराँस नगरपालिकास्थित चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बन्यो । वैशाख १० गतेदेखि सुरु भएको लालीगुराँस महोत्सवका अवसरमा आयोजित चोत्लुङ साहित्य गोष्ठीले साहित्यिक माहोल सृजना गरेको हो ।गुराँसको राजधानी तीनजुरे–मिल्के–जलजले(टिएमजे)क्षेत्रको प्रवेशद्वार वसन्तपुर बजारको चोत्लुङ पार्कमा आयोजित चोत्लुङ साहित्य गोष्ठीमा भारत सिक्किमकी अनुसन्धाता एवं कवि सन्ध्या सिङ्जागो सुब्बाले कविता वाचन गर्नु । उहाँसँगै दुई दर्जनभन्दा बढी चर्चित कविहरूका कविताले दुई दिनसम्म चोत्लुङ पार्क गुञ्जयमान बन्यो । रैथाने वास्तु शैलीमा निर्मित पर्यटकीयस्थल चोत्लुङ पार्कमा यस किसिमको कार्यक्रम आयोजना ग

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ११९ पटक पढिएको
  • अवरुद्ध भोजपुर–चखेवा सडक एकतर्फी सञ्चालनमा

    इटहरी । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर–चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ । भोजपुर नगरपालिका९५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासी आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो। स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका ५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो । यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ८३ पटक पढिएको
  • तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा श्रेष्ठ निर्वाचित

    इटहरी। तेह्रथुम उद्योग वाणिज्य सङ्घको अध्यक्षमा तारावीर श्रेष्ठ निर्वाचित हुनुभएको छ। आइतबार सम्पन्न सङ्घको १२औँ जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक नरेश ढुङ्गानाले बताउनु भयो। सङ्घको वरिष्ठ उपाध्यक्षमा राजन खत्री, प्रथम उपाध्यक्षमा धर्मसिं खड्का, द्वितीय उपाध्यक्षमा लोमनाथ ढुङ्गाना, महासचिवमा शरदमणि दाहाल, सचिवमा दुर्गानारायण भण्डारी र कोषाध्यक्षमा रोशन श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यमा दिलबहादुर विष्ट, जीवन ढकाल, लालबहादुर लोहार, विमला फोम्बो, चन्द्रप्रकाश ढुङ्गाना, चिरञ्जीवी खनाल, रिवाज राई र सुरजकुमार श्रेष्ठ नि

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ७८ पटक पढिएको
  • चौथो प्रदेश स्तरीय भेट्रानको उपाधि चारपानेलाई

    इटहरी। झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित चौथो प्रदेश स्तरीय भेट्रान कप फुटबलु प्रतियोगिताको उपाधि चारपाने भेट्रानले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा दुधे भेट्रानलाई १–० को कठिन गोल अन्तरले पराजित गर्दै चारपानेले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विजेता चारपानेले नगद एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको दुधे भेट्रानले ६७ हजार रुपैयाँमा चित्त बुझाएको छ । चारपानेको जितमा कमल खबासले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलभरि दुवै टोलीले निकै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरे पनि दुधे भेट्रानले गोल फर्काउन सकेन । प्रतियोगिताको विधागततर्फ चारपानेका अङ

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १०७ पटक पढिएको
  • सुनकोशी नदीमा बेपत्ता भएका राई मृत फेला

    इटहरी । उदयपुरको लिम्चुङबुङ गाँउपालिका वडा ५ चौलाने बस्ने ५१ वर्षीय रामशेर राई रौतामाई गाउँपालिकाको वडा ३ को भदौरेस्थित सुनकोशीको किनारमा मृत अवस्थामा फेला परेका छन् । पाँच दिनअघि निज सहित अन्य ८ जना सुनकोशी नदीमा माछा मार्न जानेक्रममा लिम्चुङबुङ गाँउपालिका वडा ४ सानरलुङस्थित सुनकोशी नदीबाट उहाँ बेपत्ता हुनुभएकोमा प्रहरी टोलीले खोजतलास गर्ने क्रममा रौतामाई गाँउपालिका वडा ३ भदौरे स्थित सुनकोशी नदी किनारामा आज अपरान्ह  निजको लास फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोली खटिई गई आवश्यक कानुनी प्रकिया पुरा गरी जिल्ला अस्पताल उदयपुरमा पोष

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ७४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]