समाज

    Showing २,२६१-२,२७० of ११,११५ items.
  • सुनसरीमा बर्डफ्लूबाट ३० करोडभन्दा बढीको क्षति

    इटहरी ।  बर्डफ्लू संक्रमणका कारण सुनसरीका २३ वटा फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ। केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाद्वारा परीक्षण गर्दा रोग पुष्टि भएपछि ती फर्मका कुखुरा नष्ट गरिएको हो। बर्डफ्लू संक्रमण देखिनासाथ उच्च सतर्कता अपनाउँदै कुखुरा फर्महरूमा कडा निगरानी गरिए पनि संक्रमण फैलिँदा ३० करोडभन्दा बढीको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा। मनोज महतोले बताउनुभयो। उहाँका अनुसार करिब एक महिनादेखि देखिएको संक्रमणका कारण कुखुरापालक किसानहरू ठूलो क्षतिमा परेका छन्। संक्रमित फर्मका कुखुरा क्रमशः नष्ट गरिँदै आएको उहाँले जानकारी दिनुभय

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४४ पटक पढिएको
  • विराटनगर भन्सारमा खुद्रा मूल्य विवादले रोकिए वस्तु

    इटहरी । विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् ।  मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् ।  विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार एमआरपी उल्लेख नभएका व्यावसायिक वस्तुको जाँचपास रोकिएको बताउनुभयो । औद्योगिक कच्चा लिएर आउने

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १८३ पटक पढिएको
  • अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल

    इटहरी ।  नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो । छलफलमा नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले हालको अलैँचीको गुणस्तरलाई अझ सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उच्च गुणस्तरीय अलैँचीबाट मात्र राम्रो आम्दानी लिन सकिने र बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ अलैँचीका सरोकारवाल

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १२१ पटक पढिएको
  • यायोक्खा १ नं. प्रदेश समितिको आयोजनामा सांस्कृतिक भूमि संरक्षण सम्बन्धी अन्तरक्रियात्मक गोष्ठी सम्पन्न

    इटहरी । सांस्कृतिक भूमि संरक्षणका लागि आवश्यक नीति तथा ऐन निर्माणबारे केन्द्रित अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ । किरात राई यायोक्खा १ नं. प्रदेश समितिको आयोजना तथा लाहुर्नीप काठमाडौंको सहयोगमा बुधबार इटहरीस्थित त्रियुगा होटलको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । यायोक्खाका केन्द्रीय अध्यक्ष जिवन हताछो राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट किरात राई यायोक्खाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । गोष्ठीमा सहभागी प्रतिनिधिहरूले सांस्कृतिक भूमि संरक्षणको आवश्यकता, वर्तमान चुनौती र त्यसका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्थाबारे आ–आफ्ना धारण

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १३५ पटक पढिएको
  • खुवालुङमा माङ्खिम सहित सांस्कृतिक संरचना शिलान्यास

    इटहरी । खुवालुङ क्षेत्रमा माङ्खीम सहित सांस्कृतिक संरचनाको शिलान्यास गरिएको छ । मंगलबार किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हताछो राईको बाहुलीबाट माङ्पा सहित मुन्दुमी विधिबाट शिलान्यास गरिएको हो । किरात राई यायोक्खा र व्यवस्थापन समितिले विभिन्न दाताबाट रकम सङ्कलन गरी धनकुटाको शहिदभूमी गाउँपालिका १ स्थित खरिद गरेको जग्गामा उक्त संरचना निर्माण गर्न लागिएको खुवालुङ जग्गा व्यवस्थापन तथा माङ्खिम निर्माण उपसमिति संयोजक जनक राईले बताउनुभयो । कार्यक्रममा माङ्खिम निर्माणका लागि दुई रोपनी जग्गा दान गरेका जग्गा दाता स्थानीय तीर्थराज राई, धर्मराज राई र देवराज राईलाई सम्मान गरिएको थियो । प्रदेश सरकार

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • २१० पटक पढिएको
  • इटहरीमा बजाज एक्सचेञ्ज मेला सुरु , बाइक अपग्रेडमा नगद उपहारदेखि फाइनान्ससम्म आकर्षक अफर

    इटहरी । इटहरीमा ‘बजाज एक्सचेन्ज मेला’ सुरू  भएको छ । नेपालको अग्रणी दुई पाङ्ग्रे ब्रान्ड बजाज अटो अन्तर्गत बजाज एक्सचेञ्ज मेला बैशाख १६ गतेदेखि २१ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना भएको मेलामा ग्राहकले आफ्नो पुरानो बाइक साटेर नयाँ बजाज बाइक अपग्रेड गर्ने अवसर पाउनेछन् । इटहरी स्थित अटो सिटी बजाज शो–रुमको आयोजनामा भएको उक्त मेला उपभोक्तालाई लक्षित गरी ल्याइएको हो । साथै बजाज बाइक खरिदमा पक्का नगद उपहार समेत प्रदान गरिने बताइएको छ । मेलामा  आकर्षक मूल्याङ्कन,  निःशुल्क सामग्रीहरू,   एक्सचेञ्ज मेला स्थलमै फाइनान्स सुविधा, ० प्रतिशत सर्भिस चार्

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८१ पटक पढिएको
  • ताप्लेजुङमा कुलमान घिसिङलाई स्वागत र सम्मान

    इटहरी। नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्वमन्त्री कुलमान घिसिङलाई ताप्लेजुङमा स्वागत गरिएको छ । ताप्लेजुङको भ्रमणमा आउनुभएका घिसिङलाई फुङ्लिङस्थित लिटलबुद्ध बोर्डिङ स्कूलले मङ्गलबार स्वागत गरेको हो ।नेपाललाई लोडसेटिङमुक्त बनाउन घिसिङले खेल्नुभएको महत्त्वपूर्ण योगदानको सम्मान गर्दै उहाँलाई स्वागत गरिएको लिटलबुद्ध बोर्डिङका प्रिन्सिपल युवराज गिरीले बताउनुभयो । विद्यालयमै एक कार्यक्रम आयोजना गरी उहाँलाई स्वागत तथा सम्मान गरिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो ।घिसिङको स्वागत तथा सम्मानसँगै उहाँको उपस्थितिमा विद्यालयमा समसामयिक विषयमा अन्तरक्रियासमेत गरिएको छ । विद्यालय

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १३१ पटक पढिएको
  • ओखलढुङ्गाको खिजिदेम्बाका प्रभावित नागरिकले बुझाए गाउँपालिकालाई ज्ञापनपत्र: सडक कालोपत्रे र विद्युतीकरणको उधारो सहमतिले बसाइँसराइको जोखिम बढेको खुलासा

    इटहरी । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका लगायतका प्रभावित क्षेत्रका स्थानीयले लिखु–४ जलविद्युत् आयोजनाबाट परेको दीर्घकालीन असरप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । आयोजनाको प्रवर्धक कम्पनी ग्रिन भेन्चर्स प्रालिविरुद्ध प्रभावित नागरिकले कडा आन्दोलनको चेतावनी दिएका छन् । खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पालाई सम्बोधन गर्दै नागरिक समाजले बुझाएको निवेदनमा आयोजनाले बर्सौंसम्म पनि सहमति अनुसारका काम पूरा नगरेको आरोप लगाइएको छ । ओखलढुङ्गा र रामेछापको दोसाँध क्षेत्रमा निर्माण भएको सो आयोजना हाल केन्द्रीय प्रसारण लाइनमा जोडिएर करिब ५२।४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । उत्पादन स

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १४७ पटक पढिएको
  • महँगी र निर्माण सामग्री अभावको चपेटामा कोशी प्रदेशको विकास: ९ महिनामा एक तिहाइ मात्र बजेट खर्च, २१ अर्ब फ्रिज हुने जोखिम

    इटहरी। महँगी र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काम सुस्त हुँदा कोशी प्रदेश सरकारलाई पुँजीगत बजेट खर्च गर्न निकै गाह्रो परेको छ । संघीय सरकारले स्वेतपत्रमार्फत प्रदेशको खर्च गर्ने क्षमता कमजोर रहेको भन्दै प्रश्न उठाइरहेको बेलामा चालु वर्षमा विनियोजन गरिएको पुँजीगत बजेट गतवर्षको जतिपनि खर्च गर्न नसकिने चिन्ता बढेको हो । चालु आर्थिक वर्ष २०८२र०८३ को नौ महिना बितिसक्दा पनि कुल बजेटको करिब एक तिहाइ मात्र खर्च हुनुले बाँकी तीन महिनामा विकासको लक्ष्य भेटाउन निकै कठिन देखिएको हो ।चालु आर्थिक वर्षका लागि संशोधित ३२ अर्ब ४५ करोड रुपियाँको बजेटमध्ये चैत मसान्तसम्म जम्मा ११ अर्ब ४ करोड ४० ला

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १८५ पटक पढिएको
  • जेठ १ देखि बन्द हुँदै खोटाङ-तराई सिधा सम्पर्क: पक्की पुल नबन्दा झोलुङ्गे पुलकै सहारामा कोशी वारपार गर्नुपर्ने नियति

    इटहरी। खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीमा रहेको बंशिलाघाट र फोक्सिन्टारका दुवै बेलिब्रिज हटाउने तयारी गरिएको छ। नदीमा पानीको बहाव निरन्तर बढेसँगै दुवै स्थानका अस्थायी बेलिब्रिज निकाल्ने तयारी गरिएको हो। बेलिब्रिज हटाइएपछि तराईसँग खोटाङको सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ। बंशिलाघाटमा गत माघ २४ गते पहिलो पटक बेलिब्रिज जडान गरी सिधा यातायात सञ्चालनमा ल्याइएको थियो। तर, मौसम परिवर्तनसँगै परेको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि वैशाख मसान्तसम्म बेलिब्रिज हटाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो।यस्तै, फोक्सिन्टारको बेलिब्रि

    • प्रकाशित मितिः वैशाख १६, २०८३
    • १३६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]