समाज

    Showing २,२३१-२,२४० of ११,११५ items.
  • मोरङमा बँदेल पालनका लागि ‘रोयल कृषि फार्म’लाई अनुमति

    मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,

    • प्रकाशित मितिः वैशाख २०, २०८३
    • २३२ पटक पढिएको
  • भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने कार्य रोक्न देवराज तामाङको आग्रह

    मोरङ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले वर्षायामको समयमा भूमिहीन तथा सुकुम्बासीहरूको घरटहरा भत्काएर उनीहरूलाई विचल्ली बनाउने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गर्नुभएको छ।उहाँले सरकारको लहलहैमा लागेर सुन्दरहरैंचा नगरपालिका ले कुनै स्पष्ट नीति र व्यवस्थापनबिना भूमिहीन तथा सुकुम्बासीमाथि डोजर चलाउने निर्णय गर्नु गैरजिम्मेवार र अव्यावहारिक भएको बताउनुभयो।तामाङले यस्तो कार्य तत्काल रोक्दै भूमिहीन तथा सुकुम्बासीहरूको उचित पहिचान र व्यवस्थापन गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ। साथै प्रभावित परिवारहरूको मानवीय अवस्थालाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्न सम्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १९० पटक पढिएको
  • फालेलुङ–७, धुवाखोलामा श्रमदानबाट काठेपुल निर्माण, विद्यार्थीलाई आउजाउमा सहजता

    इटहरी। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–७ स्थित धुवाखोलामा विद्यार्थीलाई विद्यालय आउजाउमा सहजता प्रदान गर्ने उद्देश्यले काठेपुल निर्माण गरिएको छ। स्थानीय युवा सङ्गठन वाइसिएलको अग्रसरता र सामुदायिक श्रमदानमार्फत उक्त पुल निर्माण गरिएको हो।वाइसिएल फालेलुङ–७ जिल्ला कमिटीको अगुवाइमा सम्पन्न उक्त कार्यमा १५ जना युवाले लगातार ६ दिनसम्म श्रमदान गरेका थिए। पुल निर्माण कार्यमा कुल ९० जना जनशक्तिको सहभागिता रहेको बताइएको छ। पुल निर्माणका लागि काठ, टिन लगायतका सामग्रीको व्यवस्थापन गरी करिब ९० हजार रुपैयाँ लागत लागेको कमिटीले जनाएको छ। कञ्चनजङ्घा सामुदायिक विकास संस्था, फालेलुङ–७ को आयोजनामा सम्पन्न उक्

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • २१४ पटक पढिएको
  • ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज नियन्त्रणका लागि बन्ध्याकरण शिविर

    इटहरी । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले कुकुर र बिरालोको स्थायी बन्ध्याकरण शिविर आयोजना गरिएको छ। गाउँपालिकाले ‘रेबिज रोग नियन्त्रणका लागि हाम्रो अभियान’ भन्ने नारासहित शुक्रबारदेखि यो शिविर सुरु गरेको हो। गाउँपालिकाको पशु सेवा शाखा प्रमुख एवं पशु स्वास्थ्य प्राविधिक मनोज श्रेष्ठका अनुसार शिविरको पहिलो दिन शुक्रबार ५८ वटा कुकुर र बिरालोको स्थायी बन्ध्याकरण गरिएको छ। वडा नम्बर १ थिङ्लाबु, वडा २ सान्थाक्रा र वडा ३ खाम्लुङमा सञ्चालित शिविरमार्फत घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको शल्यक्रिया गरिएको प्राविधिक श्रेष्ठले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • २१७ पटक पढिएको
  • विराट टेलिभिजनद्वारा डा. अङ्कुर प्रकाश गुप्ता भारतका कन्ट्री हेडमा नियुक्त

    इटहरी । बिराट टेलिभिजनले भारतमा आफ्नो उपस्थिति विस्तार गर्ने उद्देश्यसहित डा.अंकुरप्रकाश गुप्तालाई इन्डिया कन्ट्री हेड  पदमा नियुक्त गरेको छ । कम्पनीले ३० अप्रिल २०२६ मा जारी गरेको औपचारिक नियुक्तिपत्र अनुसार गुप्ताले १ मे २०२६ देखि उक्त जिम्मेवारी सम्हाल्नुभएको हो । भारतमा लामो समयदेखि चिकित्सा क्षेत्रका साथै सञ्चार क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएका गुप्ता अनुभवी व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँको यही बहुआयामिक अनुभवलाई आधार मान्दै बिराट टेलिभिजनले भारतमा आफ्नो सञ्जाल विस्तार, रणनीतिक सहकार्य विकास तथा सञ्चालन सुदृढीकरणका लागि यो जिम्मेवारी दिएको जनाएको छ । नियुक्तिपत्रमा गुप्ताला

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ३२२ पटक पढिएको
  • झापाको मेचीनगर–२ मा हात्ती आतंकःदुई परिवारको भान्सा घरमा क्षति

    इटहरी । झापा जिल्लाको मेचीनगर नगरपालिका–२ आदर्श टोलमा जंगली हात्ती बस्तीमा पसेर दुई परिवारको भान्सा घरमा क्षति पुर्‍याएको छ। शनिवार बिहान करिब ४ः०० बजेको समयमा आएको हात्तीले स्थानीय बासिन्दालाई त्रसित बनाएको हो। स्थानीय श्यामलाल अर्यालको ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घर हात्तीले पूर्णरूपमा भत्काएको प्रहरीले जनाएको छ। सो क्रममा भान्सा घरभित्र राखिएको धान र आलुसमेत नष्ट हुँदा करिब ३० हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यसैगरी, सोही स्थानकी बबिता पुरीको पनि ढुङ्गा, माटो र काठपातले बनेको टिनको छानो भएको एकतले भान्सा घरमा हात्तीले क्षति पुर्‍याएको छ। पुरीको घरमा राखिएक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ११४ पटक पढिएको
  • विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

    इटहरी । विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं। १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको हो । साथै वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं। ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं। ६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ । थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • २०३ पटक पढिएको
  • ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’ः प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ

    इटहरी । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति उनले असन्तुष्टि जनाएका छन्। उनले सरकार मन्दिर र गुम्बा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाएका छन् । साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा भनेका छन्, ‘अब भगवानले पनि धनीपूर्जा बनाएर आउनु पर्ने भो यो धर्तीमा। नत्र एक दिन यसले पशुपति र बौद्धलाई पनि नछोड्लाजस्तो देखियो।’ उनले भगवानकै सृष्टि रहेको र भक्तिभावमा बनाइएका मन्दिर भत्काउनु अराजकता रहेको बताए । ‘भगवानले जग्गा किनेर नम्बरीमा बस्नु पर्ने रे ?’ उनले भनेका छ

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १५५ पटक पढिएको
  • दश अर्ब ७० करोड बढीको अलैँची मेची भन्सार कार्यालयबाट निर्यात

    इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१।५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो । चालु आवको नौ महिनामा पाँच हजार २९५।२५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१र८२ को सोही  अवधिमा छ अर्ब २५ करोड १२ लाख ६१ हजारबराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६।७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ कर

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १८५ पटक पढिएको
  • उदयपुरमा खयर तस्करीको आरोप, अख्तियारले अनुसन्धान अगाडी बढायो

    इटहरी ।  उदयपुर जिल्लाको सामुदायिक र निजी वन क्षेत्रबाट व्यापक रुपमा खयरको अवैध कटान, ओसारपसार र बिक्री–वितरण संगठित रूपमा भइरहेको आरोप सार्वजनिक भएको छ । यसरी खयरको अवैध तस्करीमा डिभिजन बन कार्यालयका जिम्मेवारी कर्मचारीहरुदेखि व्यापारी र ठेकेदारसम्मको सम्लग्नता रहेको आरोप छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान प्रारम्भ गरेको छ । डिभिजन वन कार्यालय उदयपुरका डिभिजनल वन अधिकृत गजेन्द्रकुमार श्रेष्ठले जिल्लामा वन क्षेत्रबाट हुने गरेको तस्करी र अनियमितताको सन्दर्भमा आफ्नो नेतृत्वमा सुक्ष्म अनुसन्धान, छानविन र करबाही प्रक्रिया अगाडि बढाएको बताउनुभयो । यस क्रममा केही व्यक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]