समाज

    Showing २,१३१-२,१४० of ११,११४ items.
  • जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

    इटहरी । जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका(७, कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका(७, कौवाई बस्ने ७० वर्षीय दिलबहादुर मिरिङचिङ मगरलाई अस्थाई प्रहरी पोस्ट सङ्गमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेका निजलाई सम्मानित उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणीसम्बन्धी कसुरमा १० वर्ष कैद सजाय फैसला भएको थियो । निजलाई फैसला कार्यान्वयनका लागि सम्मानित उदयपुर जिल्ला अदालत पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १७० पटक पढिएको
  • इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कोबिद जंग कार्की नेतृत्वमा शैक्षिक सुधारका विविध कार्यक्रम

    इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय इटहरी मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोबिद जंग कार्कीको कार्यकालमा शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।कार्कीको नेतृत्वमा विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न School Accounting System (SAS) लागू गरिएको छ भने वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण गरी व्यवस्थित ढंगले सञ्चालन गरिएको विद्यालयले जनाएको छ। पुराना डेस्क–बेन्च विस्थापित गरी नयाँ डेस्क–बेन्चको व्यवस्थापन गरिएको छ भने स्मार्ट विद्यालयको अवधारणाअनुसार कक्षा कोठामा स्मार्ट बोर्ड जडा

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • २४७ पटक पढिएको
  • प्रहरी संगठनलाई अझ जिम्मेवार, पारदर्शी र नागरिकमैत्री बनाउन सकिन्छ : मन्त्री पराजुली

    धनकुटा । कोशी प्रदेश सरकारका इन्द्रमणि पराजुली ले सीमित स्रोत, साधन र जनशक्तिका बीच पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय भवन तथा समग्र कार्यालयले सञ्चालन गरेका गतिविधिहरूको अनुगमन, निरीक्षण र मातहतका प्रहरी कार्यालयहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।उहाँले प्रहरी प्रशासनले नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रभावकारिता, अनुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।“

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ३७७ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा वातावरणीय मापदण्ड उल्लङ्घन, वायु प्रदूषणले जनजीवन प्रभावित

    इटहरी। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उद्योगहरूले बिनाकुनै प्रशोधन उत्सर्जन गरिरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा छ÷छ महिनामा वायु

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १७९ पटक पढिएको
  • टेम्केमैयुङको सिंहदेवी माविमा इ–लर्निङ कक्षा सञ्चालनका लागि कम्प्युटर र स्मार्ट टिभी हस्तान्तरण

    इटहरी । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा समयसापेक्ष प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँले इ–लर्निङ कक्षा सञ्चालन अभियानअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेर्खकस्थित सिंहदेवी माध्यमिक विद्यालयलाई कम्प्युटर तथा स्मार्ट टिभीलगायतका सामग्री हस्तान्तरण गरेको छ ।पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइराला संरक्षक रहेको उक्त संस्थाले सामुदायिक विद्यालयहरूमा प्रविधिमैत्री सिकाइ अभियानअन्तर्गत २० थान कम्प्युटर र एक थान स्मार्ट टिभी प्रदान गरेको हो । शिक्षालाई प्रविधिमैत्री र समयसापेक्ष बनाउन आफ्नो टोलीले सामुदायिक विद्यालयमा इ–लर्निङ कक्षा स्थापनाका ला

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ४७५ पटक पढिएको
  • सप्तकोशी नदीको पूर्वी तटबन्धमा कटान रोक्न प्रोकोपाइन र बाँसका संरचना जडान, स्पर मर्मत तीव्र

    इटहरी। सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रको नदी किनारभित्र ‘प्रोकोपाइनको पिल्लर’ लगाउन थालिएको छ । कटान हुने सम्भावित स्थानमा प्रोकोपाइनमा झिक्रासहितको बाँस बाँधेर गत वर्ष पानीको चाप परेको ठाउँमा प्रोकोपाइन हाल्न थालिएको छ । पूर्वी तटबन्धको राजावास क्षेत्रका स्परहरूमा बढी पानीको चाप नदी किनारमा पर्ने हुँदा बाँसको झिक्रासहित प्रोकोपाइन बाँधेर हाल्न थालिएको राजावास सबडिभिजनले जनाएको छ । उच्चस्तरीय प्राविधिकको स्थलगत अनुगमनपछि कटानको सम्भावित क्षेत्रमा मर्मत तथा रोकथामका काम गरिँदै आएको बताइएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले पानीको चाप पर्ने स्थानको हिउँदमै पहिचान

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १६३ पटक पढिएको
  • हिलेमा ए र बी डिभिजन ब्याडमिन्टन उपाधि विजेता घोषणा

    इटहरी  । धनकुटाको हिले मा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले उपाधि जितेका छन् ।सिर्जनशील सांस्कृतिक समूह हिले को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ए डिभिजनतर्फ नारायण–विशालको जोडीले विमल श्रेष्ठ र रोहित कट्टेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।त्यस्तै बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।ए डिभिजनतर्फ विजेताले ११ हजार रुपिया

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १३४ पटक पढिएको
  • मोरङबाट २० लाख भारतीय रुपियाँ बरामद

    इटहरी । रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो ।भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ ।बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १४५ पटक पढिएको
  • झापाको कचनकबलमा ‘सेतो सुन’ मखना खेतीको सुरुवात, सिमखेतमा नयाँ आर्थिक सम्भावनाको ढोका खुल्दै

    इटहरी। मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको ।कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • ८७ पटक पढिएको
  • प्रथम कोशीटप्पु महिला राष्ट्रिय कबड्डीमा कोशी प्रदेश विजयी

    इटहरी। प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशल

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १८१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]