समाज

    Showing १,९२१-१,९३० of ११,०९७ items.
  • पानीको बहाब बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतीघाटस्थित फेरी सेवा बन्द

    इटहरी। पानीको बहाब बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीको सतीघाटस्थित फेरी सेवा बन्द भएको छ । मनसुन सुरु भएसँगै नदीमा जलस्तर बढेपछि फेरी सञ्चालन रोकिएको हो ।खाँदबारी नगरपालिका–९, सतीघाट र भोजपुरको षडानन्द नगरपालिका–६ जोड्ने उक्त फेरी एक सातादेखि सञ्चालनमा नरहेको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । नदी धमिलो हुनुका साथै बहाब तीव्र बनेपछि फेरी सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।सतीघाटको फेरी भोजपुरको उत्तरी क्षेत्रलाई सङ्खुवासभाको खाँदबारी हुँदै तराईसँग जोड्ने मुख्य माध्यमका रूपमा प्रयोग हुँदै आएको छ । पक्की पुल नबनेकाले वैकल्पिक उपायका रूपमा २०७६ सालदेखि यह

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • १८४ पटक पढिएको
  • दुईदिने बिदाका कारण धनकुटाका पर्यटकीय स्थलमा पर्यटकीय गतिविधि बढ्यो

    इटहरी । दुईदिने बिदाका कारण धनकुटाका पर्यटकीय स्थलमा पर्यटकीय गतिविधि बढेको छ । यसले गर्दा पर्यटन क्षेत्रमा उत्साह छाएको छ । बिदाले पर्यटक थपिएका छन् भने समय पनि लम्बिने गरेकाले उत्साह थपिएको हो । विगतका केही वर्षको तुलनामा यो वर्ष धनकुटामा पर्यटकीय गतिविधि धेरै नै बढेको छ । धनकुटाका भेडेटार, हिले, राजारानी, पाख्रीबास, सिधुवालगायतका स्थानमा पर्यटकीय गतिविधि बढेको हो । होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूका अनुसार भेडेटारमा अघिल्ला वर्षका तुलनामा पर्यटक गतिविधि धेरै नै बढेको छ । भेडेटार सुनसरीको धरानबाट १७ किलो मिटरको दुरीमा रहेको भेडेटार गर्मी सिजनमा चिसो मौसमका लागि प्रख्य

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ९२ पटक पढिएको
  • दुईपाङ्ग्रे सवारीसाधनको कर नघट्दा खरिदकर्ता प्रतीक्षामै, सुरक्षा प्रविधि भने अनिवार्य

    काठमाडौ  । नयाँ सरकार गठनसँगै दुईपाङ्ग्रे सवारीसाधनमा लाग्ने कर घट्ने अपेक्षा गरिए पनि हालसम्म कर दरमा कुनै परिवर्तन नआएपछि सवारी खरिदको योजनामा रहेका उपभोक्ता अन्योलमा परेका छन्।यसैबीच, सरकारले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित अबदेखि सबै दुईपाङ्ग्रे सवारीसाधनमा एबिएस (ABS) वा सिबिएस (CBS) प्रणाली अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ।नयाँ मस्यौदा निर्देशिकाअनुसार एबिएस तथा सिबिएस प्रविधिले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई सवारीलाई सन्तुलित र नियन्त्रणमा राख्न मद्दत गर्दछ, जसले दुर्घटनाको जोखिम घटाउन सहयोग पुर्‍याउँछ।सरकारले यी सुरक्षा प्रविधि अनिवार्य कार्यान्

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १७८ पटक पढिएको
  • नेपाल खेलकुद महासङ्घ संखुवासभा संयोजकमा विजय कटुवाल

    संखुवासभा । नेपाल खेलकुद महासङ्घ संखुवासभामा विजय कटुवालको संयोजकत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। नवगठित कमिटीलाई छिट्टै जिल्ला अधिवेशनमार्फत पूर्णता दिइने संयोजक विजय कटुवालले बताउनुभयो। कार्यक्रममा बोल्दै कटुवालले खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन तथा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले जिल्लाका खेलकर्मी तथा खेलप्रेमीलाई एकताबद्ध गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि  खाँदबारी नगरपालिका नगर उपप्रमुख एवं नेपाल खेलकुद महासङ्घ केन्द्रीय सचिवालय सदस्य महेश्वरा श्रेष्ठले खेलकुद क्षेत्र

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १,१९१ पटक पढिएको
  • सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

    इटहरी । सङ्खुवासभा जिल्लाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी(१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु चार लाख बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मङ्गलबारेबाट खटिएको

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • २११ पटक पढिएको
  • पथरी शनिश्चरेमा स्वर्गीय लेखक दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान

    इटहरी । मोरङको पथरी शनिश्चरेमा कला साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेले स्वर्गीय लेखक दिपेन्द्रराज तिम्सिनालाई मरणोपरान्त स्रष्टा सम्मान प्रदान गरेको छ। आज आयोजित सृजना विमर्श तथा स्रष्टा सम्मान कार्यक्रममा स्वर्गीय तिम्सिनाकी धर्मपत्नी लीला देवी निरौला ‘दुर्गा’लाई विशेष समारोहबीच सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्वापो र वरिष्ठ साहित्यकार मनु मञ्जिलले उहाँलाई दोसल्ला ओढाई २५ हजार रुपैयाँ नगद, स्वर्गीय तिम्सिनाको अर्धकद चित्र तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो। स्वर्गीय दिपेन्द्रराज तिम्सिनाले पथरी शनिश्चरेलाई आफ्नो कर्मथलो बनाए

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १९८ पटक पढिएको
  • झापाको मेचीनगरमा अज्ञात पुरुष मृत फेला

    इटहरी । झापाको मेचीनगर नगरपालिका–८, जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार बेलुका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए।अन्दाजी ३५ देखि ४० वर्ष उमेरका ती पुरुष उत्तानो परेको अवस्थामा फेला परेका हुन्। शवको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • १५० पटक पढिएको
  • बुढीगंगा तेक्वान्दो डोजाङद्वारा अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ हुंदै

    इटहरी / मोरङको बुढीगंगा तेक्वान्दो डोजाङले आगामी जेठ १७ गते आयोजना हुने अन्तर डोजाङ तेक्वान्दो च्याम्पियनसिप २०८३ सम्बन्धी जानकारी प्रेस मिटमार्फत सार्वजनिक गरेको छ।पाथीभरा बोर्डिङ स्कुलको सभाहलमा हुने प्रतियोगितामा ७ वटा डोजाङबाट १५० जना भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्रेस मिटमा बुढीगंगा तेक्वान्दो डोजाङका अध्यक्ष अबिनास थापाले प्रतियोगिताले तेक्वान्दो खेलको विकास, खेलाडीहरूबीच प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा नयाँ प्रतिभाको पहिचानमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रममा कोषाध्यक्ष मन्दिरा राईले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै सफल

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ४८५ पटक पढिएको
  • झापालाई हराउँदै बेलबारी फाइनलमा

    इटहरी । बेलबारी फुटबल क्लब धनकुटामा जारी १८औँ सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबार भएको खेलमा बेलबारीले बिर्तामोड युनाईटेड क्लब झापालाई ३–० गोलले हरायो । बेलबारीको जितमा सलमान किङले सबै गोल गर्नुभयो । सलमान प्लेयर अफ दि म्याच हुनुभयो । उहाँले ६ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • १४६ पटक पढिएको
  • शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका(६ स्थित शङ्करबेली सिमसार यतिबेला ढकमक्क फुलेका विभिन्न प्रजातिका फूलले भरिभराउ देखिन्छ । सेता तथा हल्का पिङ ९गुलाबी० रङका फूलले सिमसार क्षेत्रलाई मनमोहक र आकर्षक बनाएसँग आन्तरिक पर्यटकको आगमन बढेको हो । फूल फुलेसँगै शङ्करबेली सिमसार अवलोकन तथा फोटो, भिडियो खिच्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ पुग्ने गरेका छन् । बिहानदेखि साँझसम्म पर्यटकको घुइँचो लाग्ने गरेको शङ्करबेली सिमसार उपभोक्ता समितिका सदस्य निश्चल तामाङले बताउनुभयो । साथीसँग शङकरबेली सिमसार घुम्न पुग्नुभएकी मोरङ बेलबारीका सरिता श्रेष्ठले पछिल्लो समय टिकटक र फेसबुक जस्ता सामाजिक सञ्जालमा यो

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • २०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]