समाज

    Showing १,९११-१,९२० of ११,११४ items.
  • भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    इटहरी । धनकुटामा प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित खुलाल टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय विजय राई रहेका छन् । उनलाई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकेर हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किसोर तामाङले जानकारी दिनुभयो । भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएका राईलाई जिल्ला अदालत धनकुटाबाट हातहतियार तथा खरखजाना मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १३९ पटक पढिएको
  • हिलिहाङ निःशुल्क आँखामा ५४७ जनाको उपचार, ३१ जनाको शल्यक्रिया

    इटहरी ।  पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५४७ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । गाउँपालिका भित्रका सर्वसाधारणलाई लक्षित गर्दै हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले गोपेटारमा आयोजना गरेको शिविरमा उक्त सङ्ख्यामा नागरिकले सेवा लिएका हुन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको छ । १२ महिला र १९ पुरुष गरी ३१ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुका साथै आँखामा पलाएको मासु र ऐजेरुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक व्यवस्थापन, स्वास्थ्य शाखाको आयोजनामा र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८२ पटक पढिएको
  • बन्द हुने अवस्थामा पुगेको विद्यालय बन्यो मावि

    इटहरी । विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढाउँदै माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तह (माव्रिं) सम्म स्तरोन्नति हुन सफल भएको हो । पहाडी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो । २०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सालसम्म आइपुग्दा विद्यार्थी घटेर १८ जनामा सीमित भयो । कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १६७ पटक पढिएको
  • आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

    इटहरी । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्क

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २५८ पटक पढिएको
  • रङ्गेली नगरपालिकामा शीतभण्डार बनेपछि किसान खुसी

    इटहरी । रङ्गेली नगरपालिकाले ६ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् । रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न ‘कोल्ड स्टोरेज’ ले सहयोग पुग्ने अपेक्षामा रहेको बताउनुहुन्छ । मोरङको रङ्गेलीमा २०६६ सालदेखि शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफलताउन्मुख बनेको छ । गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीतभण्डारका लागि संरचना निर्माण भए पनि त्यो सञ्चालनमा आउन नसक्दा स्थानीय उत्पादन व्यवस्थापनमा सहज थिएन । कोशी प्रदेश सरकार र रङ्गेली

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २६१ पटक पढिएको
  • कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द

    इटहरी । उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द भएको छ । कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएपछि विगत एक सातादेखि बजारमा खानेपानीको चरम अभाव भएको हो ।  खानेपानीको हाहाकार भए पनि तत्काल अर्को विकल्प नभएपछि आमउपभोक्ताले रित्तो गाग्रीसहित खानेपानीको व्यवस्था मिलाउन नगरप्रमुखसँग माग गर्दै दबाब दिन थालेपछि स्थानीयलाई कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दमकलबाट पानी वितरण गर्ने व्यवस्था मिलाउनुभएको छ । आइतबार १० स्थानमा दमकलबाट पानी वितरण गरिएको र प्रतिएक घरपरिवारले ३० लिटरसम्म प्राप्त गर्ने गरेको स्थानीयले बताएका छन् । बजारका होटेल व्यवसायीले भने अपुग पानी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १३७ पटक पढिएको
  • नयाँ ओमोडा ई–फाइभ प्रो इटहरीमा सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष छुट

    इटहरी । नेपालमा ओमोडा तथा जेकु ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतीक्षित विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी ९एसयूभी० ओमोडा ई–फाइभ प्रो लाई इटहरीमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।इटहरीस्थित शोरुममा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, ओमोडा तथा जेकु ब्रान्डका प्रतिनिधि र प्रविधिमैत्री रोबर्टले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका थिए। कम्पनीका अनुसार नेपालभर हालसम्म ओमोडा ई–फाइभका एक हजार पाँच सयभन्दा बढी गाडी सञ्चालनमा आइसकेका छन्। नयाँ ई–फाइभ प्रो अझ परिष्कृत प्रविधि, उत्कृष्ट सुविधा तथा आधुनिक सवारी अनुभवसहित बजारमा ल्याइएको हो।नयाँ मोडलमा ५० दशम

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ४१७ पटक पढिएको
  • ताप्लेजुङमा लागुऔषधसहित दुई जना पक्राउ

    इटहरी । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–२ शिक्षा लाइन क्षेत्रमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका दुई युवामाथि जाँच गर्ने क्रममा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको हो । जाँचका क्रममा सुनसरीको धरान उपमहानगरपालिका–६ स्थायी घर भई हाल फुङलिङ–२ बस्दै आएका २१ वर्षीय बिकेश लिम्बुको साथबाट ट्रामाडोल ३७ क्याप्सुल र ‘क्लेरियो’ लेखिएको ३८ ट्याब्लेट बरामद गरिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक आशिष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिका–९ निवासी २१ वर्षीय फुपु शेराप शेर्पाको कोठामा गरिएको खानतलासीका क्रममा ट्रामाडोल २० क

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २०२ पटक पढिएको
  • ओझेलमा धर्मदेवी मन्दिर र लेगुवा झरना

    इटहरी । पूर्वको प्रसिद्ध छिन्ताङदेवीको दिदी मानिने धर्मदेवी मन्दिर, तीन वटा आकर्षक झरना र याक्खा संस्कृतिको अनुपम सङ्गम रहेको धनकुटाको माझगाउँमा सम्भावनायुक्त पर्यटकीय गन्तव्य रहेको छ तर सडक, पूर्वाधार र प्रचारप्रसारको अभावले महालक्ष्मी नगरपालिका–२ रहेको यो क्षेत्र ओझेलमा परेको छ । छिन्ताङ मन्दिरमा दैनिक सयौँ भक्तजन पुग्दा धर्मदेवीमा भने स्थानीयबाहेकका भक्तजन पुग्ने गरेका छैनन् । धार्मिक मान्यता अनुसार धर्मदेवी जेठी, हुम्बुङ माहिली र छिन्ताङदेवी कान्छी देवीका रूपमा मानिन्छ र त्यही अनुसार सुरुमा बिहान धर्मदेवीमा, दिउँसो हुम्बुङ र साँझमा छिन्ताङदेवीमा पूजाआजा गर्ने तथा गर्नुपर्ने प्रचलन रहि

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २७४ पटक पढिएको
  • उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर घाइते

    इटहरी । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा मङ्गलबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इँटाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय मोटरसाइकल चालक हेमन्त सदालाई उपचारका लागि तत्काल जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।उक्त मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिक

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]