समाज

    Showing १७१-१८० of १०,९९२ items.
  • झापामा बसको ठक्करबाट एक युवकको मृत्यु, एक गम्भीर घाइते

    इटहरी । झापाको बाह्रदशी गाउँपालकिामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का युवा गम्भीर घाइते भएका छन् । सोमवार बिहान १०ः४५ बजेतिर बाह्रदशी गाउँपालिका भागडुब्बाथित हिमाली  राजमार्गमा भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र।१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र।१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।   ठक्करबाट मोटरसाइकल चालक बाह्रदशी गाउँपालकिा–४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलमा  पछाडि  सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी गम्भीर घाइते भएका थिए । घटनालगत्तै दुवै घाइतेलाई उपचारका लागि बिर्तामोडस्थ

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १८५ पटक पढिएको
  • दसैँ तिहारको मुखमा ताप्लेजुङवासीलाई राहत, सुकेटारमा पुनः सुरु भयो नेपाल एयरलाइन्सको उडान

    इटहरी । ताप्लेजुङ विमानस्थल सुकेटारमा साढे तीन महिनापछि उडान भएको छ । सोमबार नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले उडान गरेको हो ।मौसम खुलेसँगै निगमले ताप्लेजुङ विमानस्थलमा उडान सुरु गरेको हो । काठमाडौँदेखि १३ जना यात्रु लिएर निगमको ट्विनअटर जहाज ताप्लेजुङ आएको हो । यहाँदेखि पाँच जना यात्रु लिएर जहाज काठमाडौँ फर्किएको छ । बर्खायामसँगै मौसम प्रतिकूल भएपछि गत जेठ २२ गतेदेखि उडान ठप्प बनेको थियो । यसबिचमा निगमको उडान तालिका रहे पनि उडान भने सञ्चालन हुन सकेको थिएन । यात्रुले टिकट लिँदै जहाज कुर्दै सेवा लिन नपाई फर्किनुपर्ने अवस्था बनेको थियो ।असोज १२ गते सोमबार भने उडान भएसँगै अब नियमित उडान सञ्च

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १६२ पटक पढिएको
  • भुक्तानी नपाउँदा धनकुटामा दुध उत्पादन निरन्तर ओरालो, किसान व्यवसायबाट विस्थापित हुँदै

    इटहरी । धनकुटामा पछिल्लो समय दुध उत्पादन निरन्तर घट्न थालेको छ । आर्थिक वर्ष २०८०र०८१ यताका दुई वर्षमा धनकुटामा दुधको उत्पादन निरन्तर ओरालो लागेको हो ।आर्थिक वर्ष २०८०र०८१ मा जिल्लामा १७ हजार एक सय १३ मेट्रिक टन दुध उत्पादन भएकोमा आर्थिक वर्ष २०८१र०८२ मा १३ हजार तीन सय तीन र गत आर्थिक वर्षमा ११ हजार चार सय ५९ मेट्रिक टन दुध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाले जनाएको छ ।  कृषकले पाउने दुधको भुक्तानी नियमित नहुँदा उत्पादन घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धनकुटाको प्रमुख हिमा कुमारी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०र

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १६५ पटक पढिएको
  • अत्यावश्यक खाद्यान्नको सहज आपूर्ति र सहुलियत मूल्य निर्धारण गर्न झापा प्रशासनको अग्रसरता,उपभोक्तालाई राहत दिन साल्ट ट्रेडिङ र खाद्य कम्पनी परिचालन

    इटहरी । चाडपर्व नजिकिँदै गर्दा झापा प्रशासनले सर्वसाधारणका लागि अत्यावश्यक खाद्यान्न नुन, चामल र चिनीको आपूर्ति सहज बनाउने तयारी थालेको छ ।प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको संयोजकत्वमा बसेको बैठकले जिल्लामा खाद्यवस्तुको पर्याप्त मौज्दात कायम राख्दै सहज आपूर्ति र सहुलियत मूल्यमा बिक्री गर्ने निर्णय गरेको हो । बैठकले साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत झापाका २५ भन्दा बढी विक्रेतामार्फत थोक रूपमा नुन उपलब्ध गराउने निर्णय गरेको छ । यसबाट जिल्लाका विभिन्न बजारमा नुनको नियमित आपूर्ति तथा वितरण सहज बनाउने लक्ष्य राखिएको छ । त्यस्तै, चाडपर्वका बेला उपभोक्तालाई राहत दिने उद्देश्यले चामल, चिनी र नुन

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १८६ पटक पढिएको
  • बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनद्वारा ‘किड्स ट्यालेन्ट फेस्ट २०८३’ सम्पन्न

    इटहरी । बराहक्षेत्र मन्टेस्वरी एसोसिएसनको आयोजनामा बालबालिकाको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ ‘किड्स ट्यालेन्ट फेस्ट २०८३’ सम्पन्न भएको छ। बराहक्षेत्र–५, कालाबन्जरस्थित बराह मन्टेस्वरी एकेडेमीको प्राङ्गणमा आयोजित कार्यक्रममा चित्रकला, नृत्य, अङ्ग्रेजी वक्तृत्वकला तथा हस्तलेखन लगायतका विधामा प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा बराह मन्टेस्वरी एकेडेमी, कोकोमेलान मन्टेस्वरी र ए के मन्टेस्वरीका बालबालिकाहरूले सहभागिता जनाएका थिए ।  एसोसिएसनका अध्यक्ष एवम् सभाध्यक्ष हरेन्द्र कुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार राई प्रमुख

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १०२ पटक पढिएको
  • पथरीमा असोज १७ देखि तेस्रो पथरी शनिश्चरे गोल्डकप, थ्री स्टार र पुलिससहित ८ टोली मैदानमा

    इटहरी । मोरङको पथरी शनिश्चरेमा आगामी असोज १७ गतेदेखि आयोजना हुने ’तेस्रो पथरी शनिश्चरे गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी ७५ प्रतिशत पूरा भई अन्तिम चरणमा पुगेको छ ।  पथरी–११ फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन खेलमैदान व्यवस्थापन, घाँस काट्ने, सम्याउने तथा दर्शकका लागि अस्थायी प्यारापिट निर्माणको कामलाई तीव्र पारिएको हो।   आयोजक क्लबका अध्यक्ष सुमन विकका अनुसार दैनिक ३ देखि ५ हजारसम्म दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्न सक्ने अनुमान गरिएको छ। प्रतियोगितामा आयोजक पथरी–११, भारतको युनाइटेड कुर्सेओङ फुटबल क्लब, ललितपुरको थ्री स्टार क्ल

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ३२० पटक पढिएको
  • इलाका प्रहरी कार्यालय पथरीद्वारा भदौ महिनाको प्रगति विवरण सार्वजनिक, १३ फरार प्रतिवादी पक्राउ

    इटहरी । इलाका प्रहरी कार्यालय पथरी, मोरङले २०८३ सालको भदौ महिनामा १८ वटा विभिन्न आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरदत्त पन्तले भदौ महिनाको कार्यसम्पादन, अनुसन्धान तथा शान्ति सुरक्षासम्बन्धी प्रगति विवरण सार्वजनिक गर्नुभएको हो। दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी लागूऔषधतर्फ १० वटा रहेका छन्, जसअन्तर्गत १० जनालाई २१ ग्राम ६७० मिलिग्राम लागूऔषध सहित पक्राउ गरी ३ जनालाई सुधार गृह पठाइएको छ। यस्तै जबरजस्ती करणीका २, बैंकिङ कसुरका २, अभद्र व्यवहारका ३ र भवितव्य ज्यानको १ मुद्दा दर्ता भएका छन

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ११९ पटक पढिएको
  • जेन्जी युवालाई सही बाटो देखाउँदै ’वी फर चेन्ज’, इनरुवाका ४२ युवालाई दिइयो करियर सम्बन्धी विशेष मार्गदर्शन

    इटहरी । युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी करियरको सही दिशा तय गर्न र स्पष्ट लक्ष्य निर्धारणमा सहयोग पु¥याउने उद्देश्यले इनरुवामा एकदिने करियर मार्गदर्शन कार्यक्रम सम्पन्न भएको छ। ’वी फर चेन्ज’ अभियानको आयोजनामा इनरुवा वडा नम्बर ६ स्थित लेमन होटलमा आयोजित उक्त कार्यक्रममा साविक मधेशाका विभिन्न वडाका ४२ जना जेन्जी नवयुवाहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा अभियान्ता मौसम कोइरालाले मुख्य प्रशिक्षकका रूपमा सहभागी युवाहरूलाई सही करियर छनोट, लक्ष्य निर्धारण, क्षमता पहिचान र भविष्य निर्माणका विषयहरूमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा सहभागी डा. दिवस कार्कीले युवाहरूको क्

    • प्रकाशित मितिः असोज ११, २०८३
    • २३७ पटक पढिएको
  • ९० करोड लागतको केरौन सबस्टेशनको काम अन्तिम चरणमा, असोजमै ट्रान्सफर्मर चार्ज गर्ने तयारी

    इटहरी। मोरङको कानेपोखरी गाउँपालिका–२ स्थित केरौन १३२र३३ केभी सबस्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।करिब ९० करोड रुपैयाँ लागतमा निर्माण भइरहेको आयोजनाका वायरिङ, ट्रान्सफर्मर जडान र पोल विस्तारलगायत अधिकांश काम सम्पन्न भइसकेका छन्। आयोजनाका इन्जिनियर राजेश साहका अनुसार असोज १७ गते हाईटेन्सन लाइनबाट सटडाउन लिएर ट्रान्सफर्मर चार्ज गर्ने तयारी भइरहेको छ। ट्रान्सफर्मर चार्ज गर्न करिब २४ घण्टा लाग्ने भएकाले मोरङ र झापाका केही क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उनले बताए।२०७८ साउन २७ गतेबाट निर्माण सुरु भएको आयोजना असोजभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सबस्टेशन सञ्चालनमा आएप

    • प्रकाशित मितिः असोज ११, २०८३
    • १२३ पटक पढिएको
  • महाधिवेशन प्रतिनिधिमा दर्नाल निर्विरोध निर्वाचित

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा वीरबहादुर दर्नाल ‘वीरु निर्विरोध निर्वाचित भएका छन्।शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनबाट समावेशी दलित कोटातर्फ दर्नाल निर्विरोध निर्वाचित भएका हुन्। समावेशी दलित कोटामा दर्नालसँगै गजेन्द्र नेपालीको उम्मेदवारी परेको थियो। अन्तिम समयमा नेपालीले दर्नाललाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।यता दलित कोटातर्फ भने चार जनाको उम्मेदवारी परेको छ। उम्मेदवारबीच सहमति जुट्न नसकेपछि उक्त कोटामा आइतबार असोज ११ गते निर्वाचन हुने भएको छ।

    • प्रकाशित मितिः असोज ११, २०८३
    • ८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]