इटहरी । नेपालको पहिलो तथा सबैभन्दा ठूलो रामसार क्षेत्रका रूपमा परिचित कोशी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधता, सिमसार संरक्षण र पर्यापर्यटनका दृष्टिले देशकै महत्त्वपूर्ण गन्तव्य मानिन्छ।सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सम्पदा र दुर्लभ वन्यजन्तुको आश्रयस्थलका रूपमा अन्तर्राष्ट्रिय स्तरमै परिचित छ। सन् १९८७ डिसेम्बर १७ मा रामसार सूचीमा सूचीकृत भएको कोशी टप्पु रामसार क्षेत्रको क्षेत्रफल १७ हजार ५०० हेक्टर छ। कोशी नदीको बाढी मैदानमा अवस्थित यस क्षेत्रमा नदी, सिमसार, घाँसे मैदान, दलदल र स–साना तालहरूको मिश्रित पारिस्थितिक प्रणाली रहेको छ। कोशी टप्पुको सबैभन्दा ठूलो विश
इटहरी । कोशी प्रदेश सरकारले बजेट पारित भएपछि त्रुटि सच्याउने भनी सत्ता पक्षकै सांसदसँग प्रतिबद्धता जनाएसँगै सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा संसदभन्दा बाहिरै बजेट संशोधन गर्ने सहमति गरेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । सांसदले सदनमा भइरहेको छलफलको औचित्यमाथि नै प्रश्न उठाउँदै विपक्षी दलका सांसदले सरकारले नै सच्याउँछु भनेको बजेट र विनियोजनमाथि छलफल गर्नु औचित्यहीन भएको बताएका हुन् । सत्तापक्षका सांसदले पनि विनियोजनमा बजेट सन्तुलन नमिलेको र सरकारका मन्त्रीको क्षेत्रमा बजेट केन्द्रित गरेको भन्दै सहमति अनुसार बजेट सच्याइने विश्वास व्यक्त गरेका थिए । प्रदेश सभा बैठकमा बोल्दै नेपाल
इटहरी / मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । नवराजको जन्म वि.सं. २०३४ स
बराहक्षेत्र — बराहक्षेत्र नगरपालिका–५ अन्तर्गत लक्ष्मीपुर र गौरी टोलमा वर्षायाममा हुने डुबान तथा पानी निकासको समस्यालाई लिएर स्थानीयवासी र वडा कार्यालयबीच विवाद चर्किएको छ। वडा कार्यालयले गौरी टोलका स्थानीयको मागअनुसार पानी निकास व्यवस्थापनको काम अघि बढाउन खोजेपछि प्रभावित लक्ष्मीपुरवासीले सबै पक्षको सहमति, प्राविधिक अध्ययन तथा दीर्घकालीन समाधानको माग गर्दै विरोध जनाएका हुन् ।नगरपालिकाका अनुसार गौरी टोलबाट पानी निकास व्यवस्थापनको माग आएपछि आवश्यक सुरक्षा तथा समन्वयका लागि नगर प्रहरी कमान्डरलाई लिखित निर्देशन दिइएको थियो। त्यसपछि नगर प्रहरी, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्याल
इटहरी । मोरङको लेटाङमा शनिबार दिउँसो दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहका अनुसार कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको सिटी सफारी फारलाइन क्षेत्रमा अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा लेटाङ–४ सिद्धार्थ लाइन निवासी अन्दाजी ६० वर्षीया सञ्चमाया लावती गम्भीर घाइते हुनुभएको थियो ।गम्भीर घाइते लावतीको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो। दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते हुनुभएको छ। उहा
इटहरी । रोट्रयाक क्लब अफ इटहरीले आफ्नो १९ औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रम मार्फत मनाएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीमा आश्रित बालबालिकालाई स्टेशनरी सामग्री वितरण तथा उनीहरूसँगै रात्रीभोज कार्यक्रम आयोजना गर्दै क्लबले स्थापना दिवसलाई अर्थपूर्ण बनाएको हो। नवनिर्वाचित अध्यक्ष अनुप्रास बिष्टको कार्यकालको अवसरमा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरूले बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै आत्मीयतापूर्वक समय बिताएका थिए । रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले स्थापना दिवसलाई औपचारिक समारोह भन्दा सेवामूलक कार्यमार्फत मनाउन पाउँदा गर्व लागेको बताउँदै बालबालिकाको विकासमा
इटहरी । मोरङको पथरी शनिश्चरे –०१ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले अभिभावक भेला, सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको छ । शनिबार विद्यालयको प्राङ्गणमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता एवं वडाध्यक्ष भीमकुमार राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ‘पञ्चायत वाणी’ कृतिको लोकार्पण गरिनुका साथै विद्यालयको शैक्षिक विकासमा पु¥याएको योगदानको कदर गर्दै पूर्व शिक्षकहरू वेदनिधि गड्तौला, गुरूप्रसाद दहाल, दिनेश कुमार सुवेदी र बुद्धिनाथ अधिकारीलाई विशेष सम्मान गरिएको थियो । सोही अवसरमा विद्यालयमा स्थापित विभिन्न स्मृति कोषका दाताहरू सीत
इटहरी — इटहरी उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा सदस्य पदका उम्मेदवार महेश थापाले व्यवसायीबीच आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। नवराज काफ्ले नेतृत्वको साझा समूहबाट उम्मेदवारी दिएका थापा यतिबेला घरदैलो, भेटघाट तथा प्रत्यक्ष संवादमार्फत व्यवसायीका सुझाव र अपेक्षा संकलनमा सक्रिय छन्।लामो समयदेखि व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय थापाले उद्योगी–व्यवसायीका साझा समस्या समाधान, संस्थागत सुदृढीकरण तथा युवा व्यवसायीको सक्रिय सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। व्यवसायीसँगको प्रत्यक्ष संवादमार्फत संघलाई अझ प्रभावकारी, उत्तरदायी र सबैको साझा संस्था बनाउने आफ्नो लक्ष्य रह
इटहरी । धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी टोली, अस्थायी प्रहरी पोस्ट जोरसखुवा र अस्थायी प्रहरी चौकी देउरालीबाट संयुक्त रूपमा खटिएको टोलीले छापा मारेको थियो।प्रहरीले धरान–५ निवासी ३२ वर्षीय पर्वत दर्जी बस्दै आएको कोठामा खानतलासी गर्दा ब्राउनसुगर पाँच ग्राम पदार्थ बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित दर्जीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
इटहरी । गृहमन्त्री सुधन गुरुङले देशभरका प्रहरी कार्यालयका जीर्ण भवन तथा कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।नेपाल–भारत सीमा क्षेत्रको निरीक्षणका लागि शनिबार विराटनगर आइपुग्नुभएका गृहमन्त्री गुरुङले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बजेट अभावका कारण निर्माण कार्य अपेक्षित गतिमा अघि बढ्न नसके पनि आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई तीव्रता दिइने बताउनुभयो । उहाँले प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढीकरण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै जीर्ण भवनको समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम अघि बढाइएको जानकारी दिनुभयो ।गृहमन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.