समाज

    Showing १,२६१-१,२७० of ११,०७५ items.
  • निर्यात नहुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य अपूरो

    इटहरी  : भद्रपुर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा तोकिएको राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न असफल भएको छ ।  कार्यालयले लक्ष्यको ७४ दशमलव ३४ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको हो ।भद्रपुर भन्सार कार्यालयका सूचना अधिकारी प्रेमबहादुर लामाका अनुसार आव २०८२/८३ मा रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्र सङ्कलन भएको हो ।  आव २०८१/८२ मा पनि कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । उक्त वर्ष रु ३३ करोड १३ लाख ७३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २० करोड ८६ लाख ६९ हजार ६३१ मात्र सङ्कलन भएको थियो ।सूचना अधिकार

    • प्रकाशित मितिः साउन १६, २०८३
    • २६१ पटक पढिएको
  • मोरङमा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा वृद्धको मृत्यु

    विराटनगर : मोरङको कटहरी गाउँपालिका–३ मा निर्माणाधीन सडकको खाल्डोमा साइकल लड्दा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा कटहरी–३ राजवंशी टोलका ८७ वर्षीय अजयकुमार राजवंशी रहेका छन्। प्रहरीका अनुसार राजवंशी साइकलमा घर फर्कने क्रममा निर्माणाधीन सडकको खाल्डोमा अचानक लडेर गम्भीर घाइते भएका थिए।उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित प्राइम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि विराट शिक्षण अस्पताल रेफर गरिएकोमा शुक्रबार दिउँसो २ः१० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटनाबारे राति ९ः४५ बजे मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो।  प्रहरीको प्रारम

    • प्रकाशित मितिः साउन १६, २०८३
    • ३१२ पटक पढिएको
  • अर्गानिक प्रमाणीकरणमै किसानको लाखौँ खर्च

    इटहरी। नेपाली चियाको ‘अर्गानिक’ प्रमाणीकरणका लागि किसान र उद्योगले बर्सेनि लाखौँ रुपियाँ खर्च गर्दै आएका छन् ।  देशभित्रै अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला नहुनु र भएको प्रयोगशालाले पनि मान्यता नपाउँदा बर्सेनि लाखौँ रुपियाँ खर्च गनुपर्ने बाध्यतामा चिया उत्पादक र चिया उद्योग छन् ।  अन्तर्राष्ट्रिय– स्तरका नासा, आइओएम, सेरेसलगायतका संस्थाले नेपाली चियाको बोटसम्मै आएर अर्गानिक भए नभएको प्रमाणित गरेपछि मात्र नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा जाने अवसर पाउँछ । यसका लागि ती संस्थामा निवेदन दिनु पर्छ ।एक वर्षमा तीन/चार पटकसम्म अनुगमन र अध्ययन गरेपछि मात्र उनीहरूले अर्गानिक भएको

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १८९ पटक पढिएको
  • गोली गोली चलेको ठाउँमा अन्त्येष्टि, शोकमा डुब्यो सुनसरीको कप्तानगन्ज

    विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा सशस्त्र प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवाको शुक्रबार राति उनीहरूलाई गोली लागेको घटनास्थलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिएको छ। स्थानीयवासी र मृतकका परिवारको आग्रहपछि परम्परागत घाटमा नभई घटनास्थललाई नै अन्तिम बिदाइको स्थल बनाइएको हो।  सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहता र देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको थियो। ओमप्रकाशको घटनाकै दिन मृत्यु भएको ‘सामान्यतया नदी वा खोलाको किनारमा अन्त्येष्टि गर्ने चलन भए पनि यसपटक स्थानीयको भावनालाई सम्मान गर्दै घटनास्थलमै दाहसंस्कार गरि

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०६ पटक पढिएको
  • ताप्लेजुङमा धान रोपाइ १३ प्रतिशतले बढ्यो

    इटहरी। ताप्लेजुङमा गत वर्षको तुलना यस वर्ष करिब १३ प्रतिशत बढी धान रोपाइ भएको छ । जिल्लाका विभिन्न कृषियोग्य जमिनमा गतवर्षको तुलनामा यसवर्षको हालसम्म १३ प्रतिशत बढी धान रोपाइ भएको हो ।  कृषि ज्ञान केन्द्र ताप्लेजुङका निमित्त कार्यालय प्रमुख तथा कृषि प्रसार अधिकृत विजय श्रेष्ठका अनुसार यस वर्ष करिब ७८ प्रतिशत बढी रोपाइ सम्पन्न भएको छ । उहाँका अनुसार गत वर्षको यही अवधिसम्ममा करिब ६५ प्रतिशत मात्र रोपाइ सम्पन्न भएको थियो ।  जिल्लाका ४ हजार ४ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँका अनुसार कुल ५ हजार ६ सय ६६ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४ हजार ४ सय बढी हेक्टर क्षेत्रमा रो

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १५७ पटक पढिएको
  • विराटनगरमा शान्ति तथा सद्भाव -याली

    इटहरी। सामाजिक सद्भाव, भाइचारा र शान्ति कायम राख्ने उद्देश्यले शुव्रmबार विराटनगरमा सद्भाव -याली निकालिएको छ । जिल्ला प्रशासन कार्यालयकै अगुवाइमा निकालिएको सद्भाव -यालीमा विभिन्न धर्म सम्प्रदायमा आबद्ध सङ्घ संस्था र सामाजिक संस्थाको सहभागिता रहेको थियो । सुनसरीको देवानगन्ज–३, कप्तानगन्जमा गत आइतबार राति दुई समूहबिच असमझदारी हुँदा दुई जनाको ज्यान जाने गरी भएको घटनापछि साम्प्रदायिक शान्ति बिथोलिएको थियो । त्यसपछि सुनसरीका विभिन्न पालिका हुँदै मधेशभर प्रदर्शन उग्र बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा शान्ति कायम गर्ने उद्देश्यले सद्भाव -याली निकालेको हो । कप्तानगन्जमा भएको घटनामा

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०४ पटक पढिएको
  • सुनसरीमा कर्फ्यु हटाइ निषेधाज्ञा जारी

    इटहरी। सुनसरीमा जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले कप्तानगञ्जमा मृत्यु भएका दुई जनाको अन्त्येष्टिपछि जिल्लाको अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै शनिबार बिहान ८ः३० बजेदेखि कर्फ्यु हटाई निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभएको छ। यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम १० स्थानीय तहका विभिन्न क्षेत्रमा अर्को सूचना जारी नभएसम्म कर्फ्यु आदेश लागू गरिएको थियो। अब भने सो आदेश हटाएर स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम एकै स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १०६ पटक पढिएको
  • पहिरोले पुरियो पेट्रोल पम्प, संरचनामा क्षति

    इटहरी। पाँचथरको फिदिम नगरपालिका –४ जोरसालमा सञ्चालित लक्ष्मी ट्रेड्स एण्ड सप्लायर्स (पेट्रोल पम्प) पहिरोले पुरिएको छ । शुक्रबार साँझ करिब ९ बजेतिर माथिबाट झरेको पहिरोले पेट्रोल पम्पको कार्यालय र पेट्रोल तान्ने मेसिन लगायतका संरचनामा क्षति पुगेको छ । पहिरोका कारण पेट्रोल विक्री वितरण ठप्प भएको सञ्चालक गौरी भण्डारीले बताउनुभयो । पम्पको भण्डारमा कम्तिमा तीन ट्याङ्कर बढी डिजेल र एक ट्याङ्करभन्दा बढी पेट्रोल रहेको उहाँको भनाइ छ । पहिरोसँगै खसेका ठुला ढुङ्गाले ट्याङ्की माथिको भाग पुरिएको छ । पम्पको कार्यालय, इन्धन भण्डारण क्षेत्र तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि विक्री ठप्प भएको छ । यसअघि

    • प्रकाशित मितिः साउन १६, २०८३
    • १११ पटक पढिएको
  • झापामा तीव्र गतिका कारण मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    इटहरी । झापाको बाह्रदशी गाउँपालिका(३ रामनगरमा मोटरसाइकलको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हो। हिमाली राजमार्गअन्तर्गत घोडामाराबाट राजगढतर्फ जाँदै गरेका बाह्रदशी(३ का ५० वर्षीय प्रेमबहादुर पौडेललाई सोही दिशाबाट आउँदै गरेको प्र।१(०१(०१९ प २६९४ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो करिब १ः१५ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति करिब ८ः३० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। दुर्घटनामा

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १५४ पटक पढिएको
  • देवानगञ्ज घटनाका मृतक ओमप्रकाश र जयप्रकाशलाई शहीद घोषणा गर्ने गृह मन्त्रालयको प्रतिबद्धता,गृहमन्त्रीको उपस्थितिमा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर

    इटहरी । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।सम्झौताअनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।सम्झौतामा प्रत्येक

    • प्रकाशित मितिः साउन १५, २०८३
    • १२७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]