समाचार

    Showing ८८१-८९० of १२,३४६ items.
  • थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु

    इटहरी ।  ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेचम्बुमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो। पाथीभरा ब्याटमिन्टन सङ्घको प्राविधिक सहयोगमा पाथीभरा याङवरक गाउँपालिकाले आयोजना गरेको प्रतियोगिताको उद्‍घाटन पालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङले शुभारम्भ गर्नुभयो । आगामी जेठ २४ गतेसम्म जारी रहने प्रतियोगितामा ६ विधाका खेल हुने भएका छन् । प्रतियोगितामा कोशी प्रदेशस्तरीय मेन्स डबल सिनियर, भेट्रान्स मेन्स डबल, मिक्स डबल र जिल्ला स्तरीय प्रतियोगिता अन्तर्गत मेन्स डबल जुनियर,

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २७५ पटक पढिएको
  • विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित

    इटहरी ।  विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुुर्‍याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ ।  महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्ष

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ३४५ पटक पढिएको
  • फुङलिङमा हुरीबतासका कारण तीन लाखको क्षति

    इटहरी ।  ताप्लेजुङको फुङलिङ नगरपालिका–६ मा हुरीबतासका कारण रूख ढलेर घरमा क्षति पुग्दा तीन लाख बराबरको नोक्सानी भएको छ ।\मङ्गलबार साँझ वर्षासहित आएको हुरीबतासका कारण रूख ढलेर स्थानीय अनिता सुब्बाको घरको छानो भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको हो ।  सुब्बाको जस्तापाता र ढुङ्गामाटोको घरको छाना रूख ढलेर किचेको फुङ्लिङ नगरपालिका–६ का वडाध्यक्ष मदन गुरुङ (तेज) ले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सोमराज गुरुङको घरको लाफी तथा स्थानीय भक्त घतानीको बस्तु गोठ समेत हावाले उडाएको छ । यसैगरी स्थानीय खाण्डुक शेर्पाको किचनको छाना उडाएको छ । हावाहुरीका कारण जिल्लाका बिभिन्न स्थानमा बा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १४८ पटक पढिएको
  • पुल बगेपछि फोक्सिन्टारमा घिर्नीको भर

    इटहरी ।  खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिन्टारमा सामान वारपार गर्न पुनः घिर्नी सञ्चालनमा ल्याइएको छ । सुनकोशीले मोटरेबल पुल बगाएपछि नयाँ पुल निर्माण नभएकाले सामान ओसारपसारका लागि घिर्नी जडान गरी सञ्चालनमा ल्याइएको हो । फोक्सिन्टारको मोटरेबल पुल बाढीले बगाएपछि हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । कोशीमा पानीको बहाव बढेसँगै जेठ ३ गते बेलिब्रिज हटाइएपछि सामान वारपार गर्न जेठ १५ गतेदेखि घिर्नी सञ्चालनमा ल्याइएको हो । गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–फोक्सिन्टार–गाईघाट सडक पूर्वी सहर जाने–आउने छोटो दूरीको मार्ग हो । सोही सडकमा पर्ने खोटाङको खोटेहाङ गाउ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १५४ पटक पढिएको
  • भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    इटहरी । धनकुटामा प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो धनकुटा नगरपालिका–९ स्थित खुलाल टोलबाट प्रहरीले भरुवा बन्दुकसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय विजय राई रहेका छन् । उनलाई भरुवा बन्दुकमा छर्रा लोड गरी बोकेर हिँडिरहेको अवस्थामा अस्थायी प्रहरी पोष्ट बेलहाराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक किसोर तामाङले जानकारी दिनुभयो । भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएका राईलाई जिल्ला अदालत धनकुटाबाट हातहतियार तथा खरखजाना मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १२३ पटक पढिएको
  • हिलिहाङ निःशुल्क आँखामा ५४७ जनाको उपचार, ३१ जनाको शल्यक्रिया

    इटहरी ।  पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५४७ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । गाउँपालिका भित्रका सर्वसाधारणलाई लक्षित गर्दै हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले गोपेटारमा आयोजना गरेको शिविरमा उक्त सङ्ख्यामा नागरिकले सेवा लिएका हुन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको छ । १२ महिला र १९ पुरुष गरी ३१ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुका साथै आँखामा पलाएको मासु र ऐजेरुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक व्यवस्थापन, स्वास्थ्य शाखाको आयोजनामा र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १५३ पटक पढिएको
  • बन्द हुने अवस्थामा पुगेको विद्यालय बन्यो मावि

    इटहरी । विद्यार्थी अभावकै कारण बन्द हुने अवस्थामा पुगेको सरस्वती माध्यमिक विद्यालय अहिले भने विद्यार्थी बढाउँदै माध्यमिक तह सञ्चालन गर्न सफल भएको छ । धनकुटाको चौबिसे गाउँपालिका–४, फलामेटारमा रहेको उक्त विद्यालय शिक्षक, अभिभावक र समुदायको सामूहिक प्रयासले माध्यमिक तह (माव्रिं) सम्म स्तरोन्नति हुन सफल भएको हो । पहाडी ग्रामीण क्षेत्रका धेरै विद्यालय विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन् । सरस्वती माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेर पनि अहिले भने माध्यमिक विद्यालय बन्न सफल भएको हो । २०४६ सालमा स्थापना भएको विद्यालय २०७६ सालसम्म आइपुग्दा विद्यार्थी घटेर १८ जनामा सीमित भयो । कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १४० पटक पढिएको
  • आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

    इटहरी । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो । महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्क

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २०२ पटक पढिएको
  • रङ्गेली नगरपालिकामा शीतभण्डार बनेपछि किसान खुसी

    इटहरी । रङ्गेली नगरपालिकाले ६ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् । रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न ‘कोल्ड स्टोरेज’ ले सहयोग पुग्ने अपेक्षामा रहेको बताउनुहुन्छ । मोरङको रङ्गेलीमा २०६६ सालदेखि शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफलताउन्मुख बनेको छ । गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीतभण्डारका लागि संरचना निर्माण भए पनि त्यो सञ्चालनमा आउन नसक्दा स्थानीय उत्पादन व्यवस्थापनमा सहज थिएन । कोशी प्रदेश सरकार र रङ्गेली

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १९३ पटक पढिएको
  • कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द

    इटहरी । उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा खानेपानीको आपूर्ति बन्द भएको छ । कटारी खानेपानी आयोजनाको मोटर बिग्रिएपछि विगत एक सातादेखि बजारमा खानेपानीको चरम अभाव भएको हो ।  खानेपानीको हाहाकार भए पनि तत्काल अर्को विकल्प नभएपछि आमउपभोक्ताले रित्तो गाग्रीसहित खानेपानीको व्यवस्था मिलाउन नगरप्रमुखसँग माग गर्दै दबाब दिन थालेपछि स्थानीयलाई कटारी नगरपालिकाका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले दमकलबाट पानी वितरण गर्ने व्यवस्था मिलाउनुभएको छ । आइतबार १० स्थानमा दमकलबाट पानी वितरण गरिएको र प्रतिएक घरपरिवारले ३० लिटरसम्म प्राप्त गर्ने गरेको स्थानीयले बताएका छन् । बजारका होटेल व्यवसायीले भने अपुग पानी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ९४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]