समाचार

    Showing ८२१-८३० of १३,२८२ items.
  • चौथो संस्करणको अन्तरविद्यालय फुटसल प्रतियोगिता सुरु

    इटहरी । बालबालिकाको खेलकुद क्षमता विकास, स्वास्थ्य प्रवद्र्धन तथा ग्रासरुट तहबाट खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको लेट बुद्धरानी चेम्जोङ लिम्बु मेमोरियल सेभेन–ए–साइड इन्टर स्कुल फुट्सल टुर्नामेन्ट २०८३ आइतबार देखि इटहरीमा सुरु भएको छ । अल स्पोट्र्स कलेक्सनका अध्यक्ष विमल मगरको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । इटहरी–५ स्थित पाथीभरा फुटसलमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्लाका ३२ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता आज र भोली गते दुई दिन सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा प्रमुख

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १८९ पटक पढिएको
  • इटहरीमा टिभिएसको ‘अपग्रेड हुनेलाई आफ्नै डील ’ मेला सुरु

    इटहरी । इटहरीस्थित टिभिएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा टिभिएसमा अपग्रेड हुनलेलाई आफ्नै डील ’ विशेष एक्सचेन्ज मेला आइतबार देखि सुरु भएको छ । भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ टिभिएस मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन्। मेलामा पुरानो सवारी साधनको उच्च मूल्यांकन, आकर्षक क्यास डिस्काउन्ट तथा सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ। मेलाको पहिलो दिन १२ वटा भन्दा बढी सवारीसाधन बिक्री वितरण भएको छ । मेला अन्तर्गत फाइनान्स सुविधामा नागरिकता भए पुग्ने व्यवस्था गरिएको छ भने ग्राहकले दैनिक १२४ देखि इएमआई मा नयाँ टिभि

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १०६ पटक पढिएको
  • इटहरीमा कम्फे लिङ्थेप वंशावली तथा संक्षिप्त इतिहास पुस्तक विमोचन

    इटहरी । कम्फे लिङ्थेप लिम्बु वंश सेवा समाजको आयोजनामा इटहरीको दुर्गापाटी प्यालेसमा ‘याक्थुम दोस्रो लिहाङ वंशी कम्फे लिङ्थेप लिम्बु वंशको वंशावली तथा संक्षिप्त इतिहास’ पुस्तक विमोचन गरिएको छ।कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपको वरिष्ठ आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बुद्धवीर कम्फे लिङ्थेपले गनुृभएको थियो । कार्यक्रममा मुन्धुम विद्, बौद्धिक व्यक्तित्व, अग्रज तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो भने वंशका ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो। पुस्तकमा वंशको उत्पत्ति, ऐतिहासिक पहिचान, यक तथा थातथ

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १३८ पटक पढिएको
  • नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध

    इटहरी । नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिका प्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि भएको सहमति अनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको छ । सहमति अनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले अध्यक्षको जिम्मेवारी सम्हाल्नुहुने छ भने त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व गर्नुहुने छ । नेतृत्वमा सहमति जुटेपछि दुवै जना अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएका छ । यस्तै, स

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ८९ पटक पढिएको
  • गरिमा चौधरीको लागि न्याय माग्दै पथरीमा विद्यार्थीको शान्तिपूर्ण ¥याली

    इटहरी । वीरगञ्जमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोध गर्दै पथरी शनिश्चरेमा शान्तिपूर्ण विरोध ¥याली निकालिएको छ । पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा ¥यालीमा सहभागी भएका थिए । विद्यालय परिसरबाट सुरु भएको ¥याली शिखर चोक, लोकतान्त्रिक गणतन्त्र चोक ,सब्जी लाइन हुँदै नगरपालिका कार्यालय अगाडि पुगेको थियो। त्यसपछि ¥याली पुनः सब्जी लाइन हुँदै वडा नम्बर १ क्षेत्रबाट बुद्ध चोकमा पुगेर समापन भएको थियो। ¥यालीमा विद्यार्थी, महिला, बालबालिका तथा विभिन्न अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले ‘हामीलाई न्याय देऊ सर

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ९४ पटक पढिएको
  • इटहरीमा ब्रह्माकुमारीज द्वारा ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ सम्पन्नः २३९ पिन्ट रगत सङ्कलन, माइन्ड स्पामार्फत मानिसहरूले गरे गहन शान्तिको अनुभूति

    इटहरी । राजयोगिनी दादी प्रकाशमणिजीको १९ औँ पुण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग एवं युथ विङ इटहरीको आयोजनामा इटहरी–४ स्थित ॐ शान्ति भवनमा विशाल ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ तथा विशेष मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा उत्साहजनक सहभागिता रहँदै कुल २ सय ३९ पिन्ट रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा पूर्वेली क्लब इटहरी, लायन्स÷लियो क्लब अफ इटहरी क्रिएटिभ लेडी, लायन्स क्लब अफ इटहरी एक्जि क्युटिभ र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको सह–आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ६७ पटक पढिएको
  • ताप्लेजुङ गोल्डकपमा भाग्यशाली दर्शकलाई स्कुटर

    इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ। टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने भएको हुन् ।लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा धेरैभन्दा धरै दर्शकको सहभागिता गराउन स्कुटर उपहार अफर सार्वजनिक गरेको हो । समितिका अध्यक्ष मादेनका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरी गोलाप्रथा गरिनेछ । गोलाप्रथा फाइनलको दिन गरिने र भाग्यशाली विजेतालाई उपहारस्वरुप टीभीएस कम्पनी

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १०४ पटक पढिएको
  • कम्युनिस्ट आन्दोलनका योद्धा पुस्तक प्रकाशनबारे एमाले प्रचार विभाग सुनसरीको अन्तरक्रिया

    इनरुवा । नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभागले कम्युनिस्ट आन्दोलनका योद्धाहरूको योगदान समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।नेकपा एमाले सुनसरीको इनरुवा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका अग्रज नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्दै पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गरिएको हो।नेकपा एमाले सुनसरी प्रचार विभाग प्रमुख डेगराज फुयालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएक

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ४१५ पटक पढिएको
  • हिलाम्मे सडकका कारण यातायात सेवा असहज

    इटहरी। निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । वर्षाका कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।जिल्लाका अधिकांस ग्रामीण सडकहरु नयाँ ट्रयाक निर्माण गरिएका छन् । निरन्तर वर्षा भएपछि भर्खरै ट्रयाक निर्माण भएको कच्ची सडकहरु हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा असहजता भएको छ । हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा यातायातका साधन चलाउनलाई कठिन अवस्था रहेको यातायात व्यवसायी बताउँछन् । पहिले नै निर्माण भएका सडकहरु सञ्चालनमा रहे पनि नयाँ ट्रयाक र भर्खरै निर्माण गरिएका ग्रामीण सडकमा यातायात सञ्चालन गर्न क

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १०७ पटक पढिएको
  • काँकडभिट्टाबाट २४ अर्बको कृषि उपज आयात, चामलदेखि स्याउसम्म निर्भरता

    इटहरी : पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषि उपज सामग्री नेपाल भित्रिएको हो । आयातित कृषि वस्तुमध्ये सबैभन्दा ठुलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको एक हजार ९९६ मेट्रिकटन चना, रु

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • १४२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]