समाचार

    Showing ८११-८२० of १३,२८२ items.
  • हिमालय इङ्गलिस स्कुलमा निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलमा एकदिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बालबालिकामा देखिन सक्ने आँखा तथा दाँत सम्बन्धी समस्या समयमै पहिचान गरी सचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरमा आँखा र दाँत रोग विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श र सुझाव दिएका थिए। नोबेल मेडिकल कलेजका जनसम्पर्क अ

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९३ पटक पढिएको
  • जनता केवलद्वारा विद्यार्थी र शिक्षकलाई ब्यागसहित शैक्षिक सामग्री वितरण

    इटहरी । ‘जनजनमा जनता केवल’ भन्ने नारासहित जनता केवलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत इटहरी–१० खनारस्थित ज्ञानोदय माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई ब्यागसहित शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।‘आफ्नो उत्पादन, आफ्नो सामाजिक उत्तरदायित्व’ तथा ‘शिक्षाको यात्रामा एक कदम, आजको सहयोग, भोलिको उज्यालो भविष्य’ भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूलाई आवश्यक शैक्षिक सामग्रीसहितका ब्याग वितरण गरिएको हो। कार्यक्रममा जनता केवलका प्रबन्ध निर्देशक रोहन अग्रवालले व्यवसाय सञ्चालनसँगै समाजप्रतिको दायित्व पूरा गर्नु कम्पनीको जिम्मेवारी भएको बताउनुभयो। उहाँले

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १९४ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको कोशी प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालको संविधानबमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लाग्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० बिच भएको पछिल्लो सहमतिअनुसार मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्त, हेरफेर र कार्यविभाजन गरिएको छ ।यसअघि उहाँको नेतृत्वमा २०८१ वैशाख २७ गते कोशी प्रदेश मन्त्रिपरिषद् गठन भएको थियो । हाल सभामा नेकपा ९एमाले० का ४० र  ने

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०९ पटक पढिएको
  • इटहरीमा आर्म रेस्लिङ राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न

    इटहरी । नेपाल आर्म रेस्लिङ डेभलपमेन्ट एसोसिएसन नाउडाको आयोजनामा इटहरीको क्लब केमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न भएको छ। इटहरीस्थित क्लब केमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आर्म रेस्लिङ खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विषयमा चर्चा गरिएको थियो ।  प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । ६० केजीमुनि रोहन लुइँट

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • २५७ पटक पढिएको
  • झापामा १५ वर्षे किशोरले १० रुपैयाँबाट थालेको अभियान, तीन दशकपछि कसरी बन्यो गाउँकै सहारा

    इटहरी : गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे ।गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न थाले । तीन दशकअघि रु १० बाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ । झापाको अर्जुनधारा नगरपालिका–७ सरस्वती टोलस्थित ‘सामूहिक उद्धार तथा उपकार सङ्घ’को यात्रा केवल एउटा सामाजिक संस्थाको विस्तारको कथा होइन, विपत्तिमा परेको परिवारलाई समुदायले कसरी साथ दिन सक्छ भन्ने उदाहरण पनि हो । सानो सहयोगबाट सुरु भएको अभियान अहिले आफ्नै भवन, सामाजि

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १०५ पटक पढिएको
  • तरकारी फलाउनुस्, बजारको चिन्ता छाड्नुस् : भोजपुरमा रायो–मूलाको व्यावसायिक खेती प्रवर्द्धनको नयाँ अभ्यास

    इटहरी : टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ।गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको छ। गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ। कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्धकाली एग्रो प्

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ९९ पटक पढिएको
  • फ्रिजमा पानी नराखेको निहुँमा बाबुले हाने झापड, त्यसपछि इटहरीमा छोराले उठाए खुकुरी

    इटहरी : सुनसरीको इटहरी–२० मा फ्रिजमा पानी नराखेको विषयमा विवाद हुँदा १९ वर्षीय छोराले आफ्नै बाबुमाथि खुकुरी प्रहार गरेका छन्।आइतबार राति करिब साढे ८ बजे जनसहयोग कलेज छेउमा खाना खाने क्रममा ४२ वर्षीय सिताराम राईले फ्रिजमा पानी किन नराखेको भन्दै छोरा छोयाहाङ राईलाई एक झापड हानेपछि विवाद भएको थियो। त्यसपछि आक्रोशित छोयाहाङले बाबुमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। खुकुरी प्रहारबाट घाइते सितारामको विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ। घटनापछि खुकुरी प्रहार गर्ने छोयाहाङलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • १३० पटक पढिएको
  • स्वास्थ्यमन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण

    इटहरी  । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ५५ श-यामा स्तरोन्नति गर्न सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । आकस्मिक रूपमा अस्पतालको अनुगमन तथा निरीक्षण गर्न पुगेकी मन्त्री मेहताले आवश्यक  जनशक्ति र पूर्वाधार निर्माण गरी ५५ शøयामा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पर्याप्त दरबन्दी नभएका अस्पतालमा छात्रवृत्ति करारका डाक्टरलाई पठाउने व्यवस्थामा पनि नीतिगत सुधार गरिएको बताउनुभयो । कुन सरकारले कुन औषधी निःशुल्क वितरण गर्ने हो भन्ने विषयलाई नागरिकले थाहा पाउने गरी सूचना पाटीमा टाँस्न उहाँले आग्रह गर्नुभयो ।

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ९६ पटक पढिएको
  • भेडेटार–रवि–राँके सडक म्याद थपिए पनि योजना अधुरै

    इटहरी । धनकुटाको भेडेटारबाट डाँडैडाँडा मोरङ, पाँचथर र इलाम जोड्ने भेडेटार–रवि–राँके सडक निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि बन्न सकेको छैन । कालोपत्रे गर्न २०७५ सालमा ठेक्का सम्झौता भएको यो सडकको हालसम्म ७१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आउँदो कात्तिकमा आठौँ पटक म्याद थपको समयसीमा सकिन लागेको छ । उक्त अवधिमा समेत सडक निर्माणको काम सकिने देखिएको छैन । कात्तिक ३ गतेसम्ममा ५० किलोमिटर कालोपत्रे गर्ने सक्ने गरी छ महिना म्याद थपिएको आयोजना कार्यालयको भनाइ छ । योजना प्रमुख आशुतोष कर्णका अनुसार धनकुटा खण्डमा बढी काम भए पनि पाँचथर र इलाम खण्डमा कम काम भएको छ । ४२ किलोमिटरमध्ये २२ किलोम

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ६६ पटक पढिएको
  • कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ

    इटहरी। सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। कटानस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको अस्थायी प्रहरी चौकी शिवचोकबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा पैदल हिँडिरहेका एक व्यक्तिलाई लागुऔषध गाँजासहित पक्राउ गरेको हो।पूर्वबाट पश्चिमतर्फ पैदल आइरहेका धनकुटाको साँगुरीगढी गाउँपालिका–८ का २८ वर्षीय चरन राईलाई शंकाको आधारमा प्रहरीले रोकेर झोला खानतलासी तथा चेकजाँच गर्दा ११ किलो १२० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले राईलाई लागुऔषध गाँजासहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको प्रहरी नाय

    • प्रकाशित मितिः भदौ ८, २०८३
    • ८५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]