समाचार

    Showing ७९१-८०० of १३,२८२ items.
  • चार ट्रक उत्तिसको काठ बरामद

    इटहरी। खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सवडिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलिडाँडा र साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सवडिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षण ह

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ११९ पटक पढिएको
  • सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको हित हुने गरी सत्य र तथ्यमा आधारित रही पत्रकारिता गरिनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘पत्रकार दुर्घटना बिमा’ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले सत्य र तथ्यको आधारमा गरिने पत्रकारिताले मात्र समाजलाई बलियो बनाउने बताउनुभयो ।मुख्यमन्त्री कार्कीले बिमा कम्पनील बीमितको भुक्तानीे सहज र सरल ढङ्गबाट गर्ने व्यवस्थाका लागि आग्रह गर्दै प्रदेश सरकारले स्थापना गरेको प्रदेश सञ्चार प्रतिष्ठानले पत्रकारको हकहितमा काममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफनो नेतृत्

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८२ पटक पढिएको
  • हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ

    इटहरी : महाकुलुङ गाउँपालिका–२ बोदेलस्थित हुंगा खोला जलविद्युत् आयोजनामा प्रयोग हुने डिजेल चोरी गरी बिक्री गर्ने चार चालकसहित चोरीको डिजेल खरिद गर्ने एक जना गरी पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आयोजनामा कार्यरत चालकहरूले इन्धन चोरी गरी सस्तो मूल्यमा बिक्री गर्ने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो । प्रहरीले चोरी गरिएको डिजेल खरिद गर्ने व्यक्तिसहित चार चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९४ पटक पढिएको
  • आठराई त्रिवेणीमा बर्थिङ सेन्टर सञ्चालन

    इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको पाँच वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। दोभानस्थित सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरबाट समेत प्रसूति सेवा सुरु भएपछि पालिकाका सबै वडामा संस्थागत प्रसूति सेवा उपलब्ध भएको हो।गाउँपालिकाले सबै वडामा आवश्यक सुविधासहितका बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो । सोही अभियानअन्तर्गत दोभान सामुदायिक स्वास्थ्य इकाईबाट पहिलो पटक प्रसूति सेवा प्रदान गरिएको छ। उक्त केन्द्रबाट पहिलो पटक एक जना महिलाले प्रसूति सेवा लिँदै नवजात शिशुलाई जन्म दिनुभएको थियो । पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आए

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९७ पटक पढिएको
  • लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

    इटहरी : लागुऔषध मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी जिल्ला अदालतको २०८३ जेठ २६ गतेको फैसलाअनुसार चार महिना २१ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका मोरङको केराबारी गाउँपालिका–६ का २३ वर्षीय याकु भन्ने प्रकाश लिम्बुलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार करिब ४ बजे खोजतलासका क्रममा घरबाट पक्राउ गरेको हो ।पक्राउ परेका लिम्बुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ९० पटक पढिएको
  • मोरङमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु

    इटहरी। मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा सर्पले डस्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ ।प्रहरीका अनुसार स्थानीय जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २ः३० बजे घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो । सर्पले डसेर अवस्था गम्भीर बनेपछि रेहानालाई उपचारका लागि अभिभावकले तत्काल रंगेली अस्पताल पुर्‍याएका थिए । तर, उपचारकै क्रममा बिहान करिब ३ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरिदिए ।प्रहरीका अनुसार बालिकालाई डस्ने सर्प कुन प्रजातिको हो भन्ने खुल्न सकेको छैन । सर्पदंशबाट बालिकाको मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १७२ पटक पढिएको
  • भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

    इटहरी। किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन् । यहाँको मनमोहक दृश्यावलोकन अवलोकन गर्न र बरुवाल जातको भेडा फार्म हेर्न यहाँ नियमितरुपमा आन्तरिक तथा विदेशी पर्यटक आउने गर्छन् ।नुवाकोटको किस्पाङ गाउँपालिका–१ बरुवाल जातका भेडाको नश्ल सुधारको प्रमुख स्थल हो ।  सरकारको राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवर्द्धन कार्यालय मातहतको यो केन्द्र समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा छ । यहाँ पुग्न काठमाडौँबाट १०१ किमीको दूरी पार गर्नुपर्छ ।  स्रोत केन्द्रका नाममा ६६० रोपनी जमिन छ । बाँकी खर्क र पर्याप्त चरण क्षेत्र, यहाँ हाल तीन सय ५४ भेडा छन् । स्रोत केन्द्रका कार्या

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ७७ पटक पढिएको
  • सिँचाइ समस्या समाधान गर्न कोशीमा बेडबार र नहर संरचना मर्मत आवश्यक : मन्त्री मेहता

    इटहरी । उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहताले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीमा बेडबार निर्माण तथा नहर संरचनाको नियमित सरसफाइ र मर्मतसम्भार आवश्यक रहेको बताउनुभएको छ।सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले कृषिका लागि उर्वर भूमि रहेको सुनसरी र मोरङका किसानले नहर भएर पनि पर्याप्त सिँचाइ सुविधा नपाएको गुनासो गरिरहेको बताउनुभयो। समस्या समाधानका लागि कोशी नदीको चतरा क्षेत्रमा बेडबार निर्माण तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाका नहर र संरचनाको नियमित सरसफाइ आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीको इन्टेक

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • १२० पटक पढिएको
  • भारतीय पूर्वसैनिकको ड्रागन फ्रुट खेती : एउटै बिरुवाबाट सुरु गरेर कसरी गरे वार्षिक ६० लाख आम्दानी

    इटहरी : आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय यही हो ।देशभित्र धेरै स्थानमा ड्रागन फ्रुटको राम्रो खेती भएको सुने पनि आफ्नै जग्गामा खेती सफल होला कि नहोला भन्ने द्विविधा उनलाई पनि थियो । ‘तँ आँट, म पुर्‍याउँछु’ भन्ने आत्मविश्वासका साथ सुरु गरेको ड्रागन फ्रुट खेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन, राम्रो दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले दुई बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरेर वार्षिक ५५ ला

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८६ पटक पढिएको
  • प्रहरीको नयाँ सुरक्षा रणनीति: अपराध नियन्त्रणमा ‘डिजिटल निगरानी’

    इटहरी। खुला सीमा, तीव्र सहरीकरण र ठुलो जनघनत्वका कारण सुरक्षा चुनौती थपिँदै गएको सुनसरीमा प्रहरीले अपराध नियन्त्रणका लागि डिजिटल प्रविधि, सूचना विश्लेषण र लक्षित निगरानीलाई मुख्य रणनीति बनाउने भएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले प्रविधिको अधिकतम प्रयोग गर्दै अपराधको प्रकृति पहिचान, सम्भावित जोखिमको पूर्वानुमान तथा घटनापछिको अनुसन्धानलाई प्रभावकारी बनाउने रणनीति अघि सारिएको बताउनुभयो ।इनरुवामा स्थानीय सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले नागरिकलाई सुरक्षित महसुस गराउने र जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने विषयलाई आफ्नो पहिलो प्राथमिकता रहेको

    • प्रकाशित मितिः भदौ ९, २०८३
    • ८० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]