समाचार

    Showing ७४१-७५० of १२,२८७ items.
  • नेवाः देय दवू मोरङद्वारा पुरोहित तालिम समापन तथा नवगुरु स्वागत–सम्मान

    इटहरी । नेवाः देय दवू मोरङको आयोजनामा पुरोहित तालिम समापन तथा स्वागत–सम्मान कार्यक्रम २०८३ सम्पन्न भएको छ ।नेवाः देय दवू मोरङका जिल्ला अध्यक्ष भाजु थर्कमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा नेवाः देय दवू केन्द्रीय उपाध्यक्ष नरेश शाक्य प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा नारायण श्रेष्ठ, भीमकला श्रेष्ठ, बिमला श्रेष्ठ, तारा श्रेष्ठ, , प्रदेश सल्लाहकार रबिन्द्र कृष्ण श्रेष्ठ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पुरोहित तालिम सफलतापूर्वक सम्पन्न गरेका नवगुरुहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। नवगुरुहरूले नेवार समुदायको धार्मिक, सांस्कृतिक तथा परम्पर

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १७१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप असोज १७ देखि सुरु हुने

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा पथरी–११ फुटबल क्लबको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो पथरी शनिश्चरे गोल्डकप २०८३ आगामी असोज १७ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ ।आयोजक क्लबले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको मिति तथा तयारीबारे जानकारी दिएको हो । क्लबका सचिव केशर थुलुङले वार्षिक रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यअनुसार गोल्डकपको तेस्रो संस्करण आयोजना गर्न लागिएको बताउनुभयो । उक्त प्रतियोगिता सञ्चालनका लागि ८० लाख रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण समेत सार्वजनिक गरिएको छ । सार्वजनिक बजेटअनुसार प्रतियोगिताको कुल आम्दानी र खर्च दुवै ८० लाख रुपैयाँ रह

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १९९ पटक पढिएको
  • इटहरीमा बथान समूहद्वारा कोशी प्रदेश स्तरीय पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ सुरु

    इटहरी । बथान समूहको आयोजनामा कोशी प्रदेश स्तरीय पर्सनालिटी डेभलपमेन्ट ट्रेनिङ कार्यक्रम इटहरीस्थित होटल सोल्टी वेस्टर्नमा सुरु भएको छ। कला तथा नृत्य क्षेत्रसँग आबद्ध व्यक्तिहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा पेशागत दक्षता वृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीसहित विभिन्न जिल्लाबाट आएका नृत्य प्रशिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले बताएका छन्।बथान समूहका प्रमुख इन्द्रजित मगरको नेतृत्व तथा कार्यक्रम संयोजक लक्ष्मी समालको संयोजनमा सम्पन्न तालिममा सहभागीहरूलाई व्यक्तित्व विकास, प्रभावकारी सञ्चार कला, नेतृत्व विकास, आत्मविश्वास वृद्धि

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १४३ पटक पढिएको
  • १३औँ विश्व रक्तदाता दिवस तथा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बृहत् रक्तदान शिविर सम्पन्न

    इटहरी । १३औँ विश्व रक्तदाता दिवस तथा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सुनसरीका विभिन्न जुनियर तथा सिनियर जेसिज शाखाहरूको संयुक्त आयोजनामा आइतबार इटहरीमा बृहत् रक्तदान शिविर सम्पन्न भएको छ ।संयुक्त रूपमा आयोजित रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। इटहरी लेडी जेसिजकी अध्यक्ष यमुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका विभिन्न क्षेत्रका सक्रिय व्यक्तित्वहरूलाई कदरपत्रसहित सम्मान गरिएको थियो। साथै ६६औँ पटक रक्तदान गर्ने योगेन्द्र खड्कालाई विशेष सम्मान गरिएको थियो । इटहरी उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेको

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २०५ पटक पढिएको
  • झापामा संस्थागत विद्यालयका चालक सहचालकलाई ट्राफिक सचेतना दिन सुरु

    इटहरी । केही दिन पहिले झापाको गौरादहमा आफ्नै स्कुल बसद्धारा किचेर एक ४ वर्षीय विद्यार्थीको मृत्यु भएपछि झापामा संस्थागत विद्यालयका चालक सहचालकलाई ट्राफिक सचेतना दिन सुरु गरिएको छ ।  यहाँस्थित कनकाई नगर प्याब्सनले निजी विद्यालयका चालक तथा सहचालकलाई लक्षित गरी एक दिने ट्राफिक नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम शनिबार आयोजना गरिएको हो ।   नगर प्याब्सनमा आबद्ध कनकाई क्षेत्रका १७ वटा विद्यालयका ८३ जना चालक तथा सहचालकको सहभागिता रहेको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक मनमोहन पौडेलले स्कुल बस अन्य यातायातभन्दा फरक रहेको भन्दै चालक र सहचालकहरूले अ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १६१ पटक पढिएको
  • झापामा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

    इटहरी ।  झापामा मानव–हात्ती द्वन्द्व बढ्दै जाँदा एक वर्ष नबित्दै जङ्गली हात्तीको आक्रमणबाट चार जनाको ज्यान गएको छ। यस अवधिमा तीन वटा जङ्गली हात्तीको पनि मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२ र ८३ मा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु भएको छ। मानव बस्ती नजिक हात्तीको आवतजावत बढेसँगै मानव र वन्यजन्तुबिचको द्वन्द्वले दुवैतर्फ क्षति पुर्‍याउँदै आएको छ। यसैक्रममा आइतबार बिहान मेचीनगर नगरपालिका–४ की ६२ वर्षीया पद्मा पौडेलको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। बिहान करिब ४ः५५ बजे घरबाट बाहिर निस्कने क्रममा हात्तीले कुल्चिँदा उहाँको घटनास्थल

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ८७ पटक पढिएको
  • असार १ गतेबाट चिया उद्योग बन्द हुने

    इटहरी ।  भारतले चिया आयातमा कडाइ गरेपछि भारत निर्यात हुँदै गरेको नेपाली चिया सहज रुपमा जान नसकेपछि इलामका अधिकांश चिया उद्योग बन्द हुने भएका छन् ।  देश भरको चिया उद्योगीहरुको संस्था सूर्योदय टि प्रोड्युसर्स एशोसिएसन नेपालले आज एक प्रेस विज्ञप्ती जारी गरि आउँदो असार १ गते देखि चिया उद्योगहरु बन्द गर्नुपर्ने बाध्यात्म अवस्था आएको जनाएको छ । विज्ञप्तीमा भारतीय टी वोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तीमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदममै थन्किएको र नमुना प

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १८१ पटक पढिएको
  • ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न

    इटहरी ।  ताप्लेजुङमा ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार विरुद्धको २१ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार फुङलिङ नगरपालिका–११ मा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक जिल्ला सङ्घ ताप्लेजुङको आयोजनामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई अल्जाइमर रोगबारे जानकारी गराइएको थियो । यस्तै ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहार तथा यसको न्यूनीकरण र ज्येष्ठ नागरिकको सेवा–सुविधा तथा कर्तव्यबारे छलफल गरिएको थियो । साथै एक वृद्ध र एक वृद्धा गरी सबैभन्दा बढी उमेरका दुई जना ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको ज्येष्ठ नागरिक जिल्ला सङ्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • १२३ पटक पढिएको
  • न्यायिक समिति सुदृढीकरणका लागि उर्लाबारी नगरपालिकामा निरीक्षण तथा अनुगमन

    उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा न्यायिक समितिको कामकारबाही, सेवा प्रवाह तथा विवाद समाधान प्रक्रियाको प्रभावकारिता मूल्याङ्कन गर्न निरीक्षण तथा अनुगमन कार्य सम्पन्न भएको छ।कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, सर्वोच्च अदालतका सह रजिस्ट्रार दीपक भण्डारी, जिल्ला अदालत न्यायाधीश दुर्गा बहादुर भुसाल, मेघनाथ चौलागाईं साथै उच्च अदालत (पुनरावेदन अदालत) का न्यायाधीश तथा न्याय प्रशासनसँग सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। निरीक्षणका क्रममा न्यायिक समितिको अभिलेख व्यवस्थापन, उजुरी दर्ता तथा फर्छ्यौट प्रक्रिया, मेलमिलापको अभ्यास, सेवा प्रवाहको अवस्था र कानुनी प्रक्रियाक

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • ४३० पटक पढिएको
  • बराहक्षेत्र–९ मा लागुऔषध, बालविवाह र बालश्रम विरुद्ध बृहत् र्याली तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    इटहरी । बराहक्षेत्र नगरपालिका वडा नम्बर–९ मा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ लागुऔषध, बालविवाह र बालश्रम विरुद्ध बृहत् र्याली तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । बराहक्षेत्र वडा नं. ९ वडा कार्यालयको आयोजना तथा सरस्वती संरचना वडा बाल सञ्जालको सहजीकरणमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा वडा बाल सञ्जालमा आबद्ध तथा स्थानीय विद्यालयका गरी ४ सयभन्दा बढी बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले “लागुऔषध, बालविवाह र बालश्रम अन्त्य गरौं“ जस्ता नाराका साथ राजवास बजार तथा आसपासका क्षेत्र परिक्रमा गर्दै सचेतनामूलक सन्देश प्रवाह गरेका थिए । युवापुस्तालाई दुव्र्

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • २४९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]