समाचार

    Showing ७३१-७४० of १३,२८२ items.
  • बेत्राबतीबाट बेपत्ता असई पौडेलको शव चितवनमा फेला पर्‍यो, परिवारको जिम्मा लगाइयो

    काठमाडौं । रसुवास्थित प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक ९असई० रामकाजी पौडेलको शव चितवनमा फेला परेको छ । भोटेकोशीमा आएको बाढीले बेत्रावती चौकी बगाउँदा पौडेल पनि बेपत्ता भएका थिए ।नुवाकोट घर भएका ४३ वर्षीय पौडेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवनका डीएसपी चन्द्रभुषण यादवका अनुसार पोस्टमार्टमपछि परिवारले जिल्ला अस्पताल चितवन पुगेर पौडेलको शव बुझेका हुन् ।चितवनमा फेला परेको अर्को एउटा शवको पनि सनाखत भएको छ ।  उनी बाँकेको कोहलपुर घर भएका २३ वर्षीय कविलाल चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरीको शव पनि परिवारलाई जिम्मा लगाइएको डीएसपी यादवले बताए ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २१९ पटक पढिएको
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार अर्ब ९ करोड पुग्यो, पछिल्लो ३६ घण्टामै एक अर्ब ९१ करोड सहयोग संकलन

    काठमाडौँ ।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब ९ करोड रकम पुगेको छ । यसअघि २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ मौजदात रहेकोमा भोटेकोशी बाढीपछि ३६ घण्टाको अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम थप भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म कोषमा उक्त रकम जम्मा भएको हो। विभिन्न १० वाणिज्य बैठकहरुमा रहेको खातामा एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ दाताहरूले ३६ घण्टा अवधिमा जम्मा गरेका हुन् । बुधबार बिहान नेपाल(चीन सीमा भएर बग्ने भोटेकोशी नदीमा भीषण बाढी आएर ठुलो धनजनको क्षति गरेपछि सरकारले मन्त्रिपरिषद

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १४६ पटक पढिएको
  • भोटेकोशी बाढी अपडेट : मृतकको सङ्ख्या ५४७ पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण हालसम्म ५४७  जनाको शव फेला परेको छ।  नेपाल प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार बुधबारको बाढीका कारण ५४७ शव फेला परेको हो।रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपुरमा १३४, नवलपरासीमा २८, तनहुँमा २९ र सबैभन्दा बढी २२१ शव चितवनमा भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधीकरणका अनुसार ९७७ जना सम्पर्क विहिन छन् । प्रहरीका २८, सेनाका ४५, शसस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४, रसुवा र नुवाकोटबाट १६२ जना सम्पर्क विहिन भएको प्राधीकरणले जानकारी गराएको छ ।नेपाल प

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १६४ पटक पढिएको
  • भोटेकोशी बाढीमा सुनसरीका १५ जना सम्पर्कविहीन

    सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका सिलसिलामा रहेका सुनसरीका १५ जना भोटेकोशी बाढीपछि सम्पर्कविहीन छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार रामधुनी नगरपालिकाका चार जना परिवारको सम्पर्कमा आएका छन् । रामधुनी नगरपालिका–५ का नवराज ढकाल, सोही पालिकाका देवानगञ्ज गाउँपालिका–७ का देवनन्दन यादव, रामधुनी नगरपालिका–८ का जीवन सिंह र रामधुनी नगरपालिका–५ का सञ्जित नारायण रहेका छन्।दुहबी नगरपालिका–४ का सचिन गौतम, धरानका मुकेश नेपाल, रामधुनी नगरपालिका–३ का धिरज साह, भोक्राहा नरसिंह गाउँपालिका–३ का श्यामनारायण साह, कोशी गाउँपालिका–९ की मीना बजगाईँ, बराह

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ९३ पटक पढिएको
  • भोटेकोशी विपद् स् कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

    इटहरी । प्राकृतिक विपद्मा कोशी प्रदेश सरकारले आर्थिक सहयोगसहित राहत तथा उद्धारमा हातेमालो गर्ने भएको छ।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कोशी प्रदेश सरकारले तीन करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले विपद्को कठिन घडीमा प्रदेश सरकार प्रभावित नागरिकसँगै रहेको बताए। उनका अनुसार राहत तथा उद्धारका लागि आवश्यक सहयोग उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध छ।मन्त्री शेर्पाले संघीय सरकार, प्रदेश सरकार र स्थानीय

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • २५९ पटक पढिएको
  • प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा दिने

    काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।यस्तै, बैठकले गत बुधबार नेपाल(चीन सीमा रसुवागढी एवम् भोटेकोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित जिल्लामा क्षति पुगेका व्यक्ति, व्यावसायिक संस्थाका लागि सहुलित तथा पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।साथै बैठकले भारतसँग जिटुजी खरिदमाध्यमबाट २५ हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने समेत निर्णय ग

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १२४ पटक पढिएको
  • बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । बाढीपहिरोको कहरबीच चीनमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ । चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार शुक्रबार दक्षिण–पश्चिमी प्रान्त सिचुआनको लोङचाङ शहरमा ५.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्प नेपाल–तिब्बत सीमानजिकै बाढीप्रभावित क्षेत्रबाट सयौँ माइल टाढा गएको हो । भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण आएको छैन । यसै साताको सुरुवातमा नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढी र पहिरोपछि दुवै देशमा उद्धार तथा राहत कार्य जारी छ । उक्त विपद्‌मा सयौँ मानिसको मृत्यु भएको छ भने अझै सयौँ बेपत्ता छन् । यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले शु

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३१ पटक पढिएको
  • स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीलाई भन्यो: अत्यावश्यक अवस्थाबाहेक बिदा नलिनु

    काठमाडौं । रसुवा बाढीमा प्रभावितहरूको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नलिन निर्देशन दिएको छ ।मन्त्रालयले सार्वजनिक बिदाको दिनमा समेत खोज, उद्धार र उपचार सेवाका लागि तयारी अवस्थामा रहन कर्मचारीलाई निर्देशन दिएको हो । मन्त्रालयको प्रशासन तथा व्यवस्थापन शाखाले शुक्रबार जारी गरेको निर्देशनमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्योपचार र राहतको काम भइरहेको जनाएको छ ।मन्त्रालयले आफू मातहतका सबै कर्मचारीलाई विपद् व्यवस्थापनम

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १३३ पटक पढिएको
  • रसुवामा बाढीःमृत्यु हुनेको संख्या ४ सय ७५ पुग्यो

    काठमाडौँ । बुधबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ । शुक्रबार बिहानसम्ममा ४७५ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।प्रहरीका अनुसार रसुवामा १२ जना, नुवाकोटमा ३७ जना, धादिङमा २७ र चितवनमा १७९ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २८ जना, नवलपरासी पूर्वमा १ सय १० जनाको शव भेटिएको छ ।  सम्पर्कविहीन भएकाहरूको खोज तथा उद्धारमा तिनवटै सुरक्षा निकायबाट ठुलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।यसैबीच,चीनको तिब्बतमा पुनः पानीको ड्याम फुट्दा फेरि बाढी आएको नेपाल प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • १५७ पटक पढिएको
  • भोटेकोशीमा फेरि बढ्यो जलसतह, तटीय क्षेत्रमा उच्च सतर्कता

    काठमाडौं– भोटेकोशी नदीमा लेदोसहितको जलसतह पुनः बढेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै भोटेकोशीमा पुनः बाढी आउन सक्ने भन्दै नदी आसपासका बासिन्दा तथा उद्धार र राहतमा खटिएका टोलीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०८३
    • ३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]